×

अवैध मदिरा बिक्री र चोरीमा संलग्नलाई कारबाही होस्- पेय पदार्थ तथा चुरोट उद्योग संघ

माघ १७, २०७९

देशका विभिन्न भागबाट पेय पदार्थ तथा अवैध मदिरा, चोरी पैठारीलगायतमा संलग्नहरूलाई थुनामा राखेर अनुसन्धान गरिएको प्रति नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मदिराजस्तो संवेदनशील वस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिई नेपाल सरकारले तोकेको मापदण्डअनुसार ल्याब परीक्षण गरी स्वीकृति प्राप्त गरेर मात्र गर्नुपर्ने एवं बिक्री गर्दा समेत अनुमति पत्र लिएकाले मात्र बिक्री गर्न पाउने कानूनी प्रावधान छ।


Advertisment

अवैध मदिराको उत्पादन एवं बिक्री वितरणबाट सरकारको राजश्वमा असर पर्नुका साथै यस किसिमका अवैध मदिराको आयात, उत्पादन, बिक्री वितरण एवं उपभोगले देशको राजश्व, कानुनबमोजिम स्थापित उद्योगहरूको व्यवसायिक ख्याति, सृजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर परेको संघले ठहर गरेको छ। यसप्रति सचेत रहन सम्बन्धित सबैलाई संघले अनुरोध गरेको छ।


Advertisment

साथै यस किसिमका अवैध गुणस्तरहीन र मापदण्डविपरीत उत्पादनले राष्ट्र, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भीर प्रभाव पारेको भन्दै सचेत रहन संघले अनुरोध पनि गरेको छ।

यस किसिमका कार्य कहीँ कतै भए सरकारलाई सूचना सूचना दिई अवैध कारोबारी रोक्न संघले आग्रह गरेको छ।  

केही दिनयता मदिराजन्य पदार्थमा भइरहेको चोरी तथा गलत तरिकाले मदिराको ब्राण्डिङ भइरहेकाले संघले यस्तो अपिल गरेको हो। 

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x