×

NMB BANK
NIC ASIA

रिचार्ज पोखरीबाट मुहान रसाएको हेर्न नमोबुद्ध आयो फिन्डल्याण्डको टोली

माघ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अध्ययन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ ।

Muktinath Bank

नमोबुद्ध नगरपालिका–२ भागवतेस्थित विभिन्न १३ स्थानमा पोखरी खनेर सञ्चालन गरिएको आयोजना अवलोकन गर्न मंगलबार फिन्डल्याण्डस्थित  परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेनलगायत २४ सदस्यीय टोली यहाँ आइपुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानीका मुहान सुक्दै गएपछि नगरपालिकाले इसिमोड र सिप्रेडको सहयोगमा सो ठाउँमा जमिनलाई रसिलो बनाइराख्न खनिएका रिचार्ज पोखरीमार्फत मुहान संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

उक्त कार्यक्रम अवलोकनका क्रममा राजदूत हेका, निर्देशक किल्युनेनलगायत टोलीका सदस्यले कार्यक्रम लागू भएपछि स्थानीय समुदाय कति लाभान्वित भए भन्नेबारे जानकारी लिएको थियो ।

Vianet communication
Laxmi Bank

स्थानीय बासिन्दा अश्विनकुमार श्रेष्ठले भूकम्पपछि सुकेका पानीको स्रोत रिचार्ज पोखरी खनिएपछि पुनःरसाएको बताए।

अर्का स्थानीयवासी पूर्णमान लामा र लमिनमाया लामाले पानी सुकेर पहिला आकाशे पानीको भरमा खेती गर्दै आइएकामा अहिले पानी जमाएर तरकारी खेती र पशुपालनसमेत गर्न पाएको सुनाए।

आर्थिक वर्ष २०७८/७९ को भदौ–असोजमा पोखरी खनिएपछि जमिन रसाएर मूल फुट्न थालेका छन् ।

सोही मुहानबाट पानी सङ्कलन गरी ट्याङ्की निर्माण गरेर स्थानीय १३ घरधुरीलाई खानेपानीको व्यवस्था गर्दै आइएको नगर प्रमुख कुनसाङ लामाले बताए।

सीमित स्रोत र साधनका कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएकाले सबै क्षेत्रसँगको सहयोग र सहकार्यमा नगरपालिका अगाडि बढिरहेको उनको भनाइ थियो ।

ट्याङ्कीमा सङ्कलन भएर बढी भएको पानी स्थानीयवासीले सिँचाइका लागि प्रयोग गर्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन बढाउन सहयोगी हुनाका साथै योजना सञ्चालन गर्न थप उत्साह मिलेको उनको भनाइ थियो ।

त्यसरी उपयोग गर्दै आएको पानी हिउँदमा भने केही कम संकलन भएको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले बताए । उक्त ठाउँमा सफल परीक्षण भएपछि सोही वडाका अन्य तीन स्थानमासमेत त्यस्ता रिचार्ज पोखरी खनिएको उनले जानकारी गराए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x