२६ जेठ २०८३, मंगलबार

युक्रेनको बाखमुत शहर लगभग पूरै घेरेको रुसको दाबी

फागुन १९, २०७९
युक्रेनको बाखमुत शहर लगभग पूरै घेरेको रुसको दाबी

रुसको निजी सैन्य कम्पनी वाग्नरका प्रमुख येव्गेनी प्रिगोजिनले शुक्रवार एउटा भिडियो प्रकाशित गर्दै युक्रेनको बाखमुत शहर लगभग पूरै घेराबन्दी गर्न लागेको बताएका छन् । 

युक्रेनी सैनिकहरूले निस्कने एउटा बाटो मात्र बाँकी रहेको उनको भनाइ छ । 

प्रिगोजिनका सैनिकहरूले पूर्वी युक्रेनमा महिनौंदेखि आक्रमण गरिरहेका छन् । बाखमुतलाई रुसीहरूले आर्त्योमोव्स्क भन्ने गरेको छ । त्यहाँ विजय हासिल गर्दा क्रामातोर्स्क र स्लोभियान्स्क जस्ता ठूला शहर नियन्त्रणमा लिन सहज हुने रुसको धारणा छ । 

सैन्य पोशाक लगाएका प्रिगोजिनले युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीलाई बाखमुतबाट आफ्ना सैनिक फिर्ता बोलाउन आह्वान गरेका छन् । 

‘वाग्नरका इकाइहरूले बाखमुतलाई व्यावहारिक रूपमा घेराबन्दी गरेका छन् । युक्रेनी सैनिकलाई निस्कनका लागि एउटा मात्र बाटो खुला छ । च्याप्ने काम चलिरहेको छ,’ प्रिगोजिनले बताए । 

आफ्ना सैनिकहरूले व्यावसायिक युक्रेनी सेना भन्दा पनि वृद्ध र बालबालिकासँग लडाइँ गरिरहेको प्रिगोजिनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्