चैत ९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीवार सामुदायिक ...
दाङको तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको हो ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाहिरी चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो । “बजारमा सवारीको चाप निकै भयो”, इञ्जीनियर योगीले भने, “त्यसलाई मध्यनजर गरी बाहिरी चक्रपथ निर्माण गर्न लागिएको हो ।”
यसअघि उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण सुरु गरेको थियो । त्यो चक्रपथको काम पनि अगाडि बढ्न सकेको छैन । उक्त चक्रपथको ट्र्याक खोलिएको भए पनि कालोपत्र गर्ने काम भने निकै सुस्तगतिमा छ । अहिलेसम्म करिब साढे दुई किलोमिटरमात्रै कालोपत्र भएको छ । उपमहानगरपालिकाले डेढ किलोमिटर कालोपत्र गरेको हो । त्यसपछि केन्द्रीयस्तरको योजना रहेको भन्दै डिभिजन सडक कार्यालय दाङले डिपिआर गरेपछि प्रदेशले कालोपत्रको काम गरिरहेको छ । अहिलेसम्म प्रदेशले एक किलोमिटरभन्दा बढी कालोपत्र गर्न सकेको छैन ।
एक दशक अघिदेखि निर्माण सुरु भएको चक्रपथको काम सुस्तगतिमा अघि बढेको छ । वैकल्पिक सडकका रूपमा लिइएको चक्रपथको काम ढिलो हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । तुलसीपुर उपमहानगरपालिका–७ राजापुरबाट रक्षाचौर आँखा अस्पताल–तुलसीपुर–३ डाँडाखुट्टी, तुलसीपुर–८ टिकरी, तुलसीपुर–१२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो । यसको २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ रहेको छ ।
साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो । उपमहानगरले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, आव २०७८÷७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत रु एक करोड ५० लाख बजेट व्यवस्था गरेको थियो ।
साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो । तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन ।रासस
प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीवार सामुदायिक ...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो । ...
काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो । दिनहँु र...
काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढ्न थालेको छ। जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनामा यता राहदानी बनाउनेहरू बढ्न थालेका हुन्। दिनहुँ राहदानी बनाउने सेवाग्राही...
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम व...
शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो। जसअनुसा...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...