जेठ २४, २०८०
काठमाडौंको ठमेलमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका ७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा...
माघ २६, २०७९
रामेछापका रवि (नाम परिवर्तन) काठमाडौं बस्दै आएका छन् । कोटेश्वरमा उनको सामान्य जागिर छ । यहाँको कमाइबाट सन्तुष्ट हुन नसकेर उनी वैदेशिक रोजगारीमा जाने सोचमा रहेको धेरै भयो ।
फेसबूक चलाउने क्रममा रविले ‘युरोपमा रोजगारीको अवसर’ भन्ने विज्ञापन देखे । त्यही विज्ञापनलाई फलो गर्ने क्रममा उनले फेसबूक म्यासेन्जरबाट ‘आसिस जीआरजी’ नामको प्रोफाइल रहेका व्यक्तिसँग कुराकानी गरे ।
ती व्यक्तिले ‘टेकमान सर’ भन्ने व्यक्तिलाई भेटेर नागरिकतालगायतका कागजात दिनुपर्ने बताए ।
उनको कुराका आधारमा ९८१०.....१६ नम्बरको फोनमा सम्पर्क गरेर टेकमान नाम गरेका व्यक्तिसँग २०७८ चैत १ गते स्वयम्भूको एउटा होटलमा भेटघाट गरे ।
टेकमानले रविलाई बैंकमा ५ लाख रुपैयाँको कारोबार देखाउनुपर्ने बताए । त्यसका लागि थप ४ वटा नागरिकताको फोटोकपी पनि आवश्यक पर्ने बताए । रविले टेकमानको भनाइलाई स्वीकार्दै आफ्ना अलावा आमा, मामा, मामाघरको हजुरबुवा, हजुरआमाको नागरिकताको फोटोकपी बुझाए ।
रवि युरोप जाने सपना बुनिरहेका थिए । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने भएकाले उनले बैंक खातामा २ लाख ९९ हजार ५८१ रुपैयाँ सुरक्षित राखेका थिए ।
२०७८ चैत ३० गते उनको मोबाइल न. ९८२३......४ को सिम चलेन । सिम नचलेपछि उनी अर्को दिन एनसेल कम्पनीको कार्यालयमा गएर आफ्नो सिम नचलेको जानकारी दिए ।
कर्मचारीहरूले ‘अहिले सिममा समस्या देखिएको छ’ भन्दै त्यही नम्बरको अर्को सिम दिएर पठाए । २०७९ वैशाख १ दिउँसोदेखि फेरि उनको सिममा समस्या देखियो ।
उनले दिक्क लागेर त्यो सिम नचलाउने निर्णय गरे । त्यत्तिकै फालिदिए ।
पैसा आवश्यक परेपछि बैंकमा जाँदा उनको खाता रित्तो थियो । उनी झसंग भए । बैंकमा ‘स्टेटमेन्ट’ हेर्दा २०७९ वैशाख २ र ३ गते उनको खातामा रहेको २ लाख ९९ हजार ५३६ रुपैयाँ झिकिएको थाहा भयो ।
त्यसपछि उनले बैंकमा सोधीखोजी गर्दा मोबाइल बैंकिङमार्फत झिकेको भन्ने जवाफ आयो । बैंकमा केही नलागेपछि उनी त्यहाँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा उजुरी दिन पुगे ।
प्रहरीको अनुसन्धानमा नागरिकताको फोटोकपी दुरुपयोग गरी सिम निकालेको र त्यही नम्बरबाट डिजिटल वालेटमा एक्सेस गरेर बैंक खातामा रहेको पैसा ठगी गर्ने गरेको खुल्यो ।
उनको खातामा रहेको पैसा अर्कै बैंक खातामा ट्रान्सफर गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले बताए ।
‘उनीहरूले नक्कली नागरिकता बनाएर त्यसबाट सिम निकाली डिजिटल वालेटमार्फत ठगी गरेको देखिएको छ,’ एसएसपी डा. केसीले लोकान्तरसँग भने ।
****
काठमाडौंको तारकेश्वरका विकास (नाम परिवर्तन) ले विगत १७ वर्षदेखि ९८४१......१ नम्बरको मोबाइल चलाउँदै आएका छन् ।
घरजग्गाको कारोबार गर्दै आएका विकासको सिम २०७९ कात्तिक २८ गते दिउँसोदेखि एक्कासि चलेन । केही समस्या आएको हुनसक्ने अनुमान गरे ।
अर्को दिन नक्सालमा रहेको नेपाल टेलिकमको कार्यालयमा गएर त्यही नम्बरको सिम झिकेर घर फर्किए । नयाँ सिम चलाएसँगै उनको खातबाट २५ हजार र १३ हजार गरी दुईपटक रकम झिकेको एसएमएस आयो । उनले त्यसपछि नक्साल पुगेर बुझ्दा २८ गते दिउँसो सवा १ बजे अर्कै व्यक्तिले बबरमहलमा रहेको टेलिकमको कार्यालयबाट सिम झिकेको खुल्यो ।
विकासको सिम काठमाडौंको टोखा नगरपालिका– १३ घर भएका अनुपम खरेल (नागरिकता नम्बर ०२–६७–५५–०३४४४) ले निकालेको देखियो । विकासले टेलिकमबाट त्यो नागरिकताको फोटोकपी लिएर अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए ।
प्रहरीले गरेको अनुसन्धानमा नागरिकता नम्बर, व्यक्तिको नाम, व्यक्तिको फोटो, बुवाको नाम केही मिलेन । फोटोशपबाट फोटोकपी तोडमोड गरिएको पाइयो । पीडित विकासको वास्तविक नागरिकता पुरानो हस्तलिखित थियो, तर सिम निकाल्न प्रयोग गरिएको नागरिकता नयाँ डिजिटल प्रिन्टको पेश गरिएको पाइयो ।
ठगी गर्ने व्यक्तिले त्यो सिमबाट ‘डिजिटल वालेट’मा खाता खोलेर उनको बैंक खातामा पहुँच पुर्याई ठगी गरेको अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा देखिएको छ ।
****
पछिल्लो समयमा नागरिकताको दुरुपयोग गरेर ईसेवा, खल्ती, आईएमई पे लगायतका ‘पेमेन्ट गेटवे’मार्फत ठगी भइरहेको एसएसपी डा. मनोजकुमार केसीले बताए ।
‘अहिले पेमेन्ट गेटवेमार्फत ठगीका उजुरीहरू धेरै आइरहेका छन् । ओटीपी मागेर समेत ठगी भएका छन्,’ एसएसपी केसीले लोकान्तरसँग भने ।
उनका अनुसार एउटा व्यक्तिले धेरै सिम निकालेर प्रयोग गर्न पाउँदा त्यसले अपराध निम्त्याएको छ । सिम निकाल्ने प्रक्रिया सहज हुँदा अपराधीहरूले त्यसको दुरुपयोग गरिरहेका छन् ।
पछिल्लो समयमा मोबाइल नम्बरमार्फत कनेक्ट आईपीएस र बैंकका एपहरूमा पहुँच पुर्याएर ठगी भइरहेको एसएसपी केसीले बताए । सामाजिक सञ्जाल फेसबूक, टिकटक लगायतबाट पनि ठगी भइरहेको छ ।
अपराध अनुसन्धान कार्यालयको पछिल्लो तथ्यांक हेर्ने हो भने नागरिकताको दुरुपयोग गरेर पछिल्लो ६ महिनामा ‘वालेट’बाट ६४ जनाको ६८ लाख १९ हजार २५७ रुपैयाँ ठगी भएको छ । वान टाइम ट्रान्जेक्सन पिन (ओटीपी कोड)बाट ५२ जनाको ४० लाख २८ हजार ६२० रुपैयाँ ठगी भएको देखिएको छ । नागरिकताको दुरुपयोग गरेर सिम निकाली १७ लाख ९५ हजार रुपैयाँ ठगी भएको पाइएको एसएसपी केसीले बताए ।
यसैगरी सामाजिक सञ्जालहरूमा चिट्ठा परेको भनेर ५९ जनाबाट ९९ लाख ६३ हजार, सामान पार्सल गरिएको भनेर १६६ जनाबाट ६ करोड ४४ लाख ९८ हजार, मोबाइल, ल्यापटप, क्यामेरा सस्तोमा दिने बहानामा ८९ लाख ५१ हजार, फेसबूक आईडी ह्याक गरेर ४१ जनाबाट ११ लाख ८ हजार, अनलाइनमा रोजगारीको विज्ञापन राखेर २ करोड ७१ लाख ८३ हजार, वैदेशिक ठगीबाट १ करोड १७ लाख ८४ हजार, अनलाइनमार्फत लगानी गर्न आग्रह गर्दै ६३ जनाबाट ५२ लाख ६४ हजार, नेपाली गर्ल एपमार्फत २८ लाख ७ हजार, स्टक ट्रेडिङ नेपालबाट २ जनाको ५ लाख ९६ हजार र अन्य डिजिटल माध्यमबाट १ करोड ३९ लाख २ हजार रुपैयाँ गरी ६९८ जनाको १३ करोड ४२ लाख ३० हजार रुपैयाँ ठगी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय परिचय पत्रले डिजिटल अपराधलाई नियन्त्रण गर्छः जीतेन्द्र बस्नेत, प्रवक्ता गृह मन्त्रालय
सिम दुरुपयोग गरेर भएका डिजिटल आर्थिक अपराधका समस्याहरूको समाधान राष्ट्रिय परिचय पत्रले गर्ने गृहमन्त्रालयका प्रवक्ता सह–सचिव जीतेन्द्र बस्नेत दाबी गरे ।
‘डिजिटल अपराधलाई नियन्त्रण गर्नका लागि राष्ट्रिय परिचय पत्रको अवधारणा आएको हो । अहिले डिजिटल तथ्यांक र जैविक तथ्यांक संकलन भइरहेको छ । त्यसको काम सकिएपछि अपराध नियन्त्रणमा सहयोग पुग्छ,’ प्रवक्ता बस्नेतले लोकान्तरसँग भने ।
उनका अनुसार सरकारले आगामी दिनमा राष्ट्रिय परिचय पत्रमा भएको ‘बायोमेट्रिक’ तथ्यांकसँग कनेक्ट गरेर सिम वितरण गर्ने तयारी गरेको छ । त्यो प्रणाली आएपछि अपराधका घटनामा कमी आउने र ट्र्याकिङ गरी सहजै अपराधी पत्ता लगाउन सकिने उनले बताए ।
‘डिजिटल तथ्यांकहरू संकलनका लागि केही समय लाग्छ, त्यसपछि यस्ता समस्या सम्बोधन हुनेछ,’ सहसचिव बस्नेतले भने ।
गृह मन्त्रालयले गृहसुधार योजना बनाई डिजिटल अपराध नियन्त्रणका लागि प्रविधि भित्र्याएको दाबी गरेको छ । तर, त्यसको कार्यान्वयनको पाटो भने कमजोर छ ।
विभाग बनाएर नियमन गरिराखेका छौं– गुणाकर भट्ट, नेपाल राष्ट्र बैंक
डिजिटल वालेटलाई नियमन गर्न विभाग नै बनाएर सुक्ष्मरूपमा निगरानी गरिरहेको नेपाल राष्ट्र बैंकमा प्रवक्ता गुणाकर भट्टले दाबी गरे ।
‘राष्ट्र बैंकले छुट्टै विभाग बनाएर सुक्ष्मरूपमा निगरानी गरिरहेको छ,’ प्रवक्ता भट्टले लोकान्तरसँग भने ।
राष्ट्र बैंकले वालेट सेवा प्रदायकहरूलाई पनि समय–समयमा हुने अपराधका घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न निर्देशन समेत दिने गरेको प्रवक्ता भट्टको दाबी छ ।
राष्ट्र बैंकले ‘पेमेन्ट सिस्टम डिपार्टमेन्ट’ स्थापना गरेको र त्यसले यस्ता विषयलाई निगरानी गरिरहेको दाबी भट्टले गरे । तर प्रहरीको तथ्यांकले यस्ता अपराध घट्नुको साटो झन् बढेको देखाउँछ ।
प्रयोगकर्तामा चेतनाको कमीका कारण समस्या देखिएको भन्दै प्रवक्ता भट्ट यसबाट पन्छिन खोजे ।
‘ग्राहकहरूमा चेतनाको कमीले गर्दा पनि ठगी भएको देखिन्छ,’ भट्टले भने, ‘चेतनास्तर वृद्धि गर्नुपर्ने देखिन्छ ।’
वितरण प्रणालीमा समस्या देखिएको छ, समाधान गरिरहेका छौंः सोभन अधिकारी, प्रवक्ता, नेपाल टेलिकम
आमजनतालाई सर्वसुलभ बनाउनका लागि डिलर बनाएर सिम वितरण गर्दा केही समस्या देखिएको नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले स्वीकारे ।
पछिल्लो समय सिम प्रयोग गरेर अपराधका घटनाहरू बढेको देखिएपछि सिम निकाल्नका लागि सक्कल नागरिकता नै देखाउनुपर्ने व्यवस्था गरिएको उनले बताए ।
त्यही अनुसारको गाइडलाइन टेलिकमका कार्यालय तथा डिलरहरूलाई दिइएको उनको दाबी छ ।
अहिले टेलिकमको सिम निकाल्दा अनिवार्यरूपमा व्यक्ति उपस्थित हुनुपर्ने र अशक्त व्यक्तिको हकमा लिन आउने व्यक्ति र सिम निकाल्ने व्यक्तिको सक्कल नागरिकता तथा फोटोकपी आवश्यक पर्ने व्यवस्था लागू गरेको प्रवक्ता अधिकारीले बताए ।
‘हामीले अहिले नयाँ व्यवस्था लागू गरेका छौं । पछिल्लो समय सिमका कारण देखिएका अपराधलाई न्यूनीकरण गर्न त्यसले सहयोग गर्छ भन्ने अपेक्षा गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने, ‘आगामी दिनमा बायोमेट्रिक प्रणाली समेत लागू गर्ने तयारीमा छौं ।’
राष्ट्रिय परिचय पत्रको काम सकिएपछि त्यसबाट बायोमेट्रिक तथ्यांक लिएर सिम वितरण गर्दा समस्या नआउने उनको दाबी छ ।
काठमाडौंको ठमेलमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका ७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा...
भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्...
आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । जेठ १४ गते छोराको हत्या गरी फरार रहेका अ...
पतंजलि आयुर्वेदमा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । २०७९ साउन ५ गते पर्साको विन्दवासिनी गाउँपालिका–४ बस्ने २० वर्षीय अमन चौरसियालाई पतंजलि आयुर्वेद...
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० क...
स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् । उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...