मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
चैत १, २०७९
पाल्पाको तिनाउ गाउँपालिकाका युवा उद्यमी हुन् तोया लम्साल । विक्रम संवत् २०७२ सालमा २ वटा टिप्पर किनेर उद्यमी बन्ने बाटो समातेका लम्सालको तमन्ना मल्टिप्रपोज कम्पनी प्रालिमा अहिले २२ वटा टिप्पर छन् ।
रूपन्देही र नवलपरासीका दर्जन बढी सिमेन्ट उद्योगले कच्चा पदार्थ चुनढुंगा लम्सालकै टिप्परले पाल्पाका विभिन्न खानीबाट ओसार्ने गर्थे तर गत वर्षदेखि उनका जम्मा ६ वटा टिप्पर मात्र चलेका छन् । बाँकी १७ टिप्पर १ वर्षदेखि खडा छन् ।
लम्सालले ती टिप्पर खरिद गर्दा लागेको ऋणबापत मासिक १८ लाख रुपैयाँ बैंक किस्ता बुझाउनुपर्छ । ‘आर्थिक मन्दीका कारण विकास निर्माण ठप्प जस्तै भयो,’ प्रालिका प्रबन्ध निर्देशक लम्साल भन्छन्, ‘सिमेन्ट उद्योगले ७०–७५ प्रतिशतसम्म उत्पादन घटाउँदा व्यवसाय संकटमा परेको छ । गाडी खिया लागेर सकिँदै गए, कालोसूचीमा पर्ने देखियो । किस्तालाई पुनः तालिकीकरण र पुनर्कर्जा गर्दै अहिलेसम्म त अडिएको छु । अब बैंकलाई टिप्पर लैजाऊ भन्नुको विकल्प छैन । चालकहरू विदेश पलाएन भए ।’
नेपालमा मागको तुलनामा सिमेन्टमा अत्यधिक लगानी बढेको छ तर खपत नबढेपछि सिमेन्ट उद्योगमा एकखाले संकटको अवस्था देखिएको छ । सिमेन्ट उद्योगमा देखिएको असर टिप्पर व्यवसायमा समेत परेको हो । पाल्पाको दोभानकै अरविन्द्र पाण्डेका २८ वटा टिप्पर छन् ।
२०७१ सालदेखि टिप्पर व्यवसायमा लागेका पाण्डेलाई अहिले सबैभन्दा बढी संकट आइपरेको छ । उनले पनि मासिक २२ लाख रूपैयाँ तिनुपर्छ तर टिप्पर जम्मा ६ वटा मात्र चलेका छन् । ‘सिमेन्टको व्यापार नहुँदा टिप्पर व्यवसाय संकटमा परेको छ । बैंकले १६ प्रतिशत ब्याज लिन्छ । ३ वर्ष ‘लकडाउन’ले टिप्पर चलेनन् । फेरि अहिले आर्थिक मन्दीले सबै क्षेत्र लथालिङ बनाउँदै संकट आयो । गाडी नचल्दा टिप्परमा घाँस उम्रिएको छ । हामी चरम संकटमा छौं,’ उनले भने । दोभानबाट सिद्धबाबा हुँदै लाइन लागेर बुटवलतिर हुइँकिने टिप्पर नचल्दा बजार सुनसान छ ।
साढे २ वर्ष कोरोनाले सबै क्षेत्र ठप्प भयो । बैंकले हायरपर्चेज कर्जाको ब्याजदर बढाएका छन् । जसले गर्दा सर्वसाधारणले कर्जा लिन सकेनन् । ब्याजदर महंगो भएर निजी क्षेत्रले निर्माण गर्न नसक्दा सिमेन्ट बिक्री हुन सकेको छैन । यही वर्षको शुरूमा स्थानीय तहको निर्वाचनमा आचारसंहिता लागू हुँदा विकास निर्माण भएन ।
फेरि आम निर्वाचनको आचारसंहिता लागू भएपछि फेरि निर्माण कार्य रोकियो । त्यसपछि मुलुकमा आर्थिक संकट झेलिरहेको छ । जसले नागरिकसँग पैसा नहुँदा सबै क्षेत्र ठप्प छ । पाण्डे भन्छन्, ‘व्यक्तिगत संरचना बनेका छैनन् । बैंकले तरलता अभावको कारण देखाउँदै ‘लोन’ दिएको छैन । सबै क्षेत्र संकटमा फस्यो ।’
पाल्पाको तिनाउमा मात्रै ४३ वटा ढुवानी व्यवसायी छन् । यिनीहरूसँग ४०० टिप्परले दैनिक २ ‘ट्रिप’ गरेर ८०० टिप्पर ढुंगा र चुनढुंगा ओसारपसार गर्थे, अहिले मुस्किलले २०० टिप्पर पनि बाहिर जाँदैनन् । तिनाउ देशमै धेरै चुनढुंगा उद्योग भएको पालिका हो । यहाँ विभिन्न सिमेन्ट कम्पनीले पहाड किनेर उद्योगका लागि कच्चा पदार्थ लैजाने गर्छन् ।
अर्घाखाँची, पाल्पा, सर्वोत्तम, प्यूठान, होङ्शी लगायतका सिमेन्ट उद्योगले खानी किनेका छन् । अल्फा कन्स्ट्रक्सन एन्ड डेभलपर्स प्रालि, कन्चन क्याबिज, शक्ति मिनिरल्स, डोलोभाइट चुनढुंगा खानी, सत्यवती खानी उत्खनन् र सिद्धेश्वर मिनिरल्स प्रालि पनि तिनाउमै छन् ।
नेसनल मल्टिप्रपोज प्रालिका सञ्चालक विष्णुप्रसाद पाण्डेयले पनि अहिले १३ वटा टिप्पर ऋणले अप्ठ्यारोमा परेका छन् । ‘बैंकको किस्ता तिर्न सकिएको छैन । सिमेन्टीको व्यापार छैन । त्यसकारण चुनढुंगा ढुवानी गर्ने व्यवसायी ठूलो मर्कामा छन् । दैनिक बैंकको फोनले व्यवसायी तनावमा छन् । ब्याजदर बढेको छ,’ विष्णु भन्छन् ।
विगतका वर्षहरू हेर्दा अहिले खानी सञ्चालन हुने र टिप्परलाई चुनढुंगाको खानीदेखि उद्योगसम्म ढुंगा ओसार गर्ने समय थियो ।
‘अहिले हाम्रो अवस्था गत वर्षहरूको भन्दा भिन्न छ । सिजनमा नै कतिपय सिमेन्ट उद्योगको खानी चलेको छैन । यसको असर टिप्पर व्यवसाय परेको छ । यस्तै अवस्था रहिरहे टिप्परको लिलामी गर्नुपर्ने अवस्था आउन सक्छ । यसो हुनुको पछाडि सिमेन्ट उद्योगमा आएको मन्दीको असर हो,’ उनले भने ।
दोभान टान्सपोर्ट प्रालिका दुर्गाबहादुर थापाले आफ्ना १५ वटा टिप्परको किस्ता तिर्न सकेका छैनन् । थापा पनि टिप्पर राख्ने कि बिक्री गर्ने भन्ने दोधारमा छन् ।
अर्घाखाँची सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सिजनमा नै सिमेन्ट उत्पादन ६० प्रतिशतसम्म घटेको बताए । ‘विकास खर्च भएको छैन । बैंकबाट ऋण लिएर घर बनाउने स्थिति छैन,’ अग्रवालले लोकान्तरसँग भने, ‘त्यसको असर सिमेन्ट उद्योगमा परेको हो ।’
रुपन्देहीमा १३ वटा सिमेन्ट उद्योगले पनि उत्पादनको ५० प्रतिशत घटाएका छन् । बैंकले लगानी गर्न छाडेका छन् । नयाँ घर, होटल र निर्माण कार्य रोकिएको छ । पालिकाहरूमा घर बनाउने नक्सा पास आधाले घटेका छन् ।
रूपन्देहीमा १३ वटा, नवलपरासीमा ८ वटा र कपिलवस्तुमा ७ वटा छन् । नेपालमा वार्षिक १ करोड मेट्रिक टन सिमेन्ट उत्पादनको माग छ तर सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता डेढ करोड मेट्रिक टन भइसकेको छ । सिमेन्टको माग बजारमा घटेपछि उद्योगीहरू मर्जरमा जाने तयारीमा रहेको बताइएको छ । सिमेन्टको कच्चा पदार्थ चुनढुंगा हो । चुरे क्षेत्रभन्दा माथिको क्षेत्रमा चुनढुंगा प्रचूर छ । त्यही चुनढुंगा भएको क्षेत्रलाई खानी दर्ता गरेर चुनढुंगा खानी सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेशको नवलपरासीदेखि दाङसम्मको महाभारत क्षेत्रमा ठूलो क्षेत्रमा चुनढुंगा रहेको अध्ययनमा देखिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...