×

NMB BANK
NIC ASIA

गृहमा रवि र रास्वपाको हट्यो अडान

गृहमन्त्रालयको अडानबाट रवि र रास्वपा दुवै ब्याक, अर्कै विकल्पमा सहमत !

माघ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ । 

Muktinath Bank

बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्त्रालय आफ्नो दललाई दिनुपर्ने भन्दै २ दिने अल्टिमेटम दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि दिनुपर्नेमा लबिङ गर्दै आएको रास्वपा यो अडानबाट पनि ब्याक भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुई दिने अल्टिमेटम दिएको भए पनि रास्वपाले गृहमन्त्रालयको दाबी छोडेको छ’, प्रधानमन्त्रीनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘गृहसँगै उनीहरूले गैरसांसद रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्ने अडान पनि छोडेका छन् ।’ 


Advertisment
Nabil box
Kumari

माओवादी स्रोतका अनुसार भौतिक पूर्वाधार वा अर्को कुनै मन्त्रालय लिनेगरी गरी रास्वपा नयाँ सहमति गर्न लगभग तयार भएको छ । ‘गृह मन्त्रालय नपाउँदा सरकार छोड्दाको हानिनोक्सानी र आलोचना उनीहरूले नै धेरै बेहोर्नुपर्ने भएपछि उनीरूले गृह र रविको दुवै दाबी छोड्ने मनस्थिति बनाएका हुन्’, माओवादी स्रोत भन्छ, ‘पार्टी बैठकमा पनि तत्काल गृहमन्त्रालय नपाउँदा सरकार छोड्ने निर्णयले पार्टीको निर्णय हचुवा र आलोकाँचो हुने दबाबपछि उनीहरू नरम बनेका हुन सक्छन् ।’ 

Vianet communication
Laxmi Bank

माओवादीको बैठकबाट बाहिरिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘अहिले मेरो कुरा हुँदैछ, समस्याको समाधान हुन्छ’ भन्दै बाहिरिएका थिए । प्रचण्ड शनिबार माओवादी बैठकपछि बाहिरिएपछि साँझ रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । 

यो भेटमा पनि प्रचण्डले गृहमा अडान नलिँदा अवस्था सहज हुने भन्दै विकल्प सोच्न सुझाएको बालुवाटार स्रोतको दाबी छ । प्रचण्डको भनाइमा रविले विकल्पको निम्ति तयार रहेको जनाउ दिएको बुझिएको छ । 

‘अहिले साँझ पनि प्रधानन्त्रीसँग भेट्न लामिछाने बालुवाटार आउनुभएको थियो । उहाँले गृहमा व्यक्ति र पार्टीको अडान नलिनुस् यो मन्त्रालय तत्काल हामीसँग रहन्छ भन्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको अदालतको पूर्णपाठ, लामिछानेमाथि उठेका पासपोर्टसहित विषयको प्रश्न पनि बाँकी रहेको बताएपछि उहाँ विकल्को निम्ति तयार जस्तै देखिनुभएको छ ।’

४ मंसिरमा रास्वपा अध्यक्ष लामिछानेले प्रयोग गरेको नागरिकता नै सर्वोच्च अदालतले अमान्य कायम गरेपछि १३ माघमा उनको सांसद पद खारेज भएको थियो । सँगै गृहमन्त्री र पार्टी सभापति पद पनि खारेजीमा परेको थियो । तर १५ माघमा रवि पुनः नेपाली नागरिकता निकालेलगत्तै सोही दिन पार्टी सभापति बने ।

नागरिकता पाएकै दिनदेखि रविले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्रीसँग तीन पटक भेटेरै दबाब दिएका थिए । 

एमाले अध्यक्ष केपी ओलीलाई पनि पटकपटक भेट गरे । तर गृहमन्त्री बनाउन तयार नभएपछि बिहीबार उनले सामाजिक संजालमा लेख्दै सरकार छोड्नेसम्मको चेतावनी दिएका थिए । लगत्तै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर सरकारबाट फिर्ताको निर्णय गर्ने तयारी रविको थियो ।

तर अधिकांशले गृह नपाएर सरकार छोड्दा गलत सन्देश जाने बताएपछि रविले पार्टीलाई यो निर्णयमा अघि बढाउन सकेनन् । यसैले दुई दिनको समय दिएर उच्चस्तरीय राजीतिक संयन्त्रको बैठकको माग उनीहरूले गरेका थिए । उनीहरूको दिएको दुई दिनको अल्टिमेटम पनि शनिबार सकिएको छ ।

तर अल्टिमेटम नसकिँदैदेखि रास्वपा गृहको अडान छोडन तयार भएको हो । रास्वपाका प्रवक्ता मुकुल ढकालको सचिवालयले भने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेपछि एउटा टुंगोमा पुग्ने जानकारी दियो । 

‘पार्टी महामन्त्री एवं प्रवक्ता पार्टीको प्रदेशको संगठन विस्तारका क्रममा दुई दिनदेखि पोखरामा हुनुहुन्छ । तर उच्चस्तरीय संयन्त्रको बैठक बसेर एउटा टुंगोमा पुगेपछि मात्रै हामी एउटा निर्णयमा पुग्छौं’, प्रवक्ताका स्वकीय सचिव युवराज बानियाँले भने, ‘हाम्रो आन्तरिक बैठक पनि बसेको छैन । हामी उच्चस्तरीय समितिको निर्णय कुरिरहेका छौं । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ ।’

रविले पटकपटक दबाब बढाए पनि प्रधानमन्त्री प्रचण्डले कम्तीमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पर्खिन आग्रह गर्दै आएका छन् ।

तर सत्ता गठबन्धनमा गृह आफूहरूले लिने समझदारी बनेको भन्दै जसरी पनि रास्वपाले लिनैपर्ने अडान उनीहरूको छ । २६ पुसमा कांग्रेसले विश्वासको मत दिएपछि रविको पार्टी सरकारबाट बाहिरिए पनि प्रचण्डलाई कुनै तनाव नहुने अवस्था छ ।

यसैले ओली र रविको दबाबका बीच प्रचण्डले गृह रविलाई दिँदै नदिने र पार्टीलाई नदिने मनस्थिति बनाएका छन् । प्रधानमन्त्रीमन्त्रीबाहेक अर्को प्रभावशाली मन्त्रालय नलिएको भन्दै माओवादीभित्रै प्रधानमन्त्रीमाथि दबाब बढेको छ। यसैले रविको विवादपछि गृह कुनै हालतमा नछोड्न दबाब परेको छ ।

राष्ट्रपति चुनावले अप्ठ्यारो

गृह नपाउँदाको झोँकमा रास्वपा सरकारबाट तत्काल बाहिरिँदा सत्ता गठबन्धनमै समस्या आउने भएपछि रास्वपालाई एमाले अध्यक्ष केपी ओलीले नै तत्काल राजीनामा नदिन आग्रह गर्दै आएका छन् ।

बिहीबार पनि प्रधानमन्त्री र ओलीकै आग्रहमा आफूहरू दुई दिन पर्खन तयार रहेको जानकारी रास्वपाका प्रवक्ता मुकुल ढकालले दिएका थिए । दुवै नेताको सन्देश एउटा आएपछि आफूहरूले दुई दिनको समय लिएको दाबी उनको थियो । तर गृह नपाए पनि सरकारबाट फिर्ता नहुन एमाले अध्यक्ष ओलीले नै रास्वपालाई तयार पारेको दाबी माओवादी स्रोतको छ । 

‘विवादितलाई गृहमन्त्री नबनाउँदा सरकार छोडेको सन्देश पनि जाने र गठबन्धनमा पनि असर पर्ने गरी कदम नचाल्न ओलीजीले नै रास्वपालाई तयार पार्नुभएको बुझेका छौं’, माओवादी स्रोत भन्छ, ‘राष्ट्रपति चुनावको मुखमा आफूप्रति बढी उत्तरदायी हुने दललाई सहमतिमा लिन माओवादीले भन्दा एमाले अध्यक्षको बढी जोडबल देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x