×

NMB BANK
NIC ASIA

पहिलो पटक हारेका सुवास नेम्वाङ

फागुन २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संसदीय निर्वाचनमा कहिल्यै हारको स्वाद नचाखेका सुवास नेम्वाङ सेरेमोनियल पदमा भने पराजित भएका छन्। 

Muktinath Bank

राष्ट्रियसभा अध्यक्ष हुँदै सभामुखसमेत भइसकेका नेम्वाङले राष्ट्रपतिको चुनावमा भने हार भोगे।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको अध्यक्ष भएका थिए।


Advertisment
Nabil box
Kumari

इलाममा २०५१ सालदेखि लगातार चुनाव जितेर सांसद भएका थिए । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका उनी  नेपाल बार एसोशिएशनको महासचिवसमेत भएका थिए। 

Vianet communication
Laxmi Bank

२०२९ सालमा अनेरास्ववियुको अध्यक्ष भएका उनले संसदीय चुनावमा मात्रै होइन, पार्टीभित्र हुने प्रतिस्पर्धामा समेत हारेका थिएनन्।

०६४ सालको संविधानसभा निर्वाचन, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।  

उनी ०७४ को संसदीय निर्वाचनमा माओवादी र एमालेबीच भएको गठबन्धनबाट विजयी बनेका थिए । तर सेरेमोनियल पदमा गठबन्धन टुट्दा उनले हार बेहोरर्नुपरेको छ ।

इलाम क्याम्पसको स्ववियु सभापतिदेखि हालसम्म पार्टीभित्र भएका आन्तरिक तथा संसदीय चुनावमा उनले हार बेहोरेका थिएनन्। 

स्थानीय तह २०७९ को मत परिणामअनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा एमालेको ३२ हजार ५२७ मत थियो ।

गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एस र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत थियो । संसदीय चुनावमा जसपाबाहेक अन्य दल एकै ठाउँमा थिए ।  तर, आफ्नो राष्ट्रिय छवि र एमालेको बलियो संगठनका कारण उनले चुनाव जितेका थिए ।

चौथो राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हराए।

पार्टीभित्रको आन्तरिक चुनाव जित्न मुस्किल पर्ने रामचन्द्रले हार्नै नजानेका नेम्वाङलाई हराए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x