×

NMB BANK
Dabur

एमालेको उम्मेदवार नै राष्ट्रपति बन्छ : पूर्वमन्त्री तमाङ

माघ १७, २०७९

NTC
Sarbottam
Premier Steels

सत्तारूढ दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले सरकार गठनपूर्वको सहमतिअनुसार एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् । सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यस्तो दावी गरेका हुन् ।  

Sagarmatha Cement
Muktinath Bank

‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ,  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन । राष्ट्रपतिको निर्वाचनमा एमालेले प्रस्ताव गरेको पात्र नै राष्ट्रपति बन्नेछन्, त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने छन्’ उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस सरकारलाई समर्थन दिएको पार्टी भएकाले  सरकारभित्र सहभागी हुन्छौं भन्ने हो भने राष्ट्रिय सहमतिका लागि स्वीकार्छौ उनले भने । शान्ति प्रक्रियाको काम पनि टुंग्याउन बाँकी रहेकाले त्यसमा सरकारले काम गर्ने उनले बताए । ‘एमाले राष्ट्रिय सहमतिका लागि सकारात्मक छ । तर पदको बाँडफाडको आधारमा होइन’ उनले भने ।


Advertisment
SBL

एजेण्डाको आधारमा कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको उनको भनाइ छ । पदीय भागबण्डाको आधारमा राष्ट्रिय सहमतिको कुनै प्रयास नहुने उनले बताए । 

Vianet communication
Laxmi Bank

तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दवाब नरहेको दाबी गरे । चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रबिलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने उनले बताए । रबिको नागरिकता विवादसँगै रहेको राहदानी  विवादमा  कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको उनको भनाइ छ । कुनै व्यक्तिमाथि कानूनरु रूपमा प्रश्न उठेपछि निष्पक्ष रूपमा छानबिन हुनुपर्ने तामाङले बताए । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

फागुन २२, २०८०

वि.सं. २०७९ पुस १० गते गठन भएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफ्नो प्राथमिकता तोक्यो– सुशासन, सामाजिक न्याय र समृद्धि । सोही मार्गचित्रका आधारमा सरकार अगाडि बढ्दै जाँदा सत्तागठबन्धन दलहरूबीच कार्यन...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

x