×

NMB BANK
NIC ASIA

अमेरिकी आकाशमा चिनियाँ बलून

बलूनले निम्त्याएको तनाव: अमेरिका-चीन सम्बन्ध सुधारको प्रयासमा लागेकै हो 'ब्रेक' ?

माघ २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका र चीनबीच लामो समयदेखि तनावग्रस्त रहेको सम्बन्धलाई थप बिगार्ने एउटा प्रकरण सार्वजनिक भएको छ । 

Muktinath Bank

गत जनवरी महिनाको अन्त्यतिर चीनको एक विशाल हेलियम बलून अमेरिकी आकाशमा आइपुगेको थियो । शनिवार (४ फेब्रुअरीमा) त्यसलाई अमेरिकी वायुसेनाका जहाजहरूले आन्ध्र महासागरमा खसाइदिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त चिनियाँ बलूनले अमेरिकाका संवेदनशील क्षेत्रको जासूसी गरी सूचना संकलन गरेकोमा आफूहरू विश्वस्त रहेको अमेरिकी अधिकारीहरू बताउँछन् भनी सञ्चारमाध्यमले खबर दिएका छन् । 


Advertisment
Nabil box
Kumari

मोन्टाना राज्यका सिनेटर स्टिभ डेइन्सले आफ्नो राज्यको माल्मस्ट्रोम एयरफोर्स बेसमा राखिएका अमेरिकाका १५० वटा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र माइन्युटम्यान तेस्रो भएको ठाउँमै चिनियाँ बलून आइपुग्दा आणविक हतियारको सुरक्षाका विषयमा चिन्ता लागेको बताए । त्यस्तै अमेरिकी वायुसेनाका सेवानिवृत्त कर्नेल सेड्रिक लेटनले उक्त बलूनबाट ब्यालिस्टिक क्षेप्यास्त्र स्थलको मात्र नभई नर्थ र साउथ डकोटामा रहेका स्ट्राटेजिक बम्बर विमानहरू राखिएको सैन्य अखडामा पनि जासूसी गरिएको हुन सक्ने आशंका सीएनएनसमक्ष गरेका छन् । 

Vianet communication
Laxmi Bank

यही घटनालाई आधार बनाउँदै अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले शनिवार हुन लागेको बेइजिङ भ्रमण पनि रद्द गरेका छन् । उनले चीनको केन्द्रीय परराष्ट्र मामिला कार्यालयका निर्देशक वाङ यीसँग फोनमा कुरा गर्दै चीनले बलून पठाएर गैरजिम्मेवार काम गरेको र अमेरिकाको सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन गरेको बताए । 

चीनले चाहिँ उक्त बलून मौसमको सूचना संकलन गर्नका लागि बनाइएको गैरसैन्य डिभाइस भएको बताएको छ । पश्चिमबाट पूर्वतर्फ बहने वायुका (वेस्टर्ली) कारण बलून आफ्नो तय दिशाबाट भड्किएर अमेरिकी आकाशमा पुगेको चीनको भनाइ छ । अमेरिकाले चीनविरुद्ध डर र घृणाको माहौल बनाउनका लागि बलूनका विषयमा अनावश्यक होहल्ला गरेको आरोप चिनियाँ अधिकारीहरूले लगाएका छन् । 

उक्त बलूनलाई खसाउनका लागि अमेरिकाले जंगी जहाज नै उपयोग गर्नु अतिशय कदम भएको तथा यो अन्तर्राष्ट्रिय अभ्यासको उल्लंघन समेत भएको चीनको आरोप छ । अनि ब्लिन्केनले भ्रमण रद्द गर्नुको कुनै अर्थ नरहेको किनकि उनी बेइजिङ आउने विषयमा चीन र अमेरिकाले पूर्वघोषणा नै नगरेको चिनियाँहरू बताउँछन् । 

अहिले खसाइएको यो बलूनबाहेक यस्तै प्रकृतिका अन्य दुईतीनवटा बलूनहरू पनि दक्षिण अमेरिकाका आकाशमा उडिरहेको अमेरिकीहरूको दाबी छ । ती बलूनमार्फत चीनले गोप्य सूचना संकलन गरिरहेको उनीहरूको दाबी  छ । 

पेन्टागन स्वयंले पनि बलूनमा भएको पेलोडले चीनलाई खासै निगरानीको अवसर नदिने बरू त्यसको साटो चीनले जासूसी भूउपग्रहबाट नै सूचना संकलन गर्न सक्ने स्वीकार गरेको छ । अनि बलूनले कुनै गम्भीर भौतिक वा सूचनाजन्य जोखिम पनि नतेर्स्याएको उसको भनाइ छ ।

तर यहाँ एउटा प्रश्न उठ्छ । चीनसँग शक्तिशाली भूउपग्रह, रेडार र गोप्य रूपमा उड्ने ड्रोनहरू हुँदाहुँदै सूचना संकलन गर्नका लागि सबैले देख्ने विशालकाय बलून किन प्रयोग गर्नुपर्‍यो र ? अझ, त्यस्तो बलूनबाट ठोस सूचना संकलन गर्न सम्भव नरहेको अमेरिकाको प्रख्यात थिंकट्यांक सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजका वरिष्ठ उपाध्यक्ष जेम्स एन्ड्रु लिविस लेख्छन् । 

बलूनबाट रेडियो ट्रान्समिसनको कुनै संकेत नपाइएकाले त्यसले सूचना संकलन गरी चीनको सैन्य अखडामा प्रवाह गरेको प्रमाण नभेटिने उनको भनाइ छ । सूचना प्रवाह गर्न नसक्ने बलूनका लागि चीनले किन यति धेरै रकम खर्च गर्छ होला त ?

पेन्टागन स्वयंले पनि बलूनमा भएको पेलोडले चीनलाई खासै निगरानीको अवसर नदिने बरू त्यसको साटो चीनले जासूसी भूउपग्रहबाट नै सूचना संकलन गर्न सक्ने स्वीकार गरेको छ । अनि बलूनले कुनै गम्भीर भौतिक वा सूचनाजन्य जोखिम पनि नतेर्स्याएको उसको भनाइ छ ।

त्यसो त अमेरिकी सेनालाई चिनियाँ बलून अमेरिकी आकाशमा उडिरहेको बारेमा धेरै अघिबाट सूचना थियो भनी सीएनएनका कृभिन लिप्टाक, फिल म्याटिङ्ली, नताशा बर्नार्ड, पिट मुन्टियन र ओरेन लीबरम्यान लेख्छन् । 

उनीहरूका अनुसार, सेनाले राष्ट्रपति जो बाइडनलाई यसका बारेमा पहिल्यै बताएको थियो । बाइडनले यसलाई खसाउनका लागि निर्देशन दिएका पनि थिए । 

तर मानव बसोबास भएको ठाउँमा त्यसलाई खसाउँदा धनजनको क्षति हुन सक्ने भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले बाइडनलाई त्यसो नगर्न सुझाव दिएका थिए । बलून जलक्षेत्रमा पुगेपछि त्यसलाई खसाउन ठीक हुने उनीहरूले बताए र पछि त्यसै गरियो । 

त्यसो त यस्तै किसिमका चिनियाँ बलूनहरू पहिले पनि अमेरिकी आकाशमा पुग्ने गरेका थिए । डोनल्ड ट्रम्प राष्ट्रपति हुँदा पनि दुईपटक चिनियाँ बलून अमेरिकी आकाशमा देखिएको खबर पनि आएका छन् । 

तर यसपटक चाहिँ अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ बलूनको उपस्थितिका विषयमा घोषणा गरेर हल्लाखल्ला मच्चिने अवसर दियो । माथि उल्लेख गरिएको सीएनएनको रिपोर्टमा बलूनको जानकारी बाइडन प्रशासनका केही अधिकारीबाहेक अन्यलाई थिएन भनिएको छ । तर मानिसहरूले आकाशमा बलून देखेपछि रक्षा मन्त्रालयले यसका विषयमा बताउनुपरेको त्यसमा उल्लेख छ ।  

अनि ठ्याक्कै परराष्ट्रमन्त्री ब्लिन्केन चीन जान लागेको बेलामा बलूनका विषयमा कुरा उठ्नु कुनै संयोग मात्र नहुन सक्छ । गत नोभेम्बर महिनामा बाइडन र चीनका राष्ट्रपति सी चिनपिङबीच इन्डोनेसियामा भएको कुराकानीपछि दुई देशको सम्बन्धमा सकारात्मक प्रगतिको ढोका खोल्न ब्लिन्केनले बेइजिङ भ्रमण गर्न लागेका थिए । 

उक्त भ्रमणमा ब्लिन्केनले आफ्ना समकक्षी छिन काङलाई मात्र नभई राष्ट्रपति सीलाई समेत भेट्ने सम्भावना रहेको बताइएको थियो । सीले यसरी अमेरिकाका परराष्ट्रमन्त्रीलाई एक्लाएक्लै नभेटेको वर्षौं भइसकेको थियो र यस भेटमार्फत सीले आफू अमेरिकासँग सम्बन्ध सुधारका लागि तत्पर रहेको सन्देश दिन खोजेको पनि बताइएको थियो ।

यस्तो महत्त्वपूर्ण भेटघाटअघि अमेरिकी आकाशमा बलून पठाएर चीनले अमेरिकासँगको द्वन्द्वलाई मत्थर बनाउने प्रयासमा आफैं कुठाराघात गरेको कतिपय अमेरिकी टिप्पणीकारहरू बताउँछन् । यस्तो घटना सार्वजनिक भएपछि ब्लिन्केनलाई बेइजिङ जान साँच्चिकै निकै कठिनाइको स्थिति थियो । 

माथि चर्चा गरिएबमोजिम पेन्टागन स्वयंले चिनियाँ बलूनबाट अमेरिकालाई खासै जोखिम नरहेको स्वीकार गरेकोमा ऊ त्यसको उपस्थितिको घोषणा गर्न बाध्य भयो । त्यस घोषणापछि मच्चिएको हल्लीखल्लीका कारण ब्लिन्केनले चीन भ्रमण रद्द गर्न बाध्य हुनुपर्‍यो । 

यसबाट के संकेत पाइन्छ ? अमेरिकी संस्थापनमै चीनलाई हेर्ने दृष्टिकोणका विषयमा मतभेद रहेको अमेरिकी भूराजनीतिक विश्लेषक ब्रान्डन जे वेचार्टको तर्क छ । उनको भनाइलाई आधार मान्ने हो भने बाइडन प्रशासनको एक खेमाले अमेरिका र चीनबीच न्यानो सम्बन्ध बन्न खोजेकोमा त्यसलाई तुहाउन कोशिश गरेको हुन सक्ने विषयलाई नकार्न मिल्दैन । 

यस घटनामा अर्को सम्भावनाको कोणलाई पनि विचार गर्न सकिन्छ । चीनले भने जस्तै यो बलून आफ्नो निर्धारित दिशाबाट भड्किएर अमेरिकी हवाईक्षेत्रमा प्रवेश गरेको हुन सक्छ । त्यस बलूनलाई अमेरिकीहरूले देखेपछि रक्षा मन्त्रालय पेन्टागनले पनि त्यसका विषयमा घोषणा गर्नुपर्ने बाध्यता अनुभव गरेको हुनुपर्ने कुरा माथि पनि चर्चा गरिएको छ । 

यो बलून बाटो बिराएर अमेरिकी हवाईक्षेत्रमा आइपुगेको हो भन्ने हिम्मत बाइडन प्रशासनले राखेन किनकि त्यसो भन्दा उसले चीनको तुष्टीकरण गर्न खोजेको निष्कर्ष निकालिने सम्भावना रहन्थ्यो । 

पेन्टागनको घोषणालगत्तै अमेरिकी सञ्चारमाध्यमहरूले चीनको गलत मनसाय रहेको भन्दै चीनका विरुद्ध घृणा फैलाउने राम्रो बहाना पाएका हुन सक्छन् । अनि यसैलाई आधार बनाई चीनका घोर विरोधी विपक्षी रिपब्लिकन पार्टीका नेताहरूले बाइडन प्रशासन चीनप्रति लचिलो बनेर अमेरिकालाई कमजोर बनाएको आरोप लगाउन पाए । 

त्यसपछि बाध्य भएर बाइडन प्रशासनले ब्लिन्केनको चीन भ्रमण स्थगित गर्नुपरेको हो । यसमा शिकागो विश्विद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा परराष्ट्रनीतिका प्राध्यापक पल पोस्ट नियोक्लासिकल रियालिजम सिद्धान्तले काम गरेको टिप्पणी गर्छन् । यो बलून बाटो बिराएर अमेरिकी हवाईक्षेत्रमा आइपुगेको हो भन्ने हिम्मत बाइडन प्रशासनले राखेन किनकि त्यसो भन्दा उसले चीनको तुष्टीकरण गर्न खोजेको निष्कर्ष निकालिने सम्भावना रहन्थ्यो । 

यहाँ एउटा हाइपोथेटिकल प्रश्न राखौं । चीनको साटो अमेरिकाको कुनै मित्रशक्तिले उक्त बलून अमेरिकी आकाशमा उडाएको भए अहिलेको जस्तै प्रतिक्रिया आउँथ्यो होला ? शायद आउँदैनथियो ।

तर अहिले अमेरिकामा चीनविरोधी माहौल व्याप्त रहेकाले बाइडन प्रशासनले कठोर प्रतिक्रिया जनाउनैपर्ने भएको हो । मौसमको सूचना संकलन गर्ने सामान्य बलूनलाई झार्नका लागि अमेरिकाले पाँचवटा जंगी विमान उपयोग गरी आफू नै असली महाशक्ति हो भनी संसारलाई देखायो । बलूनका विषयमा अनावश्यक होहल्ला भइसकेपछि बाइडन प्रशासनले जंगी विमान नपठाएको भए अमेरिकाको सार्वभौम क्षेत्रमा चीनको अतिक्रमणलाई समेत प्रतिकार गर्न नसक्ने कायरका रूपमा चित्रित गरिने जोखिम रहन्थ्यो । 

यसरी एउटा सामान्य रूपमा टुंगिन सक्ने प्रकरणलाई पनि बढाइचढाइ गरिएपछि अमेरिका र चीनबीच सुमधुर सम्बन्ध बनाउनका लागि थालिएको प्रयासलाई पछि धकेलिदिएको छ । चीन र अमेरिकालाई नजिकिन नदिनका लागि एउटा पक्ष सम्पूर्ण प्रयास गरिरहेको छ भन्ने संकेत यसबाट पाइन्छ । केही दिनअघि अमेरिकी वायुसेनाका जनरल माइकल ए मिनिहानले दुई वर्षभित्र अमेरिका र चीनबीच युद्ध हुने भनी भविष्यवाणी गरेको अनि त्यसबाट बाइडन प्रशासनले आफूलाई अलग्याएको घटनाले पनि त्यसैतर्फ संकेत गरेको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x