जेठ २६, २०८०
सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसि...
पुरानो गठबन्धन ब्युँताउने कसरतमा रहेको नेपाली कांग्रेसले उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिन तयार भएको छ।
अहिलेको सत्ता गठबन्धन फेरिएर पुरानै ५ दलसहित अन्य थप दल समेटेर नयाँ समीकरण बन्ने प्रयास भइरहेका बेला उपराष्ट्रपति जसपालाई दिन कांग्रेस र नेकपा माओवादी केन्द्र तयार रहेका जसपाका एक सांसदले लोकान्तरलाई बताए।
'अहिलेको राजनिक घटनाक्रमअनुसार पहिलेको ५ राजनीतिक दलसहित अन्य दललाई पनि थपेर नयाँ गठबन्धन बनाउने कुरा भइरहेको छ,' ती सांसदले लोकान्तरसँग भने,'नेपाली कांग्रेसले राष्ट्रपति पाउने र जसपाले उपराष्ट्रपति पाउने सम्भावना देखिएको छ।'
जसपालाई उपराष्ट्रपति दिन कांग्रेस र माओवादी केन्द्रसमेत मानिसकेको उनले खुलाए।
जसपाबाट संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने पार्टीभित्र समेत तयारी भएको उनले खुलाए।
यादवले उपराष्ट्रपति जिते, रिक्त हुने बारा-२ मा उपेन्द्र यादव उपनिर्वाचनमा उमेम्दवार हुनेछन्।
उपनिर्वाचनबाट यादव जितेर प्रतिनिधिसभामा सांसद बन्न खोजेका छन्। उपेन्द्र उपनिर्वाचनबाट प्रतिनिधिसभामा सासंद बनेर आउने र उपप्रधानमन्त्री बन्ने उनको चाहनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समेत साथ दिने भनेर आस्श्वस्त पारेका छन्।
उपेन्द्र यस अघि सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतसँग भारी मतान्तरले पराजित भएका थिए।
त्यसैगरी अहिलेको एमाले-माओवादी सहितको सत्ता गठबन्धन नै कायम रहे पनि जसपाले नै उपराष्ट्रपति पाउने सम्भावना रहेको जसपाका अर्का सांसदले लोकान्तरसँग भने।
'अहिलेकै सत्ता गठबन्धन कायम रहेको अवस्थामा एमालेको राष्ट्रपति उम्मेदवारलाई माओवादीले समर्थन गर्यो भने पनि उपराष्ट्रपति जसपाले नै पाउँछ,' ती सांसदले लोकान्तरसँग भने,'त्यस्तो परिस्थितिमा एमालेले राष्ट्रपति पाउने र माओवादीले आफ्नो भागमा पाउने उपराष्ट्रपति जसपालाई दिन्छ।'
जुनसुकै गठबन्धनबाट राष्ट्रपति पुरुष नै हुने भए पनि फरक समुदायको आधारमा जसपाले उपराष्ट्रपति पाउनु लगभग तय जस्तै देखिएको उनले बताए।
'संविधानमा पनि राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय तथा फरक लिंगको हुनुपर्ने भएकाले फरक समुदायको आधारमा जसपाले उपराष्ट्रपति पाउने हो,' ती सांसदले थपे,'मुख्य कुरा हाम्रो अध्यक्षजीको व्यवस्थापनको लागि हामीले उपराष्ट्रपति पाउने हो।'
सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसि...
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज आयोज...
जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल ग...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने...
नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्त...
परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन् । उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताए । ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...