जेठ २६, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका...
फागुन १६, २०७९
फागुन ३ गते बुधवार राति ग्यास सिलिन्डर चुहिएर नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी भयावह दुर्घटनामा परे ।
घटनामा घाइते सांसद भण्डारीकी आमाको निधन भयो भने सांसद भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ । उनको घरमा घटना हुनुको कारणबारे विस्तृत विवरण आइसकेको छैन ।
सांसद भण्डारीको अनुहार गहिरो रूपमा जलेको छ । हात र खुट्टामा पनि जलन भएको तथा गहिरो गरी पोलेकाले घाउमा छाला नै फेर्नुपर्ने अवस्था रहेको बताइन्छ । नेपालमा उपचार सम्भव नहुने भन्दै अस्पतालले भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनलाई रेफर गरेको थियो ।
नेपालमा विभिन्न कारणले भएको आगलागीमा परेर घाइते भएकाहरूका लागि उपचार हुने विशेष अस्पताल कीर्तिपुरस्थित ‘कीर्तिपुर बर्न अस्पताल’ हो । जहाँ गत वर्ष सरदर ६६० जना मानिस जलन भएपछि भर्ना हुन आएका अस्पतालले लोकान्तरलाई जानकारी दिएको छ ।
अहिले सांसद भण्डारीको घटनापछि जलनको सुविधासम्पन्न अस्पताल, दक्ष जनशक्ति, भरपर्दो स्वास्थ्य संस्था नभएको भनेर एउटा बहस शुरू भएको छ तर के नेपालमा सुविधासम्पन्न जलनको अस्पताल नभएकै हो ? के नेपालमै जलनको पूर्ण उपचार सम्भव छैन ?
यसै विषयमा लोकान्तरको टीमले कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी विभागका प्रमुख संयोजक हेमन्तध्वज जोशीसँग प्रश्न गरेको छ ।
उनले भने, ‘अहिले खासमा बर्न अस्पताल थप्नु ठूलो कुरा होइन, दक्ष जनशक्ति उत्पादन प्रमुख हो । किन भने प्लास्टिक सर्जरी गर्न सक्ने दक्ष जनशक्तिको हामीसँग अभाव छ,’ जोशीले भने, ‘यो पेशा पढ्नमा मनिसहरूको रुचि नै छैन । किनभने सरकारी अस्पतालमा गरीब बिरामी आउँछन् । उनीहरूसँग ठूलो रकम तिर्न सक्ने क्षमता हुँदैन । हामीले नै विभिन्न संघसंस्थालाई हारगुहार गरेर बिरामी खर्च मागेर बिरामीको उपचार गराउनुपर्ने हुन्छ । यस्तोमा अस्पतालको खासै आम्दानी हुँदैन । आम्दानी नभएपछि प्लास्टिक सर्जरी गर्ने जनशक्तिलाई राम्रो सेवासुविधा दिन सकिँदैन । राम्रो आम्दानी नहुने देखेपछि यो विषय पढ्न नयाँ जनशक्तिहरू खासै रुचि देखाउँदैनन् । अनि जनशक्ति पनि उत्पादन हुँदैन । त्यसैले राज्यले यतातिर बढीभन्दा बढी जनशक्ति उत्पादन कसरी गर्न सकिन्छ भनेर जोड दिनुपर्छ, न कि अस्पताल थपेर ।’
बाँकी भिडियोमा :
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका...
निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलसँग छलफल गर्ने तय भएको छ । सरकारले बजेट बक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुला...
प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको ...
प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आसन र बोलिरहेको सदस्यको बिचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख ...
मौसम पूर्वानुमान महाशाखाले देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हावा/लू चल्ने जनाएको छ । शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, गण्ड...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले अर्थमन्त्री र पहुँचवाला नेताले आफ्नो जिल्लामा बजेट खन्याएकोमा विरोध जनाएका छन् । तर, अहिले खन्याइएको बजेटका आधारमा ५ वर्षपछि जनताले भोट नदिने उनको दाबी ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...