२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

फागुन १४, २०७९
प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पूर्वनिर्धारित कतार भ्रमण रद्द भएको छ । प्रचण्ड फागुन १९ मा कतार जाने तय भएपनि अन्तिम समयमा आएर रद्द गरिएको हो । 

 राष्ट्रपतिको निर्वाचन लगायतका कारण प्रधानमन्त्रीको भ्रमण रद्द भएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । 

यसअघि अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री कतार जाने कार्यक्रम थियो । आजै प्रचण्डले परराष्ट्रमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण पनि रोकेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्