जेठ १७, २०८०
फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमकाबीच असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १७ सेकेन्डको ट्रेल...
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।
फस्टलुकमध्ये एक पोष्टरमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ ।
निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । फिल्म ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो । यो फिल्ममा उनकै लेखनसमेत थियो । यो फिल्मबाट उनले कामको राम्रो तारिफ पाएका थिए ।
फिल्म ‘प्रेमा’मार्फत गोविन्दले फिल्म निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे फिल्म ‘चिनी कम रङ कडा’का निर्देशकसमेत हुन् ।
फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । फिल्ममा अरुण, शुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।
सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।
फिल्ममा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ । महेश ‘मञ्जरी’ र ‘रणवीर’का डीओपीसमेत हुन् ।
फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमकाबीच असार ८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १७ सेकेन्डको ट्रेल...
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...
गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...
सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँड...
अभिनेत्री अदिति बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय छिन् । दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी अदितिले म्युजिक भिडियोसँगै वेब सिरिजहरुमा व्यस्त भइरहेकी छिन् । यस्त...
आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रला...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...