
गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘पियारी’ सार्वजनिक भएको छ ।
शुक्रवार सार्वजनिक गरिएको यो गीतमा समीक्षा र टेक बिसीले स्वर दिएका छन् ।
भिम बिसीको शब्द एवं संगीत रहेको यस गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।
राहुल बराईलीको निर्देशन रहेको भिडियोमा आभा थापा, दिपेश आग्री, अनुप बोहोरा लगायतको अभिनय छ ।
बाहु न्यौपानेको छायाँकन रहेको भिडियोमा मिन रावनको सम्पादन छ ।
गीत मायाप्रेममा आधारित छ ।