मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावलाई लिएर राजनीतिक दलहरूबीच शृंखलाबद्ध वार्ता र संवाद शुरू भएका छन् ।
आफ्नो लगाममा भएको सत्ता गुमेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीसँग पुनः सम्बन्ध विकसित गरेपछि फेरि नयाँ समीकरणबाट राष्ट्रपति चयन हुने परिस्थिति बनेको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा विपक्षी कांग्रेसको पनि विश्वासको मत पाएदेखि नै कांग्रेसको आँखा राष्ट्रपति पदमा थियो ।
सत्तारुढ एमालेले यस्ता ढोक्सा नथाप्न आग्रह गर्दै ढोक्सा थापे पनि माछा नपर्ने दाबी गर्दै आएको छ । तर पनि कांग्रेस र माओवादीबीच बन्दै गएको सहमतिलाई रोक्न ओली असफल हुने संकेत देखिएको छ ।
राष्ट्रपति निर्वाचनमा निर्णायक रहेको माओवादीले एमालेलाई यो पद दिँदा जोखिम हुने देखेको छ । जसको परिणाम राष्ट्रपति कांग्रेसको पोल्टामा पर्ने गरी सहमतिको अन्तिम तयारीमा पुगेको दाबी कांग्रेस र माओवादीकै नेताले गरिरहेका छन् । बुधवार राति बालुवाटारमा पुरानै गठबन्धनलाई ब्युँताएर राष्ट्रपति चुनाव गराउने समझदारीनिकट पुगेको दाबी गरिएको छ ।
कांग्रेसले राष्ट्रपति पाउने अवस्था बलियो हुँदै गएपछि अब को पात्रलाई अगाडि सार्ने भन्नेमा कांग्रेसभित्र आन्तरिक छलफल शुरू भएको छ । २५ गते हुने निर्वाचनका लागि पर्सि शनिबार उम्मेदवारी मनोनयन हुँदैछ ।
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को ?
सभापति शेरबहादुर देउवाले कांग्रेसबाट मुख्य गरी रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिको मुख्य दाबेदार रहेको पार्टी बैठकमा नै बताएका थिए । माओवादीलाई विश्वासको मत दिएपछिको परिस्थितिमा देउवाले पार्टी बैठकमा यस्तो चर्चा गरेका थिए । यीसँगै गोपालमान श्रेष्ठ र नेता मानबहादुर विश्वकर्माको नाम पनि देउवाले लिएका थिए । तर पौडेल वा सिटौलामध्ये एक जना कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने बताइएको छ ।
तर अरूलाई राष्ट्रपति बनाउने बताउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनेसम्मका चर्चा गरिएका छन् । विपक्षीको सहजता, पार्टीभित्रकै समीकरणका लाभहानीका कारण देउवालाई राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चा गरिएको बताइन्छ ।
राष्ट्रपतिमा उठ्नैपर्ने बाध्यता देउवालाई आइलाग्न सक्छ
देउवाले अहिलेसम्म अरूलाई नै राष्ट्रपति बनाउने मनसाय बनाएका छन् । तर आफूबाहेकका कांग्रेस नेतालाई राष्ट्रपति बनाउने गरी बहुमत नपुग्ने अवस्थामा पनि देउवा बाध्यात्मक अवस्थामा पुग्न सक्छन् । देउवा उठे उनलाई जिताउने गरी मत दिन दलहरू तयार हुने र तर अरू कांग्रेस उम्मेदवार उठ्दा पराजित हुने अवस्था आइदियो भने देउवाका लागि राष्ट्रपतिमा उठ्नैपर्ने बाध्यता आइलाग्न सक्छ ।
साथै राष्ट्रपति चुनावमा यतिखेर माओवादी सबैभन्दा निर्णायक अवस्थामा छ । मतको हिसाबले निर्णायक रहेकाले माओवादीले मत दिने नेता राष्ट्रपति हुने सम्भावना बढी रहन्छ । आफू निर्णायक रहेको बलमै देउवाबाहेकलाई राष्ट्रपति समर्थन गर्न सक्दैनौं भन्ने निर्णय माओवादीले गरिदिए अर्को बाध्यता आइलाग्न सक्छ ।
प्रधानमन्त्री प्रचण्ड नै देउवा राष्ट्रपति भए आफू ढुक्कले प्रधानमन्त्री हुन पाइने आशमा छन् । देउवा राष्ट्रपतिमा थन्किए कांग्रेसबाट प्रधानमन्त्रीको दाबेदार नहुने र आफूले ढुक्कले ५ वर्ष चलाउन पाउने आकांक्षा उनले राखेको बताइन्छ । प्रचण्डले छलफलका क्रममा यो विषयमा प्रस्ट मत नराखे पनि देउवा आफैं राष्ट्रपतिमा अघि सरे हुन्थ्यो भन्ने पक्षमा रहेको बताइन्छ ।
आफ्नै टीम र इतर पक्ष नै चाहन्छ देउवालाई
राष्ट्रपतिमा देउवालाई नै पठाउन अहिलेका उपसभापति पूर्णबहादुर खड्का सबैभन्दा बढी इच्छुक रहेको कांग्रेस स्रोत बताउँछ । किनकी खड्काले १४ औं महाधिवेशनमा देउवा टीमबाटै उपसभापति जितेका थिए । अघिल्लो वर्षमात्रै महाधिवेशन भएकाले अझै ५ वर्ष पार्टीको नेतृत्व गर्न पाइने लोभमा उनी छन् । देउवा राष्ट्रपति हुँदा स्वाभाविक रूपमा आफू कार्यबाहक सभापति हुने अवस्थामा खड्का छन् ।
खड्कासँगै नेता विमलेन्द्र निधि पनि देउवालाई राष्ट्रपति बनाउन इच्छुक नेता हुन् । कुनै समय देउवाका अति नै विश्वासपात्र भए पनि निधि आफैंले देउवासँगको सम्बन्ध बिगारेका थिए । देउवा आफैं सभापति उठ्दा निधिले पनि १४ औं महाधिवेशनमा यो पदमा उम्मेदवारी दिए । दोस्रो चरणमा निधिले देउवालाई सहयोग गरेर केही गुन लगाउने प्रयास पनि गरे ।
आईजीपी जयबहादुर चन्दलाई कि नवराज सिलवाललाई बनाउने भन्नेमा विषयमा भएको विवादले देउवा र निधिबीच उग्र रूप लिएको थियो ।
यसको विवाद मिलाएर सम्बन्ध सौहार्द बनाउने प्रयास भए पनि पहिलेजस्तो सम्बन्ध यी दुई नेताबीच छैन । तर पनि महाधिवेशनको दोस्रो चरणमा आफूले देउवालाई जिताएको दाबी गर्न निधिले छोडेका छैनन् । देउवा साँच्चै राष्ट्रपति बनिदिए पार्टीमा उनको उत्तराधिकारी आफू बनिन्छ कि भन्नेमा निधि पनि छन् । त्यसैले उनले पनि देउवालाई राष्ट्रपति बनाउन पाए हुन्थ्यो भनेर भित्री काम गरिरहेका छन् ।
यसका अलावा देउवालाई राष्ट्रपति बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि इच्छुक छन् । यी दुईमध्ये शर्माले केही समयअघि देउवालाई राष्ट्रपति बनाउनुपर्ने विषयमा बोलेका थिए । तर अहिले आएर बोली फेर्दै उनले प्रधानमन्त्री भइसकेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने बताएका छन् । तर देउवा राष्ट्रपतिमा थन्किए पार्टीमा लोकप्रिय युवा नेताको बलमा आफूहरू स्थापित हुने र पार्टीलाई नवजीवन दिन सकिने पक्षमा उनीहरू छन्, किनकी देउवाको पार्टी सञ्चालनको शैली एललौटी भएको, पार्टीभित्र युवामा आकर्षण भर्न नसकेको जस्तो आरोप उनीहरूले लगाउँदै आएका छन् । आफूहरू महाधिवेशनबाटै जितेर पदाधिकारी भएपछि पार्टीप्रति आकर्षण जगाउन सकिने भन्दै देउवालाई राष्ट्रपतिमा थन्क्याउने पक्षमा छन् ।
यी दुई मात्रै होइन देउवा राष्ट्रपति बन्दिए आफ्नो पक्षलाई हावी गराउन सकिने पक्षमा डा. शेखर कोइराला पक्ष पनि छ । देउवाको पार्टी सञ्चालनको शैली र पद्धतिप्रति प्रश्न उठाउँदै आएकाले देउवालाई राष्ट्रपति बनाउँदा नेतृत्व नपाए पनि आफूहरू हावी हुन सक्ने बुझाई यो पक्षको छ, किनकी देउवाले आफूपछि बलियो गरी उत्तराधिकारीलाई नेतृत्वको विकास गराएका छैनन् ।
देउवा राष्ट्रपति भए के–के अप्ठ्यारो ?
देउवा यदि राष्ट्रपति हुने हो भने उनले पार्टी सभापति छाड्नुपर्नेछ । उनले सभापति छोड्दा उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बन्नेछन् । तर देउवाले सक्रिय र प्रभावशाली पार्टी सभापति छाडेर खड्कालाई यो विरासत छाड्नुपर्ने हुन्छ । खड्का खरो स्वभावका नेता हुन् । उनको यही स्वभावलाई लिएर उनको आलोचना गर्ने पनि उत्तिकै छन् । यसैले बलियो र भरपर्दो उत्तराधिकारी नबनाउँदै देउवा पार्टीको कमाण्ड अर्कोलाई सुम्पने पक्षमा नभएको बताइन्छ ।
लामो संघर्ष र मेहनतपछि कोइरालाहरूको विरासत पल्टाएका देउवाले आफूपछिको बलियो नेतृत्व विकास गरेपछिमात्रै पार्टीको सक्रिय राजनीतिबाट बिदा लिने सोचाइ बनाएको बताइन्छ । आफूपछि पत्नी एवं नेता आरजू राणालाई स्थापित गर्ने दाउमा पनि देउवा छन् । आरजू केन्द्रीय सदस्य भए पनि यो पक्षको कमाण्ड सम्हाल्ने गरी योग्य भइसकेकी छैनन् ।
बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत यो पक्षको सर्वमान्य नेता बन्ने गरी नेतृत्वमा स्थापित भइसकेका छैनन् । बरु यी आफैंभित्र एकअर्काको प्रतिस्पर्धी छन् । यसैले देउवाले अहिले नै पार्टीको कमाण्ड नछोडिदिए हुन्थ्यो भन्नेमा यी नेता पनि रहेको बताइन्छ ।
यसैले पनि देउवा तत्काल राष्ट्रपतिमा थन्किन गाह्रो देखिन्छ । यतिमात्रै होइन राष्ट्रपति बन्दा देउवाको फेरि प्रधानमन्त्री बन्ने र कीर्तिमान राख्ने अभिलाषा पूरा हुने छैन, किनकी ज्योतिषीले दिएको सातपटकको प्रधानमन्त्रीको योग पुग्न अझै दुईपटक प्रधानमन्त्री बन्नुपर्नेछ । राष्ट्रपति बन्दा देउवाले संसदीय दलको नेता पनि छाड्नुपर्नेछ ।
सम्मान र विरासत हेर्लान् ?
कांग्रेसले राष्ट्रपति पक्का पाउने परिस्थितिमा देउवाले आफैं अघि सर्छु भन्दा कसैले पनि विरोध गर्ने ठाउँ रहँदैन । ५ पटक प्रधानमन्त्री बनिहालें अब राज्यको सबैभन्दा सम्मानित पदको पनि इतिहास बनाउँछु भनेर चाहना राख्दा पनि देउवा सहजै राष्ट्रपति हुने सम्भावना छ ।
संवैधानिक पद भए पनि दलहरूले यसलाई दिएको महत्त्वले राष्ट्रपति पद शक्तिशाली रहेको बुझाइ नागरिक पंक्तिमा समेत भइसकेको छ । कतिपय गम्भीर विषयलाई रोक्न सक्ने हैसियत र अवस्थामा राष्ट्रपति भएको पछिल्ला घटनाक्रमले पनि देखाएका छन् । यसैले यो पदको शक्ति, सामर्थ्य र सम्मानलाई ख्याल गरेर देउवाले म हुन्छुभन्दा उनलाई रोक्न सक्ने अवस्था देखिन्न ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल देउवा एकैपटक राष्ट्रपतिमा तयार हुन सक्ने अवस्था कम देख्छन् ।
‘सक्रिय राजनीति गरेका नेता एकाएक राष्ट्रपतिमा जाँदा धेरै विषय सोच्नुपर्ने हुन्छ । देउवाजीको हकमा पनि यही हो । सक्रिय सभापति छोड्दा पार्टीको विरासत कसले धान्ने भन्ने महत्त्वपूर्ण प्रश्न होला,’ उनी भन्छन्, ‘अरूको चाहना होला तर शक्ति र सामर्थ्यलाई यत्तिकै छोडेर देउवाजी राष्ट्रपतिमा तयार हुनुहोला भन्ने मलाई लाग्दैन ।’
के भन्छ देउवा निकट स्रोत ?
देउवा निकट स्रोत अहिलेसम्मको परिस्थितिमा देउवाले कुनै हालतमा राष्ट्रपति नस्वीकार्ने जानकारी दियो । ‘राष्ट्रपतिमा चाहना सभापतिको होइन अरूको हो,’ देउवा निकट स्रोत भन्छ, ‘गगन थापा र विश्वप्रकाश शर्माहरूले फैलाएको यो मनगणन्ते हल्लामात्रै हो ।’
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...