जेठ २६, २०८०
वीरगञ्ज नाकाबाट हुने धानको आयात ५३ प्रतिशतले वृद्धि भएको छ । तर चामलको भने २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट रू छ अर्ब १० करोड बराबरको दुई लाख ...
फागुन ८, २०७९
दुई वर्षअगाडि मात्रै यती एयरलाइन्सका ५ वटा जेटस्टीम खरिद गरेर सिम्रिक एयरलाइन्सलाई रिब्रान्डिङ गरी सञ्चालनमा आएको गुण एयरलाइन्स आर्थिक संकटमा फसेको छ ।
कर्मचारीलाई तलब समेत दिन नसकेको गुनासो आएको र त्यससम्बन्धमा अनुगमनपछि अनिश्चितकालका लागि उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिरकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आर्थिक संकटमा फसेको भन्ने सूचना, पाइलट तथा कर्मचारीलाई तलबभत्ता दिन नसकेकोसहितको गुनासोका आधारमा प्रधिकरणले पाएको थियो ।
त्यसपछि उक्त एयरलाइन्सको अवस्था मूल्यांकन गर्दै उडानमा रोक लगाइएको हो ।
‘एयरलाइन्सले जबसम्म कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउने र उड्डयन मापदण्डको प्रतिबद्धता पूरा गर्दैन तबसम्म यसको उडानमा लागेको रोक फुकुवा हुँदैन’, निरौलाले भने ।
गुण एयरलाइन्सले भने जहाज विदेशी कम्पनीलाई बिक्री गर्न आवश्यक मूल्यांकनका लागि गत मंगलवारदेखि नै जहाज ग्राउन्डेड गराएको बताएको छ ।
एक विदेशी कम्पनीले गुणका ५ वटै जेटस्टीम लिने तयारी गरेको थियो । त्यसका लागि आवश्यक मूल्यांकन गर्न र उडान आवर नबढाउन जहाज ग्राउन्डेड गरिएको गुण एयरको दाबी छ ।
गुण एयरलाइसका प्रवक्ता तथा वरिष्ठ बजार निर्देशक प्रज्ज्वल थापाका अनुसार दुईवटा बीचक्राफ्ट मेन्टेनेन्समा छन् । बाँकी ५ वटालाई बिक्री गर्ने र नयाँ जहाज ल्याउने उद्देश्यले उडान रोकिएको एयरलाइन्सको दाबी छ ।
अहिले प्राधिकरणले उडान रोकेको भन्ने कुरा साँचो नभएको उनले दाबी गरे । विदेशी कम्पनीले गर्ने मूल्यांकनको समय सकिएकाले अब एकदुई दिनमै उडान शुरू हुने उनको दाबी छ ।
गुण एयरलाइन्सले अहिले भएको जहाज बिक्री गर्ने र एटीआर वा अन्य कुनै कम्पनीको नेपाल सुहाउँदो र बजारको आवश्यकता अनुसारको जहाज ल्याउन खोजिएको जनाएको छ ।
घरजग्गा व्यवसायी राजेन्द्र शाक्यले चलाएको यो वायुसेवा ८ वर्ष अगाडि सिम्रिक एयरलाइन्सलाई बहुमत शेयर बिक्री गरेका थिए । पछि फेरि शाक्यले सिम्रिक एयर किनी गुण एयरलाइन्स बनाएका थिए ।
२ वटा जहाज मात्रै रहेका कम्पनीबाट फिर्ता ल्याउँदा भने शाक्यले यतीका ५ वटा जेटस्टीम खरिद गरेर ७ वटा जहाज बनाएका थिए । गुणले पछिल्लो समय एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको थियो ।
शाक्यले ८ वर्षपछि पुनः गुणकै ब्रान्डमा दुई वर्षअगाडि फिर्ता ल्याएर उडान सुरू गरेको भए पनि फेरि समस्यातर्फ धकेलिएको पाइएको छ ।
वीरगञ्ज नाकाबाट हुने धानको आयात ५३ प्रतिशतले वृद्धि भएको छ । तर चामलको भने २३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट रू छ अर्ब १० करोड बराबरको दुई लाख ...
एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औं मिडटर्म बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रवार राति मंगोलिया प्रस्थान गरेको छ । नेपाल निर्माण व्यवसायी महा...
नेपाल राष्ट्र बैंकले शनिवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...
नेपालकै सर्वोकृष्ट भोड्का रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५० औं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम राख्दै आएको थियो । रुस्लानले आफ्नो ५ दशक...
ग्लोबल आइएमई बैंकका ग्राहकले लुम्बिनी केबलकारको टिकट खरिदमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक ग...
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीमा लगाइएको दुई प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्रावार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीनवटै महासंघ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...