२७ जेठ २०८३, बुधबार
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपति चयन गर्न बिहान १० बजेदेखि मतदान, आजै नतिजा आउने

उपराष्ट्रपति चयन गर्न बिहान १० बजेदेखि  मतदान, आजै नतिजा आउने

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचन अन्तरगत शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु हुँदैछ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा हुने मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । जसका लागि संसद् भवनको ल्होत्से हलमा दुई  मतदान केन्द्रको व्यवस्था गरिएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । 

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्ने र प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताइन् । 

उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ । 

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ६ बजेसम्ममा निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी कार्यालयको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मतदान गर्न पाउनेछन् । 

उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्