२६ जेठ २०८३, मंगलबार

सिंहदरबारभित्र सर्वसाधारण सहजै छिर्न पाउनुपर्ने सांसदको माग

फागुन १२, २०७९
सिंहदरबारभित्र सर्वसाधारण सहजै छिर्न पाउनुपर्ने सांसदको माग

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहजै भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन्।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सांसदहरु र उनीहरुका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरुलाई सिंहदरबार छिर्न
पाउने व्यवस्था गर्न माग गरे। 

उनले भने, ‘हामीले संहदरबारको दक्षिण गेट हेर्नसक्छौँ, हामी सांसदहरु, मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौं, जनताहरु बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरु सिंहदरबारभित्र
र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । जनतालाई प्रताडित गर्नु हुँदैन । सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबार भित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्