×

Nic Asia
Dabur
Prabhu Bank

मुलुकको नयाँ राष्ट्रपति

‘निष्ठाको राजनीति’ले सर्वोच्च पदमा रामचन्द्र, गणतन्त्रको साख जोगाउने चुनौती

काठमाडाैं | फागुन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

रामचन्द्र पौडेल कमजोरी नै नभएका आदर्शवान नेता हुन् भन्नु सत्य र शब्द दुवैको दुरुपयोग हुन्छ ।

yONNEX
IME BANK INNEWS

समकालीन राजनीतिका एक औसत नेता हुन्, पौडेल । तर, अन्य नेताभन्दा उनमा केही फरक पाउन सकिन्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

खासगरी आर्थिक मामिलामा विवादमा नपरेका एक अपवाद नेतामा पर्छन् उनी । व्यक्तिगत जीवनशैली पनि सादगी छ ।

लोकतन्त्रका लागि लामो संघर्ष गरेका पौडेल २०४८ सालपछि सत्ताको नजिक रहे । पटक–पटक मन्त्री, सभामुख र प्रधानमन्त्रीको नजिक हुँदा उनले शक्तिको दुरुपयोग गरेनन् ।


Advertisment
Lokantar App
Saurya island

सत्तामा कांग्रेस हावी भएको २०४८ देखि ५८ को कालखण्डमा कांग्रेसको सभापति रहेका गिरिजाप्रसाद कोइरालासँग निकट रहेको समयमा पनि पौडेल पावरको दुरुपयोगमा मुछिएनन् । 

जिल्लाकै प्रतिस्पर्धी नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा डामिँदा पौडेल अपवाद रहे । संवत् २०५० को दशकमा कांग्रेसभित्र ‘किङ मेकर’ मानिने खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदार र गोविन्दराज जोशीहरूले सत्ता र शक्तिको दुरुपयोग गरे । नेपालमा भ्रष्ट नेताको विम्बमा ती अनुहार झल्किने गरेका छन् । 

Vianet communication

सत्ता र शक्तिको उन्मादबाट बचेर पौडेलले आफूलाई एउटा नैतिक, सादगी र निष्ठावान राजनीतिज्ञको रूपमा स्थापित गरे । त्यही जगमा रहेर पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए । 

अधुरो रहेको कार्यकारी बन्ने अभिलासा

समकालीन शीर्ष नेतामध्ये देशको कार्यकारी (प्रधानमन्त्री) बन्ने अवसर नपाएका थोरै नेतामध्ये एक हुन्, पौडेल ।

प्रधानमन्त्री बन्नका लागि पौडेलले तीव्र आकांक्षा पालेका थिए । पटक–पटकको प्रयासमा पनि उनी प्रधानमन्त्री बन्न सकेनन् । २०६७ सालमा पौडेलले प्रधानमन्त्री बन्नका लागि १७ पटकसम्म प्रयास गरेका थिए । 

कतिपयले पौडेल प्रधानमन्त्रीमा १७ पटक पराजित भएको भन्ने गर्छन्, तर पौडेलले भने त्यो टिप्पणीलाई अस्वीकार गर्दै आएका छन् । पौडेलकै भनाइमा उनी हार्नका लागि कसैले जीत्नु पर्दथ्यो । आफ्नो पराजय नभई त्यो संसद्को असफलता भएको पौडेलको भनाइ रहन्थ्यो । 

संविधानसभाको कालखण्डमा तत्कालीन व्यवस्थापिका संसद्मा १७ पटक प्रयास गर्दा समेत संसद्ले प्रधानमन्त्री दिन नसकेपछि सर्वोच्चले सांसदलाई तटस्थ बस्न नपाउने आदेश दियो । त्यसपछि नयाँ प्रक्रिया शुरू भयो र झलनाथ खनाल प्रधानमन्त्री बने । 

६ दशक लामो राजनीति गरे पनि पौडेल कांग्रेसको सभापति बन्न पनि पाएनन् । सुशील कोइरालाको निधन भएपछि केही समय पार्टीको कार्यबाहक सभापति बनेका पौडेलको सभापति बन्ने धोको पूरा भएन । 

राष्ट्रपतिमा निर्वाचित भएको घोषणाका लागि आयोगित कार्यक्रममा पौडेल र प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू

२०७२ सालमा शेरबहादुर देउवासँग पार्टी सभापतिमा प्रतिस्पर्धा गरे पनि उनी पराजित भए ।

२०७८ सालको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको सर्वसम्मत उम्मेदवार बन्ने प्रयास सफल नभएपछि पौडेलले अघोषित रूपमा देउवालाई समर्थन गरे । 

पौडेल तटस्थ बसिदिँदा सभापतिमा देउवाको पक्षमा पल्लाभारी भयो । देउवाले त्यही गुन तिरेर पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाए ।

राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत समर्थन मिल्दा पौडेललाई मुलुककै सर्वोच्च पद प्राप्त भयो ।

यस क्रममा सत्ता समीकरणमा पहिरो गयो । पुस १० गते नयाँ प्रधानमन्त्री चुनिँदै गर्दा बनेको गठबन्धन २ महिना पनि टिक्न सकेन । त्यसको लाभ पौडेलले पाए ।

गणतन्त्रको आस्था र राष्ट्रपतिको साख जोगाउने चुनौती 

नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपतिको रूपमा विद्या भण्डारीको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । तर, आफ्नो दोस्रो कार्यकालको अन्त्यतिर राष्ट्रपति विद्या भण्डारी विवादमा परिन्/पारिइन् । 

प्रतिनिधिसभा विघटन सदर तर, संसद्ले पारित गरेको नागरिकता विधेयक अड्काएर भण्डारीले शीतल निवासबाट राजनीति गरेको आरोप लाग्यो ।

कार्यकाल सकिने बेलामा माघ २७ गते संघीय संसद्लाई सम्बोधन गरेर फर्किने क्रममा काठमाडौंमा भएको सवारी जामलाई लिएर पनि राष्ट्रपतिको आलोचना भयो । जामका कारण उनले कार्यकालभरी नै सर्वसाधारणको आलोचना खेप्नुपर्‍यो ।

एमाले सांसद रघुजी पन्तको शब्दमा सरकारले राष्ट्रपतिलाई विवादमा ल्याउने काम गर्‍यो । त्यो दिन सडकमा भएको ट्राफिक जामका कारण आफूले सांसदको लोगो छोपेर हिँड्नु परेको अनुभव उनले संसदमा सुनाएका थिए । राजतन्त्रको झल्को दिनेगरी सडक खाली गराएर सवारी चलाउने सामन्ती सोचले गणतन्त्रप्रति नागरिकमा वितृष्णा बढाउने काम गरिरहेको छ । 

राष्ट्रपतिको भड्किलो रवाफलाई लिएर गणतन्त्रप्रति आक्रोश व्यक्त गर्नेको कमी छैन । ७ वर्षअघि अवकाश पाएर घरमा बसिरहेका पूर्व राष्ट्रपतिको उपचारका लागि भइरहेको राज्यकोषको दोहनका कारण  पनि आमनागरिक आक्रोशित छन् । यही मौकामा दुर्गा प्रसाईंजस्ता विवादास्पद व्यक्तिहरूले गरीबको ऋण मिनाहाको मुद्दा लिएर राजतन्त्र फर्काउनुपर्छ भनेर अभियान सञ्चालन गरिरहेका छन् । 

गणतन्त्र स्थापनाको डेढ दशकमै मानिसहरू यो व्यवस्थाप्रति सन्तुष्ट देखिएका छैनन् । जनताको त्यो असन्तुष्टिलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको समयमा रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । 

आठौं गणतन्त्र दिवसको अवसरमा शीतल निवासमा आयोजित चियापान समारोहमा पंक्तिकारले अहिले राष्ट्रपति निर्वाचित पौडेललाई सोधेको थियो– गणतन्त्रप्रति किन मानिसहरू उत्साहित हुन सकेनन् ? पौडेलको जवाफ थियो, ‘गणतन्त्रको समीक्षा गर्ने बेला भएको छैन । यो व्यवस्थाको विकल्प छैन ।’

निर्वाचित हुनुअघि पौडेलले शीतल निवासबाट निस्किँदा जनतालाई सास्ती नदिने प्रतिबद्धता जनाएका छन् । रामवरण र विद्या भण्डारीको कार्यकालमा भएको नागरिकस्तरको विरोधलाई बाहिरबाट देखेका पौडेलले त्यो गल्ती गरेनन् भने पनि उनको प्रशंसा हुनेछ । देशमा त्रिशंकु संसद् बनेको र संविधान कार्यान्वयन अप्ठ्यारोमा परेको समयमा अनुभवी नेताको सुझबुझले देशलाई सही राजनीतिक दिशानिर्देश गर्नेछ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ ।  पुटिनले गैरकानूनी...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ३, २०७९

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...

चैत १०, २०७९

फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...

चैत ७, २०७९

राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x