
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को छायाँकन सुरु भएको छ ।
शुक्रवार ललितपुरको श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।
सुरुवातमा चलचित्रको गीत सुटिङ गरिने निर्माण टिमले जानकारी दिएको छ ।

नारायण खातीको कथा एवं प्रस्तुतीमा निर्माण हुने चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ ।
शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।
दिव्य सुवेदीको छायाँकन रहने चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन रहनेछ ।
चलचित्र लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ ।