
नेपाल प्रहरीले प्रतिवन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कावासोती नगरपालिका–१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध नुर्फिन ४९ एम्पुल, फेनारागन ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल र नाईट्रोभेट ३० पिससहित तनहुँ ब्यास नगरपालिका–८ बस्ने २० वर्षीय सन्तोष लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.५ ख ८६९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।