×

NMB BANK
NIC ASIA

कलाकार विदेशिने अवस्था रोकिनुपर्छ : उपराष्ट्रपति पुन

फागुन ३, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औं भाग पूरा गरेको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अंग भइसकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीती, विकृति र विभेदहरूलाई उदांगो पारेर अग्रगामी र सभ्य समाज निर्माणका लागि जनमानसमा प्रमुख प्रेरक माध्यमका रूपमा चलचित्रले भूमिका खेल्दै आएका छन्,’ उनले भने । भाषा, संस्कार, संस्कृति, गीत, संगीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रले गरिरहेको जनाउँदै उनले देशभक्ति भावले ओतप्रोत बनाउन तथा राष्ट्रिय एकताको प्रवद्र्धन, भौगोलिक अखण्डताको रक्षामा चलचित्रले योगदान पुर्‍याउँदै आएको बताए ।


Advertisment
Nabil box
Kumari

नेपाली चलचित्र क्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको उल्लेख गर्दै उनले विशेषगरी हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताए । ‘समाजका विकृतिविरुद्ध प्रहार गर्दै सामाजिक रूपान्तरणको सन्देशसहित हास्य चेत मिसिएका यसप्रकारका चलचित्र आमनेपालीका लागि नियमित मनोञ्जनको प्रमुख माध्यम बनिरहेका छन्,’ उपराष्ट्रपति पुनले भने, ‘हास्य कलाकारको व्यंग्यकला मनोरञ्जन मात्रै नभई नीति निर्माण तहमा पनि प्रभाव पार्नसक्ने माध्यम बनेका छन् ।’

Vianet communication
Laxmi Bank

देशको राजनीतिक तथा सामाजिक रूपान्तरण, भाषा, संस्कृति, गीत, संगीत, साहित्यको संरक्षण, प्रवद्र्धनमा उच्चतम् योगदान दिने राष्ट्रका सम्पत्ति कलाकारलाई उचित सम्मान र पुरस्कृत गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भोलिका वरिष्ठ कलाकार, आजका प्रतिभावान् कलाकार जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यता रोक्न सरकार र सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा नेपालको पहिलो नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, लय संग्रौला लगायत कलाकार, गीतकार, निर्माता, निर्देशक, सञ्चारकर्मी, प्राविधिकलाई सम्मान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x