×

Nic Asia
Dabur
Prabhu Bank

सत्तारोहणमा मरिहत्ते

रविको सत्ता आशक्ति: नैतिकताको कुरा गर्नेले देखाएको अनैतिकताको नमूना !

माघ १८, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

मूलधारका स्थापित राजनीतिक दललाई भ्रष्ट र अनैतिक तथा नेताहरूलाई पदलोलुपको आरोप लगाउँदै ‘नैतिक राजनीति’ गर्ने भन्दै दल खोलेका पूर्व पत्रकार रवि लामिछानेले गुमेको गृहमन्त्री पदमा बार्गेनिङ गरेर आफ्नो भेद खोलेका छन् ।

yONNEX
Frooti
Appy

कीर्ते नागरिकता देखाएर राजनीतिक दल गठन गरेका रविले त्यही नागरिकताको भरमा चुनाव लडे, जितेर आए अनि अस्वाभाविक रूपमा एकैपटक उपप्रधानसहित गृह मन्त्रालय पाए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

नागरिकताको विषय अदालतमा विचाराधीन रहेको र पासपोर्ट दुरुपयोगको आरोप लागेका लामिछानेलाई गृह प्रशासनको साँचो सुम्पिँदा नै यसको विरोध भएको थियो । सत्ता स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने राजनीतिक दलले रविलाई गृहको साँचो सुम्पेर बिरालोलाई दूधको साक्षी बनाए ।


Advertisment
Lokantar App
Saurya island

जेहोस्, नागरिकतामा रविले गरेको जालसाजीलाई सर्वोच्च अदालतले मान्यता दिएन । संवैधानिक इजलासले लामिछानेले जालसाजीपूर्ण ढंगले प्रयोग गरेको नागरिकतालाई अवैध भनिदियो । सर्वोच्चको एक आदेशले उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद एकै झड्कामा गयो । 

JYOTI
Vianet communication

माघ १३ गते शुक्रवार सर्वोच्चको आदेशपछि आफूलाई ‘अनागरिक’ भएको गुनासो गर्दै लामिछाने निन्याउरो मुख लगाउँदै सिंहदरबारबाट लुरुलुरु बाहिरिए । सर्वोच्चको आदेशलाई स्वागत गर्ने बताएका रविले उपनिर्वाचनको तयारी गर्लान् भन्ने धेरैको विश्वास थियो । सर्वोच्चकोे आदेशले पदच्युत भएका लामिछानेलाई ३ दिनमै गृहमा फर्किने महत्त्वाकांक्षा पलायो, आफैंलाई पुनः गृहको चाबी दिनुपर्ने हठ राखे ।

सर्वोच्च अदालतको पूर्णपाठ पर्खने धैर्यता पनि उनले गरेनन् । झूटा नागरिकता पेश गरेर जितेको सांसद पद खारेज भइसक्दा पनि उनले आफूलाई लज्जाबोध गरेनन् । बरु सत्ता साझेदार दलका नेतामार्फत प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेर तत्कालै सत्तामा पुग्ने सपना देख्न थाले ।

आइतवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्ति गरेसँगै उनमा गृह मन्त्रालयमा फर्कने महत्त्वाकांक्षा पलायो, उनले एकैदिन पार्टीका ३ बैठक राखेर नाटकीय ढंगले आफूलाई पार्टी सभापति बनाए । त्यसैको आडमा गृह मन्त्रालयमा आफूलाई पुनर्बहाली नगरे पार्टी सरकारबाट बाहिरिने घुर्की प्रधानमन्त्री प्रचण्डलाई दिए । गृहमन्त्रीमा पुनः नियुक्त गर्न रास्वपाले दबाब दिएको प्रचण्डले पार्टी बैठकमा ब्रिफिङ गरेका थिए । 

चुनावपछि बनेको नयाँ संसद्को अधिवेशन शुरू भएको १ महिना नहुँदै गैरसांसदलाई मन्त्री, त्यो पनि गृहको जिम्मा लगाउनु संसदप्रतिको घोर अपमान हुने थियो । भोलिका दिनमा पनि प्रचण्डले गैरसांसदलाई मन्त्री नियुक्त गरे भने त्यो लोकतन्त्रप्रतिको घात हुनेछ ।

नैतिकताको पाठ सिकाएर, अनैतिकताको नमूना !

जुन प्रवृत्तिको विरोध गरेर रवि राजनीतिमा स्थापित भए, उनका क्रियाकलाप त्यही पुरानो कुराको पुनरावृत्ति गरिरहेका छन् । नैतिकताको पाठ सिकाउने उनले आफ्नै बोली बिर्सिए । उनी पत्रकारिता कर्ममा छँदा उपप्रधानमन्त्रीको भीड बनाइएकोमा विरोध गर्दथे । गैरसांसदलाई मन्त्री बनाइएकोमा उनको आक्रोश हुन्थ्यो ।

अक्टोबर ८, २०२१ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाल मन्त्री बनेको दिन रविले ट्वीटरमा लेखेको सन्देश अहिले सामाजिक सञ्जालमा छ्यापट्यापती छ । उनले लेखेका छन्, ‘गैरसांसद मन्त्री भै छाडे । विधि पद्धति, आदेश परमादेश फ्लोर क्रस र यो लिमिट क्रस, उफ् !’

रविको आजको हैसियत गजेन्द्र हमालको जस्तै हो तर उनी गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । आफूलाई गृहमन्त्रीको शपथ नगराए सरकारबाट बाहिरिने भनेर मोलमोलाइ गरिरहेका छन् । उनले भन्ने गरेकोे विधि र पद्धतिको कुरा आफ्नो हकमा भने लागू नपर्ने परिभाषा बनाउँदै छन् ।

लामिछानेका प्रत्येक क्रियाकलाप चुनावअघि आफैंले गरेका प्रतिबद्धताको विपरीत छन् । ‘रवि लामिछाने प्रालि’ जस्तै बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी के गर्दैनौं’ शीर्षकमा लेखेको प्रतिबद्धता पत्रमा चुनाव हारेको व्यक्तिलाई चोर बाटोबाट सरकारमा नलैजाने उल्लेख थियो । लाज पचाएर आज उनी आफैं त्यहीँ चोर बाटोबाट गृहमन्त्री बन्नका लागि कहिले बालकोट र कहिले बालुवाटारको परिक्रमा गरिरहेका छन् । 

‘तातै खाउँ, जल्दै मरौं’ भने जसरी गृहमन्त्रीमा पुनः नियुक्ति हुन खोज्नुको उनको उद्देश्य पासपोर्ट छानबिनलाई फितलो बनाउनु रहेको सत्ता साझेदार दलका नेताहरू बताउँछन् । ‘उहाँलाई गृह मन्त्रालय नै चाहिने, आफैं नै मन्त्री बन्नुपर्ने कुराको अर्थ बुझ्न गाह्रो छैन तर पासपोर्टको छानबिन नटुंगिई फेरि गृह दिन सकिँदैन,’ प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो ।

गृहमा गएर पासपोर्ट छानबिनलाई फितलो बनाउने रविको भित्री योजनाको सूचना बालुवाटार पुगिसकेको छ । नागरिकताको विषयभन्दा पासपोर्टको विषय जटिल भएकाले त्यसलाई सामसुम पार्न उनले सरकारमा जाने र सत्ताको ‘दुरुपयोग’ गर्ने खतरा रहेको सुरक्षा स्रोतहरू बताउँछन् ।

वैकल्पिक राजनीति धमिल्याउने अर्को माछो !

रवि नेपाली राजनीतिको अपवाद बन्छन् र परम्परागत राजनीतिक दलले गरेका गल्ती दोहोर्‍याउँदैनन् भन्नेमा धेरैलाई सन्देह थियो । भयो पनि त्यस्तै । उनले सत्तारोहणको पहिलो महिनामै आफ्नो चरित्र उजागर गरेका छन् । परम्परागत दलभन्दा रवि फरक हुन्, उनले राजनीतिक चरित्र देखाउँछन् भनेर प्रतिरक्षा गर्नेहरू अहिले दुलो पस्नुपर्ने अवस्था आएको छ । 

चुनावको बेला रविको गुणगान गाउनेहरू अहिले गुमनाम भइसकेका छन्, उनको कदमको प्रतिरक्षा परको कुरा भयो, रविको अधैर्यतालाई बुझेका कतिपयले भने उनी ‘लङ रेशको घोडा’ होइनन् भनेर पहिल्यै विश्लेषण गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता मूलधारका राजनीतिक दलप्रतिको आक्रोशस्वरूप मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले स्थापना गरेको दललाई भोट दिएका थिए । 

जनतासँग भावनात्मक कुरा गरेर पाएको भोटलाई उनीहरूले सत्ता बार्गेनिङको मोलमोलाई शुरू गरेका छन् । ‘विगतमा पनि वैकल्पिक राजनीति गर्छु भनेर आएका रवीन्द्र मिश्रहरूले वातावरण बिगारेका थिए, रवि वैकल्पिक राजनीतिको पानी धमिल्याउने माछो बने,’ विगतमा रवीन्द्रसँगै राजनीति गरेका एक नेताले भने । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले चार दिने भारत भ्रमणमा छन् । भ्रमणका क्रममा ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्डले दिल्लीमा नेपाली सञ्चारकर्मीसमक्ष कुरा राख्दै आफ्नो भ्रमणले ...

जेठ १६, २०८०

तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् ।  संसद्लाई जानकारी ...

जेठ १६, २०८०

भारतको नयाँ संसद् भवनमा राखिएको राजदण्ड सेन्गोलका विषयमा विभिन्न बहसहरू भइरहेका छन् ।  सेन्गोल र यसको इतिहासका बारेमा संक्षिप्त चर्चा गरौं । सेन्गोल तमिल शब्द सेम्मईबाट बन्छ । त्यसको अर्थ धर्मपरायणता हु...

जेठ १७, २०८०

दिनहुँजसो दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा निस्किन्छन्, भाषण गर्छन्, यो वर्षौंदेखिको नियमित कर्म हो ।  तुइन विस्थापित नहुँदा विद्यालय हिँडेका बालबालिका नदीमा खस्ने देशका नेताहरू लाखौंको हेलिकप्टर चा...

जेठ २३, २०८०

संसदीय प्रणालीमा प्रतिपक्षीलाई व्यवस्थाको गहना मानिन्छ । संसद् प्रतिपक्षकै हो भनिन्छ, किनकि सत्तारुढ दलका नेता नै प्रधानमन्त्री हुँदा सरकारलाई खबरदारी गर्न, गलत कदमतर्फ जान नदिई जिम्मेवार बनाउन प्रतिपक्षको भूमिका हुन्...

जेठ २५, २०८०

गएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि स्वतन्त्र र नयाँ दलले सच्चिने नभए र सक्किने सन्देश परम्परागत पार्टीलाई दिएका छन् । सच्चिन, नेतृत्व हस्तान्तरण गर्न, कार्यक्रममा नवीनता र आक्रामकता ल्याउन प...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x