चैत ६, २०७९
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त ...
स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल (डीसीए) कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै सो स्कूल उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन बनाएको थियो । स्टेपिङका लागि किरण धामीले सर्बाधिक ३४ रन बनाएका थिए । २३ बलमा उनले ७ चौका प्रहार गर्न सफल भएका थिए । सोहीअनुसार अभिशेक खड्काले २६ बलमा २३ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरेका थिए । समिर कुँवरले ५ बलमा २ चौकासहित १० रन जोडेका थिए ।
बलिङतर्फ लिटिल फ्लवारका कुशल धामीले ३ तथा आर्यन धनपाली र किरण धामीले समान २–२ विकेट लिएका थिए । जवाफमा लिटिल फ्लवारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनमात्रै बनाउन सक्यो । आशिष साहुले २९, सुबोध तिवारीले १३ तथा आरिस बोहराले १२ रन जोडेका थिए । स्टेपिङका अनुराग सिंहले ३ तथा सचिन भट्टले २ विकेट लिएका थिए ।
प्रतियोगिताको विजेता स्टेपिङले ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता लिटिल फ्लवारले ३० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङका कुशल धामी भए । उनले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्ति पाएका छन् । यस्तै, उत्कृष्ट ब्याटर लिटिल फ्लवारका अनुराग सिंह चुनिएका छन् । उनले ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाएका छन् ।
उत्कृष्ट बलर लिटल फ्लवारकै सचिन भट्ट चुनिए । उनले पनि ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाएका छन् । उदीयमान खेलाडीको अवार्ड पनि लिटिल फ्लवारकै रोशन रावलले पाएका छन् । उनले क्रिकेट शुज प्राप्त गरेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त ...
बुटवलस्थित न्यू होराइजन आवासी अंग्रेजी माध्यमिक विद्यालयले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी,...
विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीक...
विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्र...
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ । बुटवल– ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दोसल्ला ओढाएर सम्म...
भारतको नयाँदिल्लीमा सञ्चालन भइरहेको आईबीए वुमनस् वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालको अन्जली टेलीले ५२ किलोग्राम तौल समूहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्र...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...