×

NMB BANK
NIC ASIA

१० करोड बढी हेरिएका चार नेपाली गीत, कुन–कुन हुन् ?

माघ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘आज एक अविस्मरणीय दिन र एक निरन्तर यात्राको अर्को उपलब्धि । ‘पिरिम नलाउने’ गीतलाई १० करोड भन्दा बढी माया पाउँदा हामी एकदमै हर्षित र विनम्र छौँ । हजुरहरुको साथ, माया र हौसलाको आजीवन ऋणी रहने छौँ’ – आफ्नो गीतले युट्युबमा १ सय मिलियन प्लस भ्युज पाएपछि गायक आशिष गौतम (सचिन)ले बुधवार फेसबुकमार्फत खुशी साटे । 

Sagarmatha Cement
Muktinath Bank

गायक सचिन र गायिका मेलिना राईको स्वरमा चार वर्षअघि सार्वजनिक ‘पिरिम नलाउने’ले युट्युबमा १० करोड १ लाख बढी भ्युज पाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

दीपक शर्माको शब्द, संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको भिडियोमा गायक आशिष सचिन र अभिनेत्री वर्षा राउतको अभिनय एवं नृत्य छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका थिए । 

Vianet communication
Laxmi Bank

१० करोड प्लस भ्युज यसअघि अन्य तीन वटा नेपाली गीतले पाइसकेका थिए । 

जसमध्ये युट्युबमा सर्वाधिक भ्युज पाउने नेपाली गीत भने ‘कुटुमा कुटु’ हो ।

यो गीतले अहिलेसम्म १८ करोड ३५ लाख प्लस भ्युज पाउँदै सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड कायम गरेको हो । 

राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको यो चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गीत हो । राजनराज शिवाकोटीकै शब्द र संगीत रहेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् ।

उनका साथमा चलचित्रका मुख्य कलाकारहरू निश्चल बस्नेत, असिफ शाह र बुद्धि तामाङ पनि भिडियोमा प्रस्तुत छन् । सार्वजनिक भएको छोटो समयमै करोड भ्युज पाएको गीतको लोकप्रियता त्यसयताका दिनमा पनि निरन्तर उस्तै छ । गीत विवाह, पार्टी, पिकनिकमा सदाबहार रुपमा बज्ने गरेको छ ।

दोस्रो सर्वाधिक भ्युज पाउने नेपाली गीत भने गायिका टिका प्रसाईँको ‘माया लुकी लुकी’हो । 

‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको गीत चार वर्षअघि सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै गीतले निकै चर्चा पाएको थियो । आजसम्म पनि गीतको चर्चा उस्तै छ । यो गीतले अहिले १३ करोड ४२ लाख प्लस भ्युज पाइसकेको छ ।

आनन्द अधिकारीको शब्द रहेको यस गीतलाई आशिष अविरलले कम्पोज एवं एरेन्ज गरेका हुन् । ‘द कार्टुन क्रु’का सरोज अधिकारीको निर्देशन रहेको भिडियो गायिकाको अफिसियल ‘टिका प्रसाईँ’ युट्युब च्यानलमा हेर्न सकिन्छ । 

१० करोड बढी भ्युज पाएको अर्को नेपाली गीत हो, ‘साली मन पर्यो’ । निश्चित बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको यस गीतले हालसालै युट्युबमा १० करोड प्लस भ्युज प्राप्त गरेको हो । ‘घामड शेरे’ चलचित्रमा समावेश यस गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर छ । कालीप्रसादकै शब्द, रिकेश गुरुङको एरेन्ज रहेको यो गीत तीन वर्षअघि युट्युबमा सार्वजनिक गरिएको थियो । अहिले गीतको भ्युज १० करोड ४१ लाख पार भइसकेको छ । 

१० करोड भ्युज नजिक भने थुप्रै गीतहरू छन् । ‘फुलबुट्टे सारी’, ‘कसरी कसरी २’, ‘माया विरानी’, ‘गोजीमा दाम छैन’, ‘नाच फिरिरि’ लगायतका गीतहरुले लोभलाग्दो भ्युज पाएका छन् ।

लोकदोहोरीमा भने अहिलेसम्म सर्वाधिक भ्युज पाउने गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको ‘सालको पातको टपरी’ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x