फागुन २८, २०७९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २४० रुपैयाँ रहेको छ भने हरियोको १५० रहेको छ । यसैगरी अदुव...
सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् ।
बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन् । सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ । स्वदेशको उत्पादनले भने मूल्य पाउन नसकेको हो ।
वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो । यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए। उनले तरकारीको उत्पादन लागत उठ्न नसक्ने चिन्ता रहेको बताए ।
कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरको भनाइ छ ।
यो गाउँका कृषक १२ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएका छन् । भारतीय तरकारीले सहजै मूल्य पाउने तर स्वदेशी कृषकको तरकारीले मूल्य बारीमै खेर जाने अवस्था रहेको र खेती गर्न छोड्नुपर्ने अवस्थामा पुगेको कृषकको भनाइ छ । दुई सय घरधुरी रहेको इन्द्रपुर गाउँका ५० कृषकले व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । करिब ५० बिघा खेतीयोग्य जमिनमध्ये १७ बिघा जमिनमा कृषकले छुट्टाछुट्टै रुपमा तरकारी खेती गरिरहेका छन् । प्रदेश सरकारले पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको लागि सिँचाइ कुलो निर्माणदेखि विभिन्न अनुदान दिने गरेको छ ।
प्रदेशको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कृषकको तरकारी नै बिक्री नभएको भन्ने नभई बजार मूल्य नपाएको सत्य भएको बताए । रासस
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २४० रुपैयाँ रहेको छ भने हरियोको १५० रहेको छ । यसैगरी अदुव...
निजी डेरीहरूले आइतबारदेखि लागू हुनेगरी दुग्ध पदार्थको उपभोक्ता मूल्य बढाएका छन् । बिहीबार देशभरका निजी डेरीहरूको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँ र घिउमा २०० रुपैयाँ बढाएका हुन् । यो सँगै पनिरको प...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ। ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार अंगुर (कालो) को अधिकतम मूल्य २२०, अंगुर (हरियो) को १४०, अदुवाको १०० रुपैयाँ प्रतिकिल...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतमक मूल्य २२० रुपैयाँ निर्धारण भएको छ भने हरियो अंगुरको १५० रुपैयाँ छ । ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...