जेठ १८, २०८०
‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्त...
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ र निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ एकैदिन प्रदर्शनमा आउँदैछन् ।
आगामी फागुनको १९ गतेलाई प्रदर्शन मिति तय गरेका दुबै चलचित्रले दर्शकमाझ राम्रो हाइप समेत बनाएका छन् ।
यी चलचित्रका प्रचार सामाग्रीले पाएको भ्युजका आधारमा उक्त कुराको आँकलन गर्न सकिन्छ ।
चलचित्र ‘छड्के २’को पाँच दिनअघि टिजर सार्वजनिक गरिएको थियो, जसले बुधवार बेलुकासम्म १५ लाख ३० हजार प्लस भ्युज पाइसकेको छ । टिजरलाई प्रतिक्रियाहरु पनि राम्रो आइरहेका छन् । यति छोटो समयमा चलचित्रको टिजरले उक्त भ्युज पाउनुलाई राम्रो मान्न सकिन्छ । यसले के कुराको आँकलन गर्न मद्धत गर्छ भने ‘छड्के २’लाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् ।
यता, गत सोमबार बेलुका मात्रै चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरियो । यो गीतले यतिबेला युट्युबमा निकै राम्रो भ्युज पाइरहेको छ । दुई दिनमै गीतको भ्युज झण्डै १२ लाख पुगिसकेको छ । बुधवार बेलुका गीत युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा छ ।
यता ‘छड्के २’को टिजर पनि युट्युब ट्रेन्डिङको चौथो नम्बरमा छ । यसअघि ‘छड्के २’को टिजर ट्रेन्डिङको दोस्रो नम्बरमा थियो ।
पछिल्लो समय युट्युबमा चलचित्रको टिजर, ट्रेलर र गीत लगायतको औसत भ्युज घटिरहेको अवस्थामा यी दुबै चलचित्रको प्रचार सामाग्रीले छोटो समयमै पाएको भ्युज निकै लोभलाग्दो हो । यसले दुबै चलचित्रको हाइपलाई मापन गर्न सघाउँछ ।
दुवै चलचित्रको राम्रो हाइप देखिएपनि आशा गरिएका चलचित्रहरु एउटै मितिमा आउँदा असर भने दुवै चलचित्रलाई नै पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा चलचित्रले पाउने शो बाँडिन्छ । जसले चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ । त्यसपछाडिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुन्छ ।
‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्त...
अभिनेत्री अदिति बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय छिन् । दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी अदितिले म्युजिक भिडियोसँगै वेब सिरिजहरुमा व्यस्त भइरहेकी छिन् । यस्त...
गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...
सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ । ...
प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार बेलुका सार्वजनिक ‘इँटा भट्टीको’ बोलको गीतको भिडियोमा ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...