२६ जेठ २०८३, मंगलबार

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

फागुन २७, २०७९
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

नवनिर्वाचित राष्ट्रपति रामाचन्द्र पौडेलले कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल पार्क पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।

पौडेलले पुष्पलालको शालिकमा माल्यार्पण गर्दै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।

पौडेललाई पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुषाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए । 

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन पनि गरे । 

यसअघि शुक्रबार  नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेका थिए ।

शुक्रबार नै पौडेलले सुन्दरीजल स्थित बीपी संग्रहालय पुगेर बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेताहरूको शालिकमा माल्यार्पण गर्नुका साथै संग्राहलय परिसरमा वृक्षरोपण गरेका थिए ।

सोही दिन साँझ विश्व सम्पदा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको अवलोकन  पनि गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्