२६ जेठ २०८३, मंगलबार

मेयर बालेनलाई किन भेटे कांग्रेस सांसद पौडेलले ?

फागुन १८, २०७९
मेयर बालेनलाई किन भेटे कांग्रेस सांसद पौडेलले ?

नेपाली कांग्रेसबाट काठमाडौं–५ मा जितेका सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेका छन् ।

काठमाडौं महानगर र क्षेत्र नम्बर ५ को विकासका लागि आपसी समन्वय, सहयोग र सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल गर्नका लागि भेट भएको पौडेलको सचिवालयले जनाएको छ । उनीहरूबीच विभिन्न ७ विषयमा कुराकानी भएको छ । 

कलंकीदेखि धोबीखोलासम्म रिङरोड विस्तारलाई तीव्रता दिने, सामाखुशी करिडोर निर्माणमा समन्वय गर्ने, मेलम्ची खानेपानीलाई घरघरमा पुर्‍याउने सहितका विषयमा छलफल भएको छ । 

पौडेलले छलफल अत्यन्तै सकारात्मक रहेको भन्दै प्रमुखले महानगर सुधारका निम्ति तत्परता र ऊर्जा देखाएको बताएका छन् । 

यी हुन् सांसद पौडेल र मेयर बालेनबीच भएका छलफलका मुख्य विषय –

१. कलंकीदेखि धोबी खोलासम्म रिङरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने ।

२. सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउने ।

३. मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्‍याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने ।

४. हाँडी गाउँलाई सांस्कृतिक शहरका रूपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने ।

५. धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर बर्सेनि हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने । 

६. टुकुचा खोलाको पानी ‘ओभर फ्लो’ भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने ।

७. सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने । 

salt training

कमेन्ट गर्नुहोस्