चैत ७, २०७९
चैत २ देखि सुरु भएको छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सोमवार सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ ‘प्रका...
नेपाली चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत युटयुब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्रको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक भएको दुई दिनमै लोभलाग्दो भ्युजका साथ ट्रेन्डिङ वानमा आउन सफल भएको हो ।
गीतको भिडियोले बिहीवार बिहानसम्म १२ लाख ५० हजार प्लस भ्युज पाइसकेको छ ।
डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएको यो गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भिडियोमा स्वस्तिमा खड्काका साथमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई समेत प्रस्तुत गरिएको छ ।
हेमराज बिसीको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा ४’ फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
दीपकराजकै कथा एवं लेखन रहेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत छन् । दिपेन्द्र खनिया र केशव न्यौपाने चलचित्रका निर्माता हुन् ।
आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, निमेश श्रेष्ठको सम्पादन छ ।
चैत २ देखि सुरु भएको छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सोमवार सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ ‘प्रका...
चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो दिन आइतवार ‘चलचित्र नीतिः नीति मात्र कि व्यवहार पनि ?’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा स...
चैत्र २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’ विविध कारणले चर्चामा छ । विशेषगरि, यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तु र प्रस्तुतिलाई लिएर दर्शकमा प्रतीक्षा बढेको हो । सञ्चा...
चलचित्र ‘कामिनो’को यतिबेला वर्कशप चलिरहेको छ । वैशाखबाट छायाँकन सुरु गर्ने तयारीका साथ यो चलचित्रको केही दिनदेखि राजधानीमा वर्कशप चलाइएको हो । चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका अभिने...
गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो । अस्ट्रेलिया...
नेपाली फिल्म र म्युजिक भिडियोकी लोकप्रिय अभिनेत्री आँचल शर्माले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सन १९९८ मार्चमा काठमाडौंमा जन्मिएकी आँचल आजबाट २६ वर्षमा लागेकी छन् । ७ वर्षअघि प्रदर्शनमा आएको ‘नाई न...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...