चैत ४, २०७९
व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन् बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रूपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । ...
सावित्रा काफ्लेको आँखामा ‘प्लस’ २४ ‘पावरवाला’ चश्मा छ । न्यून दृष्टियुक्त सावित्रालाई मेडिकलको भाषामा दृष्टिविहीन भनिन्छ ।
बिहान साढे ८ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ स्थित सावित्राको घर अगाडि उच्च अदालत पाटनको गाडी उनलाई लिन टुप्लुक्क आइपुग्छ । शाखा अधिकृत सावित्रा त्यहीँ कार्यालयको गाडीमा चढेर कार्यालय जान्छिन् ।
शाखा अधिकृत सावित्राका पति नविन मैनाली पनि ‘अफिसर’ नै हुन् । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र काठमाडौंका शाखा अधिकृत मैनाली बाबुनानीलाई स्कूल पठाएर कार्यालयतर्फ लाग्छन् । मैनाली पनि ‘लो भिजन’ अर्थात दृष्टिविहीन नै हुन् । ३५ वर्षीया काफ्ले उच्च अदालतको निवेदन प्रतिवेदन शाखामा कार्यरत छिन् भने मैनालीले अनुसन्धान केन्द्रको आन्तरिक प्रशासन शाखा सम्हालेका छन् ।
सम्भवतः निजामती सेवाको उच्च ओहोदा (अफिसर) तहमा पुग्ने अपाङ्गताको यो पहिलो जोडी हो । गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाकी सावित्रा र पाँचथरको हिलिहाङ गाउँपालिका–५ का मैनालीले निजामती सेवामा प्रवेश गरेपछि दाम्पत्य जीवन शुरू गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्दा भेट भएका उनीहरूले लोक सेवा उत्तीर्णपछि २०६८ सालमा लगनगाँठो कसेका थिए । कुनै बेला समाजमा हेयको दृष्टिले हेरिएका सावित्रा र नविन लोक सेवामार्फत अफिसर तहमा पुगेर सावित्रा–नविनको जोडी उदाहरणीय बनेको छ । सेवामा दुवै परिपक्व छन् ।
‘अपाङ्गता भएकाहरू हरेक कुरामा सक्षम छन्,’ सावित्रा भन्छिन्, ‘कुनै पनि ओहोदामा पुग्न मेहनत र इच्छाशक्ति पहिलो शर्त हो ।’ गुल्मीको साविक हर्दिनेटामा जन्मिएकी सावित्रा ९ दिदीबहिनी मध्येकी छैठौं (ठाइली) हुन् । अन्य सबै दिदीबहिनीको दृष्टि राम्रो हुँदा उनी जन्मजात नै कमजोर भएर जन्मिइन् । गाउँकै स्कूलमा पढ्न थालिन् तर शिक्षकले कालोपार्टीमा अगाडि लेखेका अक्षर उनका आँखाले ठम्याउन्नथ्यो ।
दिदीबहिनीको मेहनत र सहयोगले काफ्लेले पढिन् । विक्रम संवत् २०५९ सालमा हर्दिनेटा मावि मैनडाँडाबाट तत्कालीन एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेर उच्च शिक्षाको लागि काठमाडौंतिर लागिन् उनी ।
सावित्राकी दिदी लक्ष्मी काठमाडौं बस्ने भएकाले उनको साहार दिदी थिइन् । प्रगतिका लागि पढाइ नै सर्वस्व बुझिसकेकी उनले क्याम्पस पढ्दै गर्दा लोक सेवा पढेर सरकारी सेवामा लाग्नुपर्छ भन्ने साथीहरूले भनेको सुनिन् । त्यतिबेलासम्म उनलाई लोक सेवा के हो भन्नेसम्म पनि थाहा थिएन ।
पढाइसँगै उनले विक्रम संवत् २०६६ सालमा खरिदारको आवेदन भरेर परीक्षा दिए पनि सफल हुन सकिनन् । तयारीका लागि किनेका लोक सेवाका पुस्तकहरूका अक्षर उनका आँखाले देख्दैन्थे । साना अक्षर हुँदा पढ्न सक्दैन्थिन् । रेकर्ड गराएर सुन्थिन् । सुनेका कुराहरू उनले भुल्दैन्थिन् । त्यसपछि उनले लोक सेवा बुझाइसँगै पढाइलाई निखार्दै लगिन् ।
२०६८ सालमा खरिदारमा नाम निकालिन् । ‘आँखाले पढ्न सक्दैन्थ्यो, रेकर्ड गरेर राख्थें, त्यही सुन्दै पढ्थें,’ सावित्रा भन्छिन्, ‘अफिसरले मात्रै निजामतीको धित मरेको छैन । अब उपसचिव हुने धोको छ ।’
लोक सेवा पास भएपछि उनको पहिलो पदस्थापन रसुवाको जिल्ला हुलाक कार्यालयमा भयो । त्यहाँ ६ महिना काम गरेर ईलाका हुलाक कार्यालय बेत्रावती काज सरुवा भइन् । २०६९ सालमा नायव सुब्बा (नासु) मा नाम निकालिन् । समावेशी (अपाङ्गता) कोटामा नाम निकालेर उनले काभ्रे जिल्ला अदालतमा सेवा शुरू गरिन् । २ वर्ष त्यहाँ काम गर्दैगर्दा उनी गर्भवती भइन् । त्यसछि उनी सरुवा लिएर काठमाडौं जिल्ला अदालत आइन् । सावित्राका २ जुम्ल्याहा छोराछोरी छन् ।
‘हामी अपाङ्गता भए पनि ‘ट्वीन्स’ छोराछोरी जन्मिए, उनीहरू स्वस्थ छन् । उनीहरूका आँखा कमजोर छैनन्, यसैमा धेरै खुशी छौं,’ नविनले भने ।
उनीहरू लोक सेवामा प्रवेश गर्नुअघि निजामती सेवामा आरक्षणको व्यवस्था गरिएको थियो । राज्यका हरेक निकायमा सबै क्षेत्रको प्रतिनिधित्व गराउन व्यवस्था गरिएको समावेशीकरणले अपाङ्गता भएकाहरू पनि हरेक क्षेत्रमा पुगेका छन् । ‘आरक्षणको व्यवस्था नभएको भए हामीजस्ता कैयौ नेपालीहरू क्षमता हुँदाहुँदै पनि पछाडि परिन्थ्यो,’ सावित्रा भन्छिन्, ‘यो व्यवस्थाका कारण हामीहरूलाई पनि प्रवेश गर्न सहज भयो । अपाङ्गता भएका दृष्टिविहीनहरू पनि निजामती सेवा, शिक्षक सेवा लगायतबाट सरकारी तहमा पुग्ने संख्या बढेको छ ।’
पछिल्ला वर्षमा सामान्य समस्या भएकाहरूले पनि अपाङ्गताको परिचयपत्र बनाएर कोटा नै दुरुपयोग गरेको यो दम्पतीको गुनासो छ । ‘आरक्षण कोटाका नाममा सामान्य केही बिरामी भएकाहरूले पनि अपाङ्गताको कार्ड बनाएका छन्,’ सावित्रा भन्छिन्, ‘परिचयपत्र वितरण प्रणालीमा सुधार आवश्यक छ । सामान्य घाइतेहरूले पनि अपाङ्गताबाट सरकारी सेवामा भिँड्दा वास्तविक व्यक्ति पछाडि पर्न थालेका छन् । जसले गर्दा प्रतिस्पर्धाको दायरा कठिन हुँदै गएको छ ।’
अपाङ्गता भएका व्यक्तिहरू सरकारी सेवामा प्रवेश गरे पनि सबै संरचनाहरू अपाङ्गतामैत्री नहुँदा समस्या छ । नियुक्ति लिएर गए पनि कार्यकक्षमा उपयुक्त काम नपाइने समस्या छ । सरकारी सेवा सेवाग्राहीसँग प्रत्यक्ष जोडिने सेवा हो । यो सेवामा नागरिकको नजिक रहेर उनीहरूको माग र आवश्यकताका आधारमा सेवा गर्नुपर्ने मैनाली बताउँछन् ।
अपाङ्गता भएका व्यक्तिको दायित्व बढी हुने तर विश्वास कम गर्ने आमप्रवृत्ति छ । सामान्यतया निजामती सेवामा कार्यरत कर्मचारी सबै पद शृंखला पार गर्दै उपल्लो तहमा पुगेका हुन्छन् । नेपाली समाजको चेतनामा अझै पनि परिवर्तन आउन सकेको छैन । ‘जुनसुकै क्षेत्रमा पनि फरक क्षमता भएकाहरूलाई संवेदनशील क्षेत्रको जिम्मेवारी दिन संकोच मान्ने गरेको देखिन्छ । त्यसैले जिम्मेवारीकै बीच कार्यसम्पादन गरी आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुपर्छ,’ शाखा अधिकृत काफ्ले भन्छिन् । यो जोडीका लागि निजामती सेवा बरदान जस्तै भएको छ । विपन्न र मध्यम वर्गीय परिवारबाट संघर्ष गरेर आउनेहरूका लागि आफ्नो योग्यता प्रमाणित गरी स्थायी पेशा अँगाल्न खोज्नेका लागि लोक सेवा सारथि रहेको काफ्ले बताउँछिन् ।
‘निजामती सेवामा अवसरसँगै चुनौती पनि उत्तिकै छन् । कर्मचारीले गर्ने हरेक काम सामूहिक मेहनत र उत्तरदायित्वका साथ गरेका हुन्छन्,’ उनी भन्छिन् ।
व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन् बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रूपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । ...
मुलुकको तेस्रो (कार्यकालका हिसाबले चौथो) राष्ट्रपति चयनका लागि अहिले बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान भइरहेको छ । चौथो कार्यकालका लागि भइरहेको चुनावमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट ...
२०७४ असोजमा सपरिवार रारा घुम्न आएका थिए, काभ्रेको पाँचखालका जयकृष्ण सापकोटा र माधव धिताल । कर्णाली राजमार्ग हुँदै रारा जाँदा फर्किंदा उनीहरू सुर्खेत बास बसे । त्यतिबेला सुर्खेत प्रदेशको राजधानी बन्ने क्रममै...
सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जि...
२०५०–०५१ आसपासमा अखिलको राजनीतिमा रूपन्देहीको सक्रिय नाम थियो गंगाप्रसाद ढकालको । भैरहवा बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आईए) पढ्दै गर्दा ढकाल क्याम्पसहरूमा जोशिलो, मिठो र विषयवस्तुको ज्ञान सहित...
बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विक्रम संवत् २०४० सालमा बागलुङको द...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...