×

NMB BANK
NIC ASIA

देशमै केही गर्छु भन्ने आत्मविश्वासका साथ अघि बढेका युवा उद्यमी हुन् रूपन्देहीका आवास बञ्जाडे । २६ वर्षका आवासले उपभोक्तालाई किनमेलको परम्परागत शैलीलाई बदल्ने ‘सपिङ सेन्टर’ हाँकेका छन् ।

Muktinath Bank

रूपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित २ अर्ब रूपैयाँभन्दा बढी लगानीको ‘एनजी मार्केट’ सञ्चालन गरी व्यावसायिक उद्यमको सम्भावनालाई आवासले देखाएका हुन् । विश्वव्यापीकरणले नेपालमा पनि ‘मल कल्चर’ मौलाउँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ दशकअघिदेखि मोफसलमा पनि ‘सपिङ कम्पलेक्स’ खुल्ने क्रम बढ्दो छ । उपभोक्ताको रुचि र बजारको आवश्यकतालाई देखेर तिलोत्तमावासी आवासले सपनाका शहर जाने सपना त्यागेर आफ्नै माटोमा ‘बिजनेश इन्डस्ट्रिज’को बाटो समाएका हुन् । भारतको बेङ्लुरुबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका आवासले ठूलो लगानीको बिजनेश सम्हालेका छन् । 


Advertisment
Nabil box
Kumari

उपभोक्तालाई सपिङ सेन्टरमा किनमेलका लागि विभिन्न ‘प्लेटफर्म’ खुलेका थिए । बिस्तारै ती ‘प्लेटफर्म’ स्टोरमा रूपान्तरित हुँदै गए । स्थानीय बजारमा किनमेलका अन्य व्यवसाय पनि थपिँदै गए । ती व्यवसायले उपभोक्तालाई ‘सपिङ’को आभास दिलाएर स्वाद चखाए पनि बानी पार्न सकेनन् ।

Vianet communication
Laxmi Bank

‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास हुन्छ,’ आवास भन्छन्, ‘त्यसलाई चिर्न सकेपछि ‘सपिङ सेन्टर’को भविष्य मैले उज्ज्वल देख्छु । विश्वव्यापीकरणको प्रभावले ठूला ‘मल’मा नेपाली उपभोक्ता सरसामान किनमेल गर्ने प्रतिस्पर्धाको चरणमा प्रवेश गरेका छन् ।’

विशाल क्षेत्रमा फैलिएको पुर्ख्यौली जग्गामा उनले हरेक वस्तु पाइने गरी खोलेको व्यावसायिक प्रतिष्ठानले अहिले किनमेलेका लागि तिलोत्तमावासीलाई बुटवल, भैरहवा र सुनौली जान रोक्न सफल भएको छ । ‘ह्वाइट हाउस’ आकारको मार्केट आफ्नै स्टाइलमा निर्माण गरिएको छ । 

मार्केट बहुतले छैन । ग्राउन्ड फ्लोरमा सबै ‘ग्रोसरी’ उपलब्ध छन् । नेपालीको किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने श्रेय सुपर स्टोरलाई जान्छ । सपिङ सेन्टरमा जाने ट्रेन्डलाई बदलेर सबै स्तरका जनतामा सुपर स्टोरमा किनमेल गर्ने बानी बसाल्ने प्रयास आफूले रूपन्देहीमा गरेको आवास दाबी गर्छन् । बुटवल र भैरहवाको बीचमा अवस्थित बजारलाई लक्षित गरी आफ्नो मार्केट पहिलो र ठूलो रहेको उनको भनाइ छ । 

उनले मातृभूमिकै उद्यम गर्छु भन्दा धेरै नपत्याएर हाँस्थे । शुरूआतमा सामान बेच्नुभन्दा पनि व्यापारी र उपभोक्ता दुवैलाई सपिङका फाइदा बुझाउनै समय लाग्यो, अहिले बिस्तारै उपभोक्ताहरू बुझ्दै गएका छन् । आवासलाई धेरैले सुझाए, मार्केट शुरू गर्नुअघि बाबा नारायणले पनि राइस मिल र चिउरा उद्योग चलाएका थिए ।

‘भारतीय बजारमा सस्तो वस्तु पाइने नाममा राज्यलाई ठूलो राजस्व घाटा भएको छ,’ आवास भन्छन्, ‘सस्तोको नाममा गुणस्तर नभएका वस्तु खरिद गरी ल्याउने यहाँका उपभोक्ताको सोचाइ बदल्ने मेरो प्रमुख ध्येय छ ।’ स्नातकोत्तर पूरा गरेपछि उनलाई युरोप, अमेरिका, अस्ट्रेलिया गएर पेशा–व्यवसाय गरेर बस्ने पर्याप्त अवसरहरू थिए । उनीसँगै अध्ययन गरेका धेरै साथीहरू पनि विदेशतिरै स्थापित भएका थिए तर बञ्जाडेको मन नेपालमै स्थिर रह्यो ।

‘विदेशको जीवनशैली कस्तो हुन्छ भन्ने थाहा थियो । त्यहीँ विदेश जानुपर्छ भन्ने मोह नै भएन,’ आवास भन्छन्, ‘यतै केही गर्नुपर्छ भनेर बाबालाई सपिङ इन्डस्ट्रिजमा लगानी गरौं भनेर यहीँ लागें । अहिले यहीँ खुशी मिलेको छ ।’

‘म बाबुबाजेले कमाइदिएकै पैसामा युरोप अमेरिका गएर ‘ग्रीनकार्ड’ लिई सुखी जीवन बिताउन सक्थें तर अधिकांश नेपाली युवामा जस्तो ममा युरोप र अमेरिका प्रेम जागेन,’ आवास थप्छन्, ‘बाबा हजुरबाबाले नंग्रा खियाएर जोडेको सम्पत्तिको स्वदेशमै सदुपयोग गरी उद्यमतिर लागेको हुँ ।’

ग्रामीण क्षेत्रसम्म बजार विस्तार गर्ने, स्थानीय पहिचान बोकेका उत्पादनलाई खरिद गरी उपभोक्तामाझ पुर्‍याउने सहितका योजनाका खाका आवाससँग छ । रेस्टुरेन्ट, सभा–समारोह र गोष्ठी गर्ने हल, बालबच्चालाई मनोरञ्जन दिने बाल उद्यान समेत प्रतिष्ठानभित्रै व्यवस्थापन गरिएको छ । फर्निचर शोरूम तथा बिक्री केन्द्र, सैलुन, बुटिक, स्पा समेत एउटै छानामुनि उपलब्ध छ । ‘अग्र्यानिक भेजिटेबल’, गार्मेन्टस्, लुगाकपडा, सांस्कृतिक, क्याजूअल कपडा लगायत सबै फेन्सी आइटमको स्टोर समेत राखिएको छ । अझै सुपर स्टोरमा सबैले किनमेल गर्ने अवसर जुराउन महोत्सव योजना ल्याउँदैछन् । 

आवासका बाबा नारायणले सुपर स्टोरप्रति उपभोक्ताको माया बढ्दो रहेको बताए । ‘अहिले बैंकिङ क्राइसिस भएको छ,’ नारायण भन्छन्, ‘अहिलको आर्थिक संकटले भोलुममा सेल्स त छैन तर यस्तो बेलामा चलेको सुपर मार्केटप्रति माया धेरै देखिएको छ । हामी खुशी छौं ।’

भारतीय बजारमा गएर ठगिनबाट रोक्न उपभोक्तालाई बुझाउनुपर्ने दायित्व सबैको रहेको नारायणको भनाइ छ । मुलुकमा रोजगारीको सम्भावना नभएको भन्दै लाखौं युवा विदेशिएका छन् । ‘स्वदेशमै रोजगारीको अवसरका लागि आफूले नै फरक तरिकाबाट केही गर्न सक्नुपर्छ । हाम्रा गाउँ–बस्तीहरू युवाविहीन बन्दै गएका छन्,’ उनले भने, ‘काम गर्ने जनशक्तिको अभावमा हाम्रा कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् ।’ जमिनको उपयोग गर्न सके पनि देश परनिर्भर नहुने आवासको बुझाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x