फागुन ९, २०७९
नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको ...
नेपाल दूरसञ्चार प्राधिकरणले दिएको शर्तविपरीत नेपाल टेलिकमले डेढ महिनादेखि फाइभजी परीक्षण गरिरहेको छ ।
नियामक निकायले सबै उपभोक्तालाई परीक्षण गर्नु भनेको भए पनि टेलिकमले भने आन्तरिक रूपमा मात्रै फाइभजी परिक्षण गरेको हो ।
टेलिकमले सीमित कर्मचारीलाई सीमित डिभाइसमा प्रयोग गर्ने गरी सुन्धारा र बबरमहलबाट मात्रै फाइभजी परीक्षण गरेको पाइएको छ ।
यस्तो परीक्षण टेलिकमले आन्तरिक रूपमा गरेको भए पनि कुनै औपचारिक जानकारी भने सार्वजनिक पनि गरेको छैन ।
टेलिकमले गरेको फाइभजी परीक्षणको दायरा बढाउन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अनुरोध गरेका छन्।
प्राविधि पत्रकार मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको नेपालमा 'फाइभजीको चुनौती र अबको बाटो' विषयक कार्यक्रममा टेलिकमले गरेको फाइभ जीपरीक्षणमा भएको कमजोरी सार्वजनिक भएको हो । हाल टेलिकम क्षेत्रमा एनसेल र टेलिकम प्रमुख प्रतिस्पर्धी भए पनि यो सुविधा भने टेलिकमले मात्रै पाएको छ ।
टेलिकममले भने डिभाइस, मोबाइल सेट र जनशक्तिसहित समस्या देखाएको छ ।
टेलिकमका उपनिर्देशक सुजित आनन्द मल्लले नेपालमा फाइभजी सपोर्ट गर्ने डिभाइस नभएको र टेलिकमले पूर्ण तयारी गरेर मात्रै आम उपभोक्तालाई सेवा दिने भएकोले ढिलो भएको बताए । उनका अनुसार अहिले बजारमा फाइभजी सपोर्ट गर्ने साओमीको मात्रै सेट रहेको बताए । थप मोबाइल सेटमा फाइभजी चलाउन आवश्यक तयारी भइरहेको पनि बताए ।
फोरजीभन्दा उच्च पावर लाग्ने सिस्टम बनाउनुपर्ने र सेवा दिने भेण्डर पनि छनोट गर्नुपर्ने भएकोले ढिलो भएको मल्लले स्वीकार गरे ।
उनले आम जनताबाट गाली नखाने गरी तयारी गरेर मात्रै सबैलाई फाइभजी टेस्ट गर्न दिने बताए। यसका लागि अब टेलिकमले आइफोन र अन्य सेटमा फाइभजी सपोर्ट गर्ने गरी आन्तरिक तयारी भएको पनि बताए ।
नियामकले फोरजी र फाइभजी दुवैमा एनसेलाई बिभेड गरेको एनसेलका चिफ आईटी अफिसर विशाल उपाध्यायले बताए । उनले आफूलाई पनि फाइभजीको परीक्षण गर्न दिन आग्रह गरे ।
नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको ...
सामसुङले नेपाली बजारमा सामसुङ ग्यालेक्सी एस२३ लन्च गरेको छ। माघ २५ गते आयोजित एक भव्य कार्यक्रममा यसलाई प्रस्तुत गरिएको हो। ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा ...
नेपाल टेलिकमले आफ्ना विभिन्न स्थानमा रहेका विविध उपकरण र संरचनामा क्षति पुगेको भन्दै क्षतिको सूचना दिन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै टेलिकमले आफ्ना विभिन्न उपकरण र संरचनामा क्षति ...
नेपाल टेलिकमले चैत ३ गते (आज) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका...
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सार्वजनिक गरेको छ। यो अत्याधुनिक प्रविधिको...
भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...