×

Nic Asia
Dabur
Prabhu Bank

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवास नगरले जित्यो

पर्वत | माघ २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सातौँ पर्वत महोत्सवअन्तर्गत गण्डकी प्रदेशका स्थानीय तहस्तरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि पर्वतको फलेवास नगरपालिकाले हात पारेको छ ।
 
आज भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो भने महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरकोे थियो ।
 
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा फलेवासले २५–१९ को अन्तरमा जित हात पारेको थियो । दोस्रो सेटमा भने महाशिला लयमा फर्किँदै २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । खेलको तेस्रो सेट पनि महाशिलाकै पक्षमा रह्यो । तेस्रो सेटमा महाशिलाले २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो । चौथो सेटमा भने अघिल्ला दुई सेटको नतिजा उल्ट्याउँदै फलेवासले महाशिलालाई पराजित ग¥यो । फलेवासले २७–२५ को अन्तरमा महाशिलालाई पराजित गर्न सक्यो ।

yONNEX
IME BANK INNEWS

दुवै समूहको दुई–दुई सेटको बराबरी कायम रहेको अवस्थामा पाँचौँ तथा अन्तिम सेट १५ अङ्क रहेको थियो । जसमा फलेवासले महाशिलालाई १५–१२ को अन्तरमा पराजित गरेको छ । खेलमा एउटा सहभागी हुने समूहले बढीमा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाउने नियम राखिएको थियो । यो नियमानुसार फलेवास नगरपालिकाले नेपाल पुलिस क्लबका दुई खेलाडी रविनचन्द ठकुरी र सफल विकलाई लिएर खेलेको थियो भने महाशिला गाउँपालिकाले सशस्त्र प्रहरीको एपिएफ क्लबका दुई खेलाडी विजय थापा र टेकराज अवस्थीलाई लिएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रतियोगितामा प्रथम भएको फलेवासले रु दुई लाख नगदसहिद मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको महाशिलाले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद रु ३०–३० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।रासस


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप २०७९’ आमन्त्रित म्याग्दी लिग फूटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ ।  मंगलवार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लब...

चैत ८, २०७९

दशरथ रंगशालामा भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ।  अनन्त तामाङले खेलको ३० ‍औं मिनेटमा गोल गरेका हुन्।  नेपालले अर्को खेल चैत...

चैत ८, २०७९

प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । राष्ट्रिय फूटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरे...

चैत ९, २०७९

सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रंगशालामा शुरू हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा &...

चैत ८, २०७९

ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु ...

चैत ८, २०७९

क्रिकेटको एकदिवसीय विश्व वरीयतामा नेपाल १५औं स्थानमा उक्लिएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिल आईसीसीले बुधवार जारी गरेको वरीयतामा ओमानलाई पछि पार्दै नेपालले १५औं स्थान पक्का गरेको हो । यसअघ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x