×

NMB BANK
NIC ASIA

चल्तीका क्याम्पस सुनसान

आंगिक क्याम्पसमा विद्यार्थीको खडेरी, विदेश पठाउने कन्सल्टेन्सीमा थामिनसक्नु भीड !

माघ १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

साविक पश्चिमाञ्चलकै जेठो बुटवल बहुमुखी क्याम्पसका इतिहास विषयका प्राध्यापक प्रा.डा. सूर्यबहादुर जिसी हरेक दिन क्याम्पस पुग्छन् । तर, हाजिरी गरेर मात्र फर्किनु उनको दैनिकी बनेको छ ।

Muktinath Bank

क्याम्पसमा इतिहास पढ्ने विद्यार्थी नहुँदा उनले पढाउन पाएका छैनन् । ४ वर्ष अगाडिसम्म त विद्यार्थी शून्य थिए । अहिले ‘ग्रेडिङ’ प्रणाली आएपछि ३/४ जना विद्यार्थी भर्ना भएका छन् । तीमध्ये कहिलेकाहीँ त कोही पनि आउँदैनन् । ७/८ वर्ष अघिसम्म उनले एउटा तहमा १ हजारभन्दा बढी विद्यार्थीसम्म पढाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले आंगिक क्याम्पसतर्फ विद्यार्थीको खडेरी जस्तै छ,’ प्रा.डा. जिसी भन्छन्, ‘अझै इतिहास, राजनीति शास्त्र, संस्कृति, भूगोलजस्ता विषय र समग्र मानविकी संकायतर्फ भर्ना शून्यजस्तै छ । बौद्धिक ज्ञान दिने विषय विद्यार्थीको रोजाइमा पर्न छाडे । फाइनान्सियल (आर्थिक) विषय विद्यार्थीको रोजाइमा छन् । अन्य विषय इतिहास बन्ने खतरा बढ्यो ।’


Advertisment
Nabil box
Kumari

सेवानिवृत्त हुन एक वर्ष बाँकी रहेका प्रा.डा जिसीले थपे, ‘हामीलाई बौद्धिकहीनता भैरहेको छ । चाहेर पनि पढाउन पाएका छैनौं ।’

Vianet communication
Laxmi Bank

एकदशक अगाडिसम्म १२ हजार विद्यार्थी अध्ययन गर्ने क्यापसमा अहिले झण्डै ६ हजार विद्यार्थी मात्र भर्ना हुन्छन् । नियमित क्याम्पस जाने विद्यार्थीको संख्या त निकै न्यून छ ।

भैरहवा बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेश पाण्डेको समस्या पनि उही छ । क्याम्पसमा पढ्ने विद्यार्थी नभएपछि अवस्था यतिसम्म आएको थियो कि उनले प्राध्यापकका श्रीमतीहरू भर्ना गरेर भए पनि विद्यार्थीको संख्या बढाउने प्रस्ताव नै राखेका थिए ।

विद्यार्थी नहुँदा मानविकी संकायतर्फका प्राध्यापक पाण्डेले अहिले शिक्षा शास्त्र संकायमा पढाउन थालेका छन् । ‘त्रिभुवन विश्वविद्यालयको नीतिगत असफलताले देशको बौद्धिक ज्ञान खोक्रो भएको छ,’ पाण्डे भन्छन्, ‘अहिलको पढाइले जागिर त पाउलान्, तर राष्ट्रलाई आवश्यक पर्ने बौद्धिक ज्ञान भएको जनशक्ति शून्य जस्तै छ । ‘मास्टर’ पास छ, तर नेपालको सामान्य ज्ञान समेत विद्यार्थीमा छैन ।’

दुई/चार वर्ष अगाडिसम्म समाजशास्त्र तथा मानवशास्त्र र शिक्षाशास्त्र संकायतर्फ विद्यार्थीको चाप थियो । अहिले यी संकायमा विद्यार्थी न्यून छन् ।

इतिहास, भूगोल, राजनीतिशास्त्र र गृहविज्ञान जस्ता विषयमा विद्यार्थीको ज्ञान नहुँदा राष्ट्रियताप्रति नागरिकको चासो समेत हराउन थालेको पाण्डेको बुझाइ छ । 

भैरहवा क्याम्पसमा पनि विद्यार्थीको भर्नादर धेरै घटेको छ । क्याम्पसले पुराना विषयमा विद्यार्थी नभएपछि विद्यार्थी भर्ना लिन नै छाडेको छ ।

लुम्बिनी प्रदेशमा रहेका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पाँचवटा आंगिक क्याम्पसमा इतिहास, भूगोल, संस्कृति, नेपालीलगायतका विषयका प्राध्यापकले विगत ४/५ वर्षदेखि यस्तै दिनचर्या बिताइरहेका छन् ।

यी विषयमा अध्ययन गर्ने विद्यार्थी नभएपछि प्राध्यापकहरूलाई क्याम्पसमा दिन कटाउन पनि धौ–धौ परिरहेको छ ।

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस (टीएमसी)मा स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयमा जम्मा २ हजार ६०० विद्यार्थी भर्ना भएका छन् । ब्याचलर र मास्टर डिग्रीमा मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा शास्त्र संकायमा विभिन्न विषयमा क्याम्पसमा पढाइ हुन्छ ।

क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई निरन्तर विद्यार्थीको संख्या ओरालो लाग्दा खिन्नता महसूस हुने गरेको बताउँछन् । ‘टीयूले हरेक वर्षमा १० जनाभन्दा कम विद्यार्थी भए भर्ना नलिई अन्यत्र शिफ्ट गर्नु भन्छ,’ उनी भन्छन्, ‘सबै विषयमा विद्यार्थी संख्या त्यस्तै ८/१० जनाको रेसियोमा छ । क्याम्पस चलाउने कि विद्यार्थी अन्यत्र पठाउने, बडो समस्या भएको छ ।’

उनले थपे, ‘अहिले १२ पास गरेका विद्यार्थी नेपालमा पढ्नै नचाहेको देखिन्छ । क्याम्पसमा भन्दा विदेश पठाउने कन्सल्टेन्सी र इन्स्टिच्युटमा थामिनसक्नु भीड छ । यसले देश खोक्रो बन्दै गएको संकेत गरेको छ । यसतर्फ त्रिवि र राज्यले सोच्न सकेनन् । यसबाट देशले पछि ठूलो समस्या भोग्न बाध्य हुनेछ ।’

दशक अगाडिसम्म त्रिभुवन बहुमुखी क्याम्पसमा १० हजारसम्म विद्यार्थी पढ्थे । विद्यार्थीको अभाव भएपछि दाङ, बाँके लगायतका जिल्लामा रहेका त्रिविका क्याम्पसमा प्राध्यापकहरू कामविहीन हुँदैछन् । 

त्रिविको केन्द्रीय प्रशासनले विद्यार्थीको अभावका कारण प्राध्यापक तथा शिक्षकहरू कामबिहीन अवस्थामा आइपुगेमा विषयका आधारमा अन्य कार्यक्षेत्रमा समायोजन गर्न सकिने नीति बनाएको छ । तर, प्रभावकारी कार्ययोजना र राजनीतिक झमेलामा परी यो नीति प्रभावकारी हुन सकेको देखिँदैन । 

कामविहीन भए पनि प्राध्यापक तथा शिक्षकहरूले तलब सुविधा भने लिइरहेका छन् । क्याम्पसका प्राध्यापकहरूको तलब सुविधाको व्यवस्थापन त्रिवि केन्द्रीय प्रशासनले गर्छ । 

हाल प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षक सहायकले क्रमशः सचिव, सहसचिव, उपसचिव र अधिकृत स्तरको तलब सुविधा पाउने गर्छन् । त्रिविले आफ्नो शैक्षिक क्यालेन्डर चुस्तदुरुस्त राख्न नसक्दा स्नातक पढ्न युवा विदेशिने गरेको विज्ञहरू बताउँछन् । प्राध्यापकहरूको दरबन्दी मिलान वा कटान गर्ने अधिकार आंगिक क्याम्पसलाई नभएको महेन्द्र बहुमुखी क्याम्पस दाङका क्याम्पस प्रमुख भरतराज न्यौपानेले लोकान्तरलाई बताए । 

‘क्याम्पसहरू कोरा सर्टिफिकेट मात्र दिने बन्दा विद्यार्थी सकिँदै गए,’ उनी भन्छन्, ‘हरेक पढाइ रोजगारीसँग जोडिएको हुन्छ । पुराना विषय पढ्ने धेरै भए रोजगार नहुँदा विद्यार्थीले पढ्न छाडे । अब त्रिविले हरेक विषय जोडिनुपर्छ । रोजगार छैन, उत्पादन धेरै भएपछि विद्यार्थी पढाइ छाडेर बाहिर जान थाले ।’ 

तस्वीरमा बुटवल बहुमुखी क्याम्पस

हरेक विषयको महत्त्वका हिसाबले कमी नभए पनि उत्पादन जनशक्तिलाई राज्यले ग्रहण गर्न नसक्दा अहिलेको अवस्था आएको हो । 

अहिले सकेसम्म अध्ययनको बहानामा विदेशिने तिरै अधिकांशको ध्यान छ । ‘एक समय अध्ययन गर्न निकै प्रतिस्पर्धा हुने विश्वविद्यालय र क्याम्पसमा कोटा पूरा हुन हम्मेहम्मे पर्नुले हाम्रो शैक्षिक जनशक्तिको पलायनलाई उदांगो पारेको छ,’ बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले लोकान्तरसँग भने ।

आंगिक क्याम्पसमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले विद्यार्थी घटेका छन् ।

प्राविधिक धारका बाहेक अन्य विषय अहिले ओझेलमा पर्दै गएका छन् । सरकारले व्यवसायीकरण गर्न चुकेका कारण यी विषयप्रति विद्यार्थीको वितृष्णा जागेको संस्कृतिविद् समेत रहेका न्यौपानेको भनाइ छ । 

इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्र जस्ता विषयमा विद्यार्थी टिकाइराख्न यी विषयलाई व्यावसायिक बनाइएको छैन । त्यसैले विद्यार्थीहरू अन्य धारका विषयमा पलायन भएको देखिन्छ ।

पाठ्यक्रमको समयानुसार विकास नगरी पुरातनवादी सैद्धाान्तिक पाठ्यक्रममै आधारित अध्यापन भइरहेको छ । प्राविधिकबाहेक अन्य विषयको सिकाइ पनि सैद्धान्तिक मात्र नभई अनुसन्धानात्मक हुनुपर्ने हो । त्यसमा सरकारको लगानी नभएका कारण विद्यार्थीहरू यसपछि रुचि हराएको देखिन्छ ।

विद्यार्थीलाई सानैदेखि यी विषयमा रुचि जगाउने खालका कार्यक्रम नभएकाले यस्तो समस्या आएको हो । सामाजिक शिक्षाका रूपमा राखे पनि विषयगत रूपमा इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्रलाई पाठ्यक्रममा समावेश गर्न नसक्दा विद्यार्थीहरूको रुचि अन्य विषयतिर नै केन्द्रित हुने गरेको उनको भनाइ छ । 

हरेक वर्ष ३ लाख भन्दा बढी विद्यार्थी एसईई उत्तीर्ण हुन्छन् । तीमध्ये कक्षा ११ र १२ पास गरेपछि अधिकांशको पहिलो रोजाइ विदेश जानेमा हुन्छ । अन्तिममा केही नलागेपछि मात्र नेपालमा पढ्ने स्थिति आएको छ । यसले पनि त्रिविको शिक्षा अधोगतितर्फ धकेलिएको संकेत गर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x