चैत ५, २०७९
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ । पुटिनले गैरकानूनी...
काठमाडाैं | फागुन १९, २०७९
एमालेसँगको समीकरणमा ४ जना उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ समीकरणमा त्यो भन्दा बढी दाबेदार देखिएपछि दबाबमा छन् ।
राष्ट्रपति निर्वाचनसँगै फेरिन लागेको सत्ता समीकरणमा सहयात्री सबैजसो दलबाट उपप्रधानमन्त्रीको दाबी आउँदा प्रधानमन्त्रीमाथि दबाब बढेको हो ।
प्रचण्ड नेतृत्वको सरकारमा शुरूआती चरणमा माओवादी, एमाले, रास्वपा र राप्रपाबाट ४ उपप्रधानमन्त्री थिए । माओवादी केन्द्रबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्रीमा नारायणकाजी श्रेष्ठ मात्रै बाँकी छन् ।
एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका विष्णु पौडेल, रास्वपाबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका रवि लामिछाने र राप्रपाबाट उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री रहेका राजेन्द्र लिङ्देन सरकारबाट बाहिरिसकेका छन् ।
तर, नयाँ समीकरणमा थपिएका कांग्रेस, जसपा, नेकपा एस, जनमत, लोसपा र नागरिक उन्मुक्ति सबै पार्टीबाट उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालयमा दाबी देखिएको हो ।
एमालेको ७९ सीटको बदलामा आएको कांग्रेस ८९ सीट भएको दल हो । त्यसैले उसले कम्तीमा एक उपप्रधानमन्त्रीसहित माओवादीले भन्दा पनि बढी प्रभावशाली मन्त्रालयमा दाबी गरेको छ ।
गठबन्धनका सबैलाई भाग दिने हो भने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या कम्तीमा ७ पुग्ने देखिन्छ । एक सीट जितेको राष्ट्रिय जनमोर्चाले पनि दाबी गरे उपप्रधानमन्त्री ८ जना बनाउनुपर्ने हुन्छ ।
४ सीट रहेको नागरिक उन्मुक्तिले उपप्रधानमन्त्री सहित शक्तिशाली मन्त्रालयमा दाबी गरेको छ । राष्ट्रपतिमा भोट हाल्नुअघि जेलमा रहेका रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउन माग गरेका छन् ।
६ सीट रहेको सिके राउतको जनमत पार्टीको पनि दाबी उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयमा देखिन्छ । ४ सीटको उन्मुक्तिले उपप्रधानमन्त्री पाउने अवस्थामा ४ नै सीट रहेको लोसपाले पनि उपप्रधानमन्त्री छाड्ने देखिँदैन ।
लोसपाका नेता शरतसिंह भण्डारी चुनावअघि नै नयाँ सत्ताको गठबन्धन रहेको भन्दै यो फेरि ब्युँतिँदा आफूहरू सहजै सरकारमा जाने बताउँछन् ।
‘हामी पहिलेकै गठबन्धनमा थियौं । चुनावअघि नै हामी बहुमत जुटाउँछौ भन्ने अभियानमा थियौं । यसैले सरकार बनाउन म्यान्डेट पाएको यही गठबन्धनले हो,’ भण्डारी भन्छन्, ‘हामी पनि यही गठबन्धनको पक्षमा हौं । यसैले सरकारमा हामी जान्छौं । राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकार पुनर्गठन हुन्छ ।’
सरकारमा गएपछि उपप्रधानमन्त्रीसहित मुख्य मन्त्रालयमा दाबी हुनु स्वाभाविक रहेको उनी बताउँछन् । यीबाहेक १० सीट रहेको नेकपा एस, १२ सीट रहेको जसपा उपप्रधानमन्त्रीका लागि उसै पनि दाबेदार हुन्, किनकी नयाँ गठबन्धन बनाउँदा यी दलको साथ महत्त्वपूर्ण छ ।
सरकारमा बहुमत कायम राख्न, राष्ट्रपति निर्वाचन जित्न पनि यी ७ वटै दललाई विश्वासमा लिएर हिँड्नुपर्ने बाध्यतामा प्रधानमन्त्री छन् । यति मात्रै होइन प्रदेश सरकारको भावी समीकरणको सहजताका लागि पनि यी जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई उचित भागबन्डा दिनुपर्ने र मनाउनुपर्ने बाध्यता प्रधानमन्त्रीलाई छ ।
जनमत पार्टीका चन्दन सिंहले सरकार पुनर्गठनमा आफूहरूले राम्रो हिस्सा खोज्ने बताए । ‘अहिले सरकारभन्दा राष्ट्रपतिको निर्वाचनमा सबै केन्द्रित छौं,’ उनले भने, ‘राष्ट्रपति चुनावपछि हुने सरकार पुनर्गठनमा हामी सम्मानजनक दाबी पक्कै गर्छौं ।’
यसअघि एक मन्त्रालय पाए पनि अब प्रभावशाली मन्त्रालय र उपप्रधानमन्त्रीमा दाबी रहने संकेत उनले गरे । जनमत, लोसपा र नागरिक उन्मुक्तिले नै दाबी गर्दा नेकपा एस र जसपाले पनि स्वतः उपप्रधानमन्त्री पाउने देखिन्छ । माओवादीको उपप्रधानमन्त्री बहाल छन्, कांग्रेसको पक्कै पनि एक उपप्रधानमन्त्री हुनेछन् ।
सबैलाई चित्त बुझाउँदा र भागबण्डा मिलाउँदा उपप्रधानमन्त्रीको भीड खडा हुने देखिन्छ ।
मन्त्रीको भागबन्डामा पनि उस्तै सकस
एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि माओवादीका ५ र जनमतका एक मन्त्री मात्रै छन् । १६ वटा मन्त्रालय यतिखेर प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।
१६ मन्त्रालयमा कांग्रेस कम्तीमा ८ वटा मन्त्रालयमा दाबेदार देखिन्छ, सरकारबाट बाहिरिएको एमालेका पनि ८ मन्त्री थिए । एमालेभन्दा कांग्रेस १० सीटले ठूलो दल रहेको छ । यसैले एमालेका भन्दा पनि बढी मन्त्रालयमा कांग्रेसको दाबी रहन सक्ने देखिन्छ ।
जसपा, नेकपा एस, जनमत, लोसपा र नागरिक उन्मुक्तिले पनि राम्रै संख्यामा दाबी गरिरहेका छन् । यसअघि २० सीट रहेको रास्वपाबाट एक उपप्रधानमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री बनेका थिए । १४ सीट रहेको राप्रपाबाट एक उपप्रधानमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री भएका थिए । यही अनुपातमा हेर्दा १२ सीट रहेको जसपा र १० सीट रहेको नेकपा एसको उपप्रधानमन्त्रीसहित कम्तीमा दुई–दुई मन्त्रालय भाग पर्ने देखिन्छ । तर दाबी उनीहरूले ३–३ वटा मन्त्रालयमा गरिरहेका छन् ।
यस्तो अवस्थामा लोसपा, जनमत र नागरिक उन्मुक्तिले एक सीटभन्दा बढी पाउने अवस्था देखिएको छैन । यसैले कि ठूला दलको हिस्सा कटाउनुपर्ने कि कम्तीमा एक मन्त्रालय दिएर मनाउनुपर्ने अवस्थामा प्रधानमन्त्री छन् । जसपा, जनमत र नागरिक उन्मुक्तिले यसअघि मागेको मन्त्रालय र संख्या नपाउँदा प्रचण्ड नेतृत्वको सरकारमा लफडा नै गरेका थिए ।
सम्मानजनक हिस्सा र मन्त्रालय नपाएपछि जसपाले सरकारलाई समर्थन मात्रै दियो । सरकारमा सहभागी भएन । केही समय घुर्क्याएपछि मात्रै जनमतका अब्दुल खान खानेपानी मन्त्री भएका थिए । उचित भागबन्डा नपाएको र माग पूरा नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले पनि उस्तै लफडा गरेको थियो । उन्मुक्तिले भोट नदिँदा सुदूरपश्चिम सरकार नै ढल्न पुगेको थियो ।
माओवादी नेता देव गुरुङ भागबन्डामा सबै दललाई नयाँ समीकरणमा समेट्न चुनौती रहे पनि प्रधानमन्त्रीले मिलाएरै अघि बढ्ने दाबी गर्छन् ।
‘सरकारमा सहभागी हुने दल धेरै देखिएका छन् । यस्तोमा सबैलाई भाग दिएर अगाडि बढ्न केही चुनौती देखिएको पक्कै हो,’ गुरुङ भन्छन्, ‘तर पनि प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुहुन्छ ।’
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ । पुटिनले गैरकानूनी...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...
विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् । उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...