चैत ८, २०७९
प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । राष्ट्रिय फूटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरे...
चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले सटपmुट फालेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी छन् ।
सो अवसरमा नगरप्रमुख महतोले विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । माडी नगरपालिकाको शिक्षासँगै खेलकुदको विकासलाई पनि अघि बढाउने लक्ष्यलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले थप टेवा दिने बताइन् ।
माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माडीका ८ सामुदायिक तथा २ संस्थागत विद्यालयगरी १० विद्यालयले सहभागिता जनाएका छन् । पालिकास्तरबाट छनोट भएका खेलाडीहरु जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरीय प्रतियोगितामा सहभागिताका लागि चयन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा माडी नगरपालिकाका नगर उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, नगर प्रवक्ता दण्डपाणि पौडेल, सामाजिक विकास अधिकृत दीपेन्द्रराज पौडेल, युवा, खेलकुद तथा सांस्कृतिक समितिका संयोजक पुरन महतोलगायतले मन्तव्य राखेका थिए । विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीको सहभागिता रहेको सो प्रतियोगितामा मार्शल आर्ट्स र एथलेटिक्स समूहका खेलहरुमा प्रतिस्पर्धा शुरू भएको छ ।
प्रतियोगिताको बुधबार सम्पन्न १५०० मिटर दौडमा छात्रतर्फ माडी मावि, वसन्तपुरका अमन बोट र छात्रातर्फ सोमेश्वर मावि, बरूवाका अस्मी सुनारले स्वर्ण पदक पाएका छन् । छात्रतर्फको सो प्रतिस्पर्धामा जनकल्याण माविका मन्दिप नेपालीले रजत र माडी माविका कमल खनालले कास्य पदक प्राप्त गरेका छन् । सोहीअनुसार छात्रातर्फ माडी माविकी पुनिता सहनीले रजत र कृष्णनगर माविकी मनीषा परियारले कास्य पदक जितेका छन् ।
त्यस्तै, ८०० मिटर दौडमा छात्रतर्फ सगरमाथा मावि, हनुमानझुलाका बुद्ध लोप्चन र छात्रातर्फ सोमेश्वर माविकी आयुषा थापामगरले स्वर्ण पदक प्राप्त गरे भने छात्रतर्फ जनजीवन माविका निशान हरिजनले रजत र सोमेश्वर माविका सौरभ महतोले कास्य प्राप्त गरे । छात्रातर्फ माडी माविकी कल्पना रोकाले रजत र सगरमाथा माविकी रूसिता प्रजाले कास्य पदक प्राप्त गरेका छन् ।
प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । राष्ट्रिय फूटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरे...
म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप २०७९’ आमन्त्रित म्याग्दी लिग फूटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लब...
फ्रान्सको राष्ट्रिय फुटबल टीमको कप्तानमा किलियन एम्बाप्पे नियुक्त भएका छन् । यसअघिका कप्तान हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ...
धनगढी रंगशालमा बिहीवारदेखि अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फूटबल प्रतियोगिता हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको त...
क्रिकेटको एकदिवसीय विश्व वरीयतामा नेपाल १५औं स्थानमा उक्लिएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिल आईसीसीले बुधवार जारी गरेको वरीयतामा ओमानलाई पछि पार्दै नेपालले १५औं स्थान पक्का गरेको हो । यसअघ...
दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपाल २-० गोलअन्तरले विजयी भएको छ। नेपालले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेको गरेको हो। नेपालका लागि पहिलो गो...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...