×

NMB BANK
NIC ASIA

लापसे गरेर गाडी चलाउँछन् चालक

माघ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लागुऔषध सेवन (लापसे) गरेर पनि गाडी चलाउने चालक फेला परिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ उपत्यकामा स्कुल बसका चालकदेखि विद्यार्थीसमेत लापसे र मापसे गरेर गाडी चलाएको फेला परेपछि त्यसविरुद्ध काठमाडौँ प्रहरी आक्रामकरूपमा प्रस्तुत हुन थालेको छ । त्यसैले अहिले जाँच अभियानलाई तीव्रता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सोही अभियानका क्रममा आज काठमाडौँको ठमेललगायतका क्षेत्रमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त लैनचौरले संयुक्त जाँच अभियान सञ्चालन गरेको थियो ।

Vianet communication
Laxmi Bank

उक्त अभियानमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन जना चालक फेला परे । भट्टका अनुसार बागमती प्रदेश ०२–०२६प ८९६० नंको मोटरसाइकल चालक नुवाकोट घर भई नेपालटार बस्ने ३५ वर्षीय रवीन्द्र आचार्य, रा७प ९३१ नंको स्कुटर चालक सल्यान घर भई सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२–०१६प ०७७८ नंको मोटरसाइकल चालक इलाम घर भई बौद्ध बस्ने २६ वर्षीय विवेक प्रधानलाई पक्राउ गरिएको छ । 

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले लागुऔषधसमेत सेवन गरी सवारी चलाइएको पाइएपछि यसरी प्राविधिक टोलीसहित किटको प्रयोग गरी जाँच अभियान सञ्चालन गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । उनले यसरी मापसे वा लापसे गरेर सवारी चलाउँदा आफ्नोमात्रै नभई यात्रुको ज्यानसमेत जोखिम हुने हुँदा सचेत हुन चालकलाई अनुरोध गरे । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x