२६ जेठ २०८३, मंगलबार

सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरू नेकपा एसको कार्यालयमा

फागुन १८, २०७९
सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरू नेकपा एसको कार्यालयमा

राष्ट्रपति पदमा भोट माग्न पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरु नेकपा (एकीकृत समाजवादी) को कार्यालय पुगेका छन् । उम्मेदवार नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् । 

राष्ट्रपति पदका लागि फागुन २५ गते मतदान हुँदैछ । सो निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ प्रतिस्पर्धामा छन् । 

नेकपा (एकीकृत समाजवादी) ले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्दैछन् । यस्तै आजै दिउँसो साढे २ः३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई भेटेर भोट माग्ने प्रवक्ता गुरुङले बताए । 

salt training

कमेन्ट गर्नुहोस्