×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : कर्मचारी कटौतीको ‘होमवर्क’, मन्त्रालयले माग्यो विवरण

चैत २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाएको छ । बुधबार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीले अति आवश्यक अवस्थाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको बताइन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने र दरबन्दी कटौती गर्ने बताएपछि कर्मचारी संयन्त्रमा तरंग उत्पन्न भएको छ ।
फागुन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रलायस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिपछि कर्मचारीतन्त्रमा तरंग उत्पन्न भएको हो । तर, पूर्व कर्मचारी एवं प्रशासन संयन्त्रलाई नजिकबाट नियालेकाहरू भने प्रधानमन्त्रीको भनाइलाई सकारात्मकरूपमा लिन्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरिरसकेका एक  सचिवले २५ प्रतिशत कर्मचारी बढी रहेको बताए ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, ‘मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति संगठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ ।’
००००
सरकारले यती एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 
००००
गण्डकी प्रदेश सांसद दीपक मनाङ्गेको सांसद पद खारेज गर्न दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
००००
उपराष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा बैठक बसेका १० दल अझै अनिर्णित भएका छन्। बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ १० दलको गठबन्धन बैठकमा उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे ठोस सहमति नजुटेको नेकपा माओवादी नेता शक्ति बस्नेतले आशय व्यक्त गरे।
००००
उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका जसपा नेता रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 
निर्वाचन आयोगमा नेकपा एमालेले उजुरी दिएको हो। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै कांग्रेसलाई आयोगले  आचारसंहिता उल्लंघन गरेको उजुरी पर्न आएकाले किन कारबाही हुनु नपर्ने भनी लिखित जवाफसमेत माग गरेको छ।
००००
राष्ट्रपति निर्वाचन प्रक्रियामा भाग नलिएको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ। आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
००००
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ । 
सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले चैत्र ६ गते विश्वासको मत लिने व्यवस्थाको लागि संघीय संसद् सचिवालयलाई आग्रह गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले पत्र पठाएरै विश्वासको मतको लागि आग्रह गर्ने तयारी गरेका छन् । त्यसपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने बुझिएको छ ।
००००
सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । जुन श्रमिकमैत्री निर्णय हो । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति–रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको छ । यसअघि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति–सम्झौताको अवधिलाई भन्दा सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आइएको थियो ।
००००
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा  गरिने भएको छ ।  नेपाल क्रिकेट सङ्घ क्यानले उक्त घोषणा गरेको हो । 
आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । 
००००
जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान मस्यौदा तयार गरेको छ । गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । 
सोही अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो । समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए ।
००००
दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य वृद्धि गरेको छ । डीडीसीले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाउने निर्णय गरेको हो।  मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको र बिहीबारदेखि उपभोक्ता मूल्य पनि बढाइएको डीडीसीका महाप्रवन्धक सन्जिव झाले जानकारी दिए ।
००००
चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
००००
चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको बेवसाइटमा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर परिवर्तन गरिएको छ । राष्ट्रपति कार्यालयले बुधवार पौडेलको नयाँ तस्वीर अपडेट गरेको हो । यसपटकको तस्वीर वास्तविक देखिएको छ ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४४ अंकले घटेर एक हजार नौ सय ३८.६२ अंकमा कायम भएको छ। सो दिनको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर एक अर्ब २० करोड २१ लाख ४१ हजारमा  कारोबार भएका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x