×

NMB BANK
NIC ASIA

राष्ट्रपति निर्वाचन

प्रचण्डसँग भेटपछि कांग्रेस उत्साही, माधव नेपाललाई पनि विश्वासमा लिने प्रयास

फागुन ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति चुनावका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सकारात्मक संकेत मिलेको भन्दै नेपाली कांग्रेस उत्साहित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आफ्नै कारण पुरानो सत्ता गठबन्धन भत्किएलगत्तैदेखि माओवादीसँग पुनः सम्बन्ध गाँस्ने गरी कांग्रेस अगाडि बढेको थियो । यसै प्रयासस्वरूप कांग्रेसले राष्ट्रपति चुनावको परिणाम आफ्नो पक्षमा पार्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक वार्ता नै गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार भएको यो वार्ता सकारात्मक भएको निष्कर्षसहित कांग्रेस उत्साहित बनेको हो । राष्ट्रपति चुनावमा निर्णायक मत लिएर बसेको माओवादी सकारात्मक हुँदा नतिजा आफ्नो पक्षमा पर्नेमा कांग्रेस ढुक्क देखिएको छ ।


Advertisment
Nabil box
Kumari

‘हामीले विश्वासको मत दिएपछि प्रधानमन्त्री स्वयंले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको विषयलाई प्राथमिकता दिँदै आउनुभएको छ । यसैले राष्ट्रपति चुनावमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्न हामीले भेटेरै प्रधानमन्त्रीजीलाई औपचारिक आग्रह गरेका छौं,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले लोकान्तरसँग भने, ‘कांग्रेसले अगाडि सार्ने उम्मेदवारमा सहमति गरेर जानेबारे छलफल भएको हो । हाम्रो प्रस्तावमा प्रधानमन्त्रीले म तत्काल सत्ता गठबन्धन र माओवादीभित्र छलफल गरेर एउटा टुंगोमा पुग्छु भन्नुभएको छ ।’ 

Vianet communication
Laxmi Bank

प्रचण्डले कांग्रेसको प्रस्तावका विषयमा छलफल गर्न सोमबार नै पार्टी पदाधिकारी बैठक बोलाएका छन् । यतिमात्रै होइन उनले नेकपा एस, जसपा, लोसपाससहितका दलसँग पनि छलफल गरेर उनीहरूलाई विश्वासमा लिने नीतिका लिएका छन् । 

यसअघि शीर्षस्थ राजनीतिक सहमतिको प्रयास गर्दाको नतिजा राम्रो नआएपछि यसपटक भने सभापति देउवाले पार्टीका नेतालाई वार्ता र संवादमा सहभागी गराएका छन् । 

राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै बालुवाटार जाने क्रममा आइतवार देउवाले नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलालाई लिएर गएका थिए । पार्टी एक रहेको सन्देश दिनकै लागि देउवाले अन्य जिम्मेवार नेतालाई यस्ता रणनीतिक छलफलमा पनि सहभागी गराउन थालेका हुन् ।

अघिल्लो गठबन्धन टुट्दा धनराज गुरुङ, गगन थापा र कृष्णप्रसाद सिटौलाजस्ता नेतालाई देउवाले छलफलमा सहभागी गराएका थिएनन् । आफ्नो गुटका मात्रै नेतालाई परिचालन गर्दा मुखैमा आएको केन्द्रीय सत्ता र प्रदेशको सत्ता गुमेपछि देउवाले यसपटक भने सबैलाई समेट्ने प्रयास गरेका छन् । यस्ता रणनीतिक छलफलका लागि इतर पक्षका गगन थापालाई नै प्रधानमन्त्रीसँग भेट गर्न पठाइएको थियो । 

रणनीतिक कदम नचाले फेरि पनि राष्ट्रपति फुत्किन सक्ने भन्दै कांग्रेसले माओवादीलाई सरकारको सुरक्षाको ग्यारेन्टी गराउने र साना दललाई पनि विश्वासमा लिने नीति लिएको छ ।

राष्ट्रपति आफ्नो पक्षमा पार्न सक्दा अहिलेको सत्ता गठबन्धन पनि टुट्ने र केन्द्रदेखि प्रदेशसम्मकै सत्तामा पुगिने विश्वासमा कांग्रेस छ । कांग्रेस केन्द्र र ४ वटा प्रदेशमा पहिलो दल भएको थियो । ३ वटा प्रदेशमा दोस्रो दल भएको छ । सुदूरपश्चिममा केही दिनअघि सरकार बनाउनुबाहेक कांग्रेस सत्तामा पुग्न सकेको छैन । राष्ट्रपति चुनावका लागि १३ फागुनमा उम्मेदवारी मनोनयन र २५ फागुनमा निर्वाचन हुँदैछ । 

के भएको थियो कुराकानी ?

आइतवारको भेटमा आफूहरूले राखेको प्रस्तावमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको दाबी भेटमा सहभागी एक नेताले गरे ।

‘हामी विपक्षी दल भएको नाताले राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो । त्यसैले हामीले हाम्रो नेतामा सहमति गरेर जानेबारे प्रधानमन्त्रीसँग छलफल गरेका छौं,’ ती नेता भन्छन्, ‘राष्ट्रपतिको चुनावलाई लिएर हामीभन्दा प्रधानमन्त्री प्रचण्ड नै बढी संवेदनशील भएको पायौं ।’ 

ती नेताको अनुसार आइतबारको भेटमा कांग्रेस उम्मेदवारप्रति प्रचण्डले सकारात्मक संकेत दिएका थिए । 

‘प्रधानमन्त्रीले प्रस्ट भाषामा तपाईंहरूको उम्मेदवार राष्ट्रपति हुनुहुन्छ त भन्नुभएन, तर हामी विपक्षीभन्दा सत्ता सययात्री एमालेबाटै आफूलाई बढी जोखिम हुने डर उहाँमा देखियो । सभामुखपछि राष्ट्रपति छाड्दा एमालेले एकलौटी शक्ति आर्जन गर्छ र अप्ठ्यारो पार्छ भन्ने डर प्रधानमन्त्रीमा छ,’ ती नेताले भने, ‘प्रधानमन्त्रीले कांग्रेसको उम्मेदवारलाई समर्थन दिने संकेत घुमाउरो हिसाबमा गर्नुभएको छ । यसबाट हामी उत्साही त छौं नै अब जिम्मेवार भएर अगाडि बढ्ने तयारीमा छौं ।’ 

प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न खोज्दाका सम्भावित परिणाम र ओलीले अगाडि सार्न सक्ने कदमबारे पनि के होला भन्ने संशय व्यक्त गरेका थिए । कांग्रेस उपसभापति खड्का कांग्रेसको पक्षमा माहोल सिर्जना गर्ने गरी छलफल अघि बढिसकेको बताउँछन् । 

‘आफ्नो मान्छे राष्ट्रपति नहुने अवस्थामा ओलीले आपसी विश्वासमा रहेका दलका नेतालाई राष्ट्रपतिको उम्मेदवार अगाडि सारे के गर्ने भन्नेमा पनि बैठक केन्द्रित भएको थियो,’ ती नेताले भने, ‘यसपछि कांग्रेस र माओवादी दुवै दलले अन्य दलसँग विश्वासको वातावरण बनाउन तत्काल नै वार्ता र संवाद अगाडि बढाउने तयारी छ । भित्रीरूपमा दलहरूबीचको संवाद पनि अघि बढिसकेको छ ।’ 

सोही भेटमा सहभागी भएका उपसभापति खड्काले सबै दलसँग कांग्रेसले छलफल गर्ने जानकारी दिए । ‘अरू पार्टीसँग पनि संवादमा छौं । साथीहरूले कुराकानी अगाडि बढाउनुभएको छ । नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलसँग संवाद गरेर एउटा टुंगोमा पुग्छौं,’ खड्काले भने, ‘त्यस बेलासम्म माओवादीले पनि बैठक बसेर एउटा टुंगो लगाउँछ भन्ने हाम्रो विश्वास छ ।’ 

कांग्रेसबाट पनि सहज पात्रको खोजीमा प्रचण्ड !

एमालेसँगको सहमतिमा सहजता भइरहँदा प्रचण्ड उनीहरूकै कुनै सहज पात्रलाई पनि मान्ने अवस्थामा थिए । तर अध्यक्ष ओलीसँग दुईदर्जन बढीपटक भेट गरिसक्दा पनि राष्ट्रपतिमा उनीहरूबीच सहमति हुनेभन्दा विमति बढेको छ । पूर्व सहमतिअनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडानबाट ओली अहिलेसम्म टसमस देखिएका छैनन् । 

यही मौकामा कांग्रेसले औपचारिक रूपमा राष्ट्रपतिमा समर्थन मागेपछि प्रचण्डले एमालेकै फर्मुला दोहोर्‍याएका छन् । बालुवाटारमा कांग्रेस नेतासँगको छलफलमा प्रचण्डले कांग्रेसले खुलाएरै राष्ट्रपतिको उम्मेदवार अघि सारे वार्ता र छलफल गर्न सहज हुने बताएका थिए । 

‘राष्ट्रपति कांग्रेसले पाउने अवस्थामा पात्र को हुने हो यसको पनि छिट्टै टुंगो लागे वार्ता र संवादका लागि सहजता हुने प्रधानमन्त्रीको आशय थियो,’ ती नेता भन्छन्, ‘हामीले दुईचार दिनमा उम्मेदवार तय गर्ने वचन दिएका छौं ।’ 

कांग्रेसबाट यतिखेर राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला बलिया दाबेदार हुन् । यसअघि शान्तिप्रक्रियामा नजिक रहेर काम गरेको आधारमा प्रचण्डले पौडेलसँग भन्दा सिटौलासँग बढी सहजता महसूस गर्ने बताइन्छ । यस्तोमा कांग्रेसबाट राष्ट्रपति हुँदा प्रचण्डको रोजाइ पौडेलभन्दा सिटौला नै हुने कतिपयको दाबी छ

राष्ट्रपतिका लागि पौडेल र सिटौला दुवैले लबिङ र भेटघाटलाई तीव्रता दिइरहेका छन् । सिटौलाभन्दा पौडेलले यस्ता भेटघाटलाई प्राथमिकतामा राखेका छन् । तर माओवादी र भारतसँग राम्रो सम्बन्ध भएको आधारमा सिटौलाले आफूलाई प्रमुख दाबेदार बताउने गरेका छन् ।

कांग्रेस सभापति देउवा आफैं राष्ट्रपति बन्नुपर्ने मत पनि पार्टीभित्र छ । तर, सभापति देउवा त्यसमा तयार भइनसकेको स्रोतले दाबी गर्‍यो । संसदीय दलको निर्वाचनका आफूले बचन दिएकाले रामचन्द्र पौडेललाई अगाडि बढाउने मनस्थितिमा देउवा रहेको एक नेताले बताए ।

तर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भने को उम्मेदवार बन्ने भन्ने पार्टीको आन्तरिक विषय भएको बताउँछन् ।

‘राष्ट्रपतिमा कसलाई अगाडि सार्ने भन्ने टुंगो पार्टीले लगाउने हो, अरूले के सहजता महसूस गर्छन् भन्ने हिसाबले होइन,’ खड्का भन्छन्, ‘हामीले दुईचार दिनमा कांग्रेसका तर्फबाट हुने राष्ट्रपतिको उम्मेदवार अघि सार्छौं ।’ तर कांग्रेस खरो र माओवादीप्रति आक्रामक व्यवहार देखाउने नेतालाई राष्ट्रपतिमा अघि सार्ने पक्षमा छैन । 

एमाले र माओवादीबीचको सम्बन्धमा खटपट आउने र गठबन्धन नै तलमाथि हुने अवस्थामा प्रचण्डका सबै खालका चासोलाई पूरा गर्नुपर्ने अवस्थामा कांग्रेस रहेको अर्का एक नेताले बताए । राष्ट्रपति आफूले अघि सारेको पात्र हुने पक्का हुन्छ भनेर तत्काल प्रचण्डलाई सरकारको नेतृत्व गर्न दिइरहनेमा पनि कांग्रेस सकारात्मक छ । 

‘राष्ट्रपतिमा माओवादी हामीप्रति सकारात्मक हुन्छ र जिताउन लाग्छ भने सरकारको सहजताका लागि के गर्नुपर्छ हामी तयार छौं भन्दै आएका छौं,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘ओलीबाट थ्रेट भएकाले संविधानको रक्षामा हामी सँगै उभियौं भनेर जुटेका हौं । प्रधानमन्त्रीले चाहेको सरकारको सुरक्षा दिन हामी तयार छौं । तर अहिले नै समय तोकेरै यतिउति भन्ने छैन ।’ राष्ट्रपति कांग्रेसको हुने अवस्थामा कम्तीमा तीन वर्ष नभए पाँच नै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार हुनुपर्ने मत पार्टीमा बलियो छ । 

प्राथमिकतामा माधव नेपाल र अन्य साना दल पनि

पुरानो गठबन्धन भत्काएर प्रचण्ड एमालेसँगको गठबन्धनमा उभिएदेखि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उनीसँग असन्तुष्ट रहँदै आएका छन् । 

ओलीविरुद्धको मोर्चामा सँगै रहे पनि सरकारमा अवसर आउनासाथ आफूलाई छाडेर गएको भन्दै नेपाल असन्तुष्ट बनेका हुन् । यसपटक ओलीले आफ्नै दलले राष्ट्रपति पाउनुपर्ने अडान राखिरहे पनि अन्तिममा माधव नेपाललाई अगाडि सार्ने सम्भावना रहेको चर्चा छ । यसैले नेपाललाई विश्वासमा लिनु कांग्रेसका लागि महत्त्वपूर्ण हुन गएको छ ।

‘राष्ट्रपति कांग्रेस र माओवादी मिल्दा मात्रै जितिन्न । एउटा प्रमुख र जिम्मेवार हिस्सा माधव नेपालको पार्टी पनि हो, किनकी अन्तिममा ओलीले उनलाई राष्ट्रपतिमा अघि सारेर माओवादीमाथि पनि दबाब बढाउन सक्छन् भन्ने छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘परिस्थितिलाई त्यहाँसम्म पुग्न नदिन माधव नेपालसँग गम्भीर संवाद र वार्ता गर्नुपर्ने विषयलाई पनि प्राथमिकता राखिएको छ ।’ 

कांग्रेस र माओवादीले आलोपालो नेपालसँग छलफल गर्ने सहमति भएको पनि बालुवाटार वार्तामा सहभागी ती नेता बताउँछन् । नेपाललाई विश्वासमा लिन आलोपालोमा प्रदेश सरकारको नेतृत्व, केन्द्रमा प्रभावशाली मन्त्रालय, विभिन्न नियुक्तिमा भागबन्डाको हिस्सा दिन पनि तयार हुनुपर्ने अवस्था छ । 

‘यसपटक सावधानीपूर्वक जिम्मेवार भएर अगाडि बढ्नुपर्ने पक्षमा छौं,’ ती नेता भन्छन्, ‘यसैले माधव नेपालमात्रै होइन जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि विश्वासमा लिएर हिँड्नुपर्ने पक्षमा हामी छौं ।’ यी साना दल पनि राष्ट्रपतिको चुनावमा महत्त्वपूर्ण मतभार लिएर बसेका छन् । यतिमात्रै होइन अहिलेको सत्ता गठबन्धनसँग यी दलको असन्तुष्टि रहेकाले उनीहरूलाई विश्वासमा लिएर भोट हाल्ने गरी तयार पार्नुपर्ने चुनौती कांग्रेसलाई छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x