मंसिर ३, २०७९
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
माघ २६, २०७९
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनेका अनधिकृत भौतिक संरचनाहरू भत्काएपछि असरल्ल छाडिएको करिब ४ महिना बितिसकेको छ ।
भत्काइएका संरचनाको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुपझैं देखिन थालेका छन् ।
महानगरपालिकाले वीर अस्पताल, काठमाडौं मल, नयाँ बानेश्वर लगायतका क्षेत्रमा नक्साविपरीत बनेका अनधिकृत संरचनामा डोजर चलाएर भत्काएको थियो । भत्काइएका क्षेत्रको उचित व्यवस्थापन नहुँदा शहर अव्यवस्थित र कुरूप देखिएको छ ।
पैदलयात्री हिँड्नुपर्ने सडकपेटीमा भत्काएर छरपष्ट इँटाका टुक्रा र फलामका छड यत्तिकै छन् । जसका कारणले हिँड्न निकै अप्ठ्यारो भइरहेको छ ।
कर्मचारी सञ्चय कोषको सुन्धारा भवन (जुन काठमाडौं मल नामले प्रचलित छ) को बाहिरी भाग काठमाडौं महानगरले भत्काएको महिनौं बितिसकेको छ ।
तर, न यसलाई बनाउन सञ्चय कोषले तदारुकता दिएको छ, न त महानगरले नै छिटो बनाउन ताकेता गरेको छ । त्यस भवनबारे बुझ्दै जाँदा कर्मचारी संचय कोषका कायममुकायम मुख्य प्रबन्धक एवं प्रवक्ता दामोदरप्रसाद सुवेदीले भने, ‘धरहरा बन्ने क्रममा कर्मचारी सञ्चय कोषको केही भूभाग धरहरालाई दिनुपर्ने र सोबापत हुलाकको जग्गा हाम्रो संस्थाले प्राप्त गर्नुपर्ने हुँदा केही समस्या भएको हो । जग्गा आदानप्रदान गर्दा हामीले काठमाडौं मलसहितको नयाँ नक्सा बनाउनुपरेको छ । नयाँ नक्सा पास गर्न भनेर महानगरपालिकामा निवेदन पेश गरिसकेका छौं । दर्ता प्रक्रिया पनि सबै भइसकेको छ, तर महानगरपालिकाबाट त्यसपछिको प्रक्रियामा कुनै प्रतिक्रिया नआउँदा काम शुरू गर्न नसकेका हौं । उताबाट नक्सा स्वीकृत भएर आउनासाथ हामीले मर्मत सम्भारको काम शुरू गरिहाल्नेछौं ।’
लोकान्तरसँगको कुराकानीमा उनले थपे, ‘होइन भने हामी आफ्नै किसिमले मर्मत सम्भार गरौंला, फेरि महानगरपालिकाले आएर भत्काइदेला, यो त राम्रो हुँदैन नि ।’
वीर अस्पताल भवनको अवस्था बुझ्न जाँदा उपसचिव एवं प्रवक्ता सागर मिश्रले महानगरले भत्काएको क्षेत्र आगामी बजेटमार्फत स्रोत सुनिश्चित गरेर मात्र बनाइने जानकारी दिए ।
‘भत्काइएको क्षेत्रमा मेडिकल पसलहरू अव्यवस्थित थियो तर हाम्रो नक्सामा बगैंचा रहेछ । त्यतिबेला भवन निर्माण गर्ने क्रममा सोचिएनछ, तर महानगरपालिकाले अनधिकृत संरचना भत्काउने अभियान चलाइरहँदा आएर भत्काइहाल्नुभयो । अब हामी त्यो आफैं बनाउँछौं । त्यहाँ नक्सामा जे छ, त्यही बनाउँछौं । त्यहाँ कम्पाउन्ड लगाउने काम गर्छाैं । सोहीअन्तर्गत भत्काइएको क्षेत्रमा आगामी बजेटमार्फत स्रोत सुनिश्चित गरेर निर्माण कार्य अगाडि बढाउँछौं,’ प्रवक्ता मिश्रले लोकान्तरसँग भने ।
हेर्नुहोस्, भिडियो :
थप तस्वीरहरू :
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
पुल्चोकको मन्त्री क्वार्टरबाट थोरै अघि बढ्दा पुगिन्छ, हरिहर भवन । यो भवन भत्किएको छ । भवनमा झार उम्रिएको छ । कलात्मक संरचना जीर्ण बनेको छ । ७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको भवन अहिलेसम्म बे...
भक्तपुरको सल्लाघारीमा मिर्गौैला पीडितलाई भेट्न पुग्दा उनी घरबाहिर सडकमा हामीलाई लिन कुरेर बसिरहेका थिए । उनको अनुहार सुन्निएको, कम्मरभन्दा मुनिको भाग सुकेको, घाँटीको नशा फुलेको देखिन्थ्यो । शुरूमै यस्तो का...
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ । महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गर...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ । अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा ...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...