×

NMB BANK
NIC ASIA

नेपालबाट ६ करोड वर्ष पुरानो शालिग्राम शिला भगवान् राम जन्मभूमि पुग्दा अयोध्यामा उत्सव

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भगवान् रामको जन्मभूमि भारतको अयोध्यामा मूर्ति बनाउनका लागि नेपालबाट लगिएका शालिग्राम शिलाको भव्य स्वागत गरिएको छ ।

Muktinath Bank

गण्डकी प्रदेशको कालीगण्डकी नदीबाट संकलन गरेर अयोध्या पुर्‍याइएका शिलालाई ५१ वैदिक ब्राह्मणले पूजन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अयोध्यामा वर्षाैंदेखि राम मन्दिरको मुद्दा रहेको छ । हिन्दू धर्मावलम्बीको आस्था जोडिएको विषयले सार्थकता पाउँदा अयोध्यामा खुशीयाली छाएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालबाट लगिएको ६ करोड वर्ष पुरानो शिला रहेको विश्वास गरिएको शालिग्रामबाट रामसीताका मूर्ति बनाइनेछन् । ती मूर्तिलाई मन्दिरको मुख्य भागमा राखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Vianet communication
Laxmi Bank

पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि र जानकी मन्दिरका महन्थ तपेश्वर दासले अयोध्या मन्दिरमा शिला हस्तान्तरण गरेका छन् । नेपालबाट ३७३ किलोमिटर यात्रा तय गरेर ७ दिनमा शालिग्रामलाई अयोध्या पुर्‍याइएको छ । रामसीताको मूर्ति बनाउन ४० शिलाको पहिचान गरिएको भए पनि अन्तिममा २ शिला छनोट गरिएको थियो ।

सरयू नदीको पुलमा पुष्पवर्षा गरेर शिलालाई स्वागत गरिएको छ । स्वागत समारोहमा भारतभरका चर्चित सन्तमहन्थहरूले सहभागिता जनाएका छन् ।

रामजन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महामन्त्री चम्पत रायले कुन किसिमको मूर्ति बनाउने भनेर विचार भइरहेको बताए । यसका लागि देशभरका मूर्तिकारलाई अयोध्या बोलाइएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x