२७ जेठ २०८३, बुधबार

श्रीमतीको हत्या गरेर भाग्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेर भाग्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा प्रहरीले मोरङको बेलबारीबाट एक जनालाई पक्राउ गरेको छ । फागुन २५ मा भएको घटनापछि फरार रहेका  बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।  

उनले ५३  वर्षीया श्रीमती देबि महतलाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । 

उनलाई पथरी शनिश्वरेस्थित पश्चिम बसपार्कबाट ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले गरेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्