चैत ६, २०७९
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाए पनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति...
व्यवसायीहरूले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन लगायतका व्यवसायी संस्थाले आज माइतीघरमा सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै सडक प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरू सडकमा आउनुपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अङ्कमा ल्याउनुपर्ने बताए ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले व्यवसायीलाई परेको समस्या समाधानमा लाग्नुपर्ने बताए । उनले असहज अवस्था भएकाले व्यवसायीले लिएको कर्जाको किस्ता तिर्न समय थप गर्न आग्रह गरे । अध्यक्ष कार्कीले बैंकबाट ऋण लिने प्रत्येक व्यक्तिको व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुन नसक्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले बैंकले उद्योगी व्यवसायीबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको बताए । उनले यातायातलगायत सबै क्षेत्रको एउटै समस्या भएकाले बैंकको चर्को ब्याजदर र आतङ्कको विरुद्धमा आन्दोलनमा सहभागी हुनुपरेको स्पष्ट पारे । नेपालको यातायात क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने मेरुदण्ड भएको उनको भनाइ थियो ।
नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले राज्यलाई साना व्यवसायीले रोजगारीलगायतमा योगदान गरे पनि ठूला निश्चित व्यवसायीले राज्यबाट फाइदा लिएको बताए ।
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाए पनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति...
अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलोपटक ‘रात्रि बजार’ लगाउने भएको छ । चैत ३० गते साँझदेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्...
भोलि मंगलवार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन द...
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेप...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढीगण्डकी जलविद्युत् आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ५९ ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...