×

Nic Asia
Dabur
Prabhu Bank

वरुण तेज र मानुषी छिल्लरको मुख्य भूमिका रहेको हिन्दी चलचित्रको नेपालमा छायांकन

काठमाडाैं | चैत ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सद्वारा निर्मित हिन्दी चलचित्र ‘भिटी १३’ (वर्किङ टाइटल)को छायाँकन नेपालका सुन्दर दृश्यहरूमा गरिएको छ । 

yONNEX
IME BANK INNEWS

शक्ति प्रताप सिंह हाडाले निर्देशित सत्य घटनाबाट प्रेरित रहेको चलचित्रमा वरुण तेज र मानुषी छिल्लर मुख्य भूमिकामा छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

चलचित्रसँग जोडिएको स्रोतका अनुसार पहिलो पटक चलचित्रबाट हिमाल र उपत्यकाको इमर्स सटहरू लिनको लागि सटओभर एफ १६ एक्सिस गेरो स्टेबिलाइज्ड क्यामेरा प्रणाली प्रयोग गरिएको थियो । उक्त खालको क्यामेरा नेपालमा पहिलोपटक प्रयोग गरिएको दाबी छ । 

‘भिटी १३’ लडाकू विमानहरू र उच्च गतिको कार्यमा आधारित चलचित्र भएकोले, यस प्रकारका क्यामेरा प्रणालीहरूको प्रयोग गरिएको निर्माण पक्षको भनाई छ । 


Advertisment
Lokantar App
Saurya island

सटओभर भारतको हैदरावादका प्रशिक्षित र अनुभवी सिनेम्याटोग्राफर सैकत चक्रवर्तीले सञ्चालन गरेका थिए । सैकतसँग भारत र विदेशमा धेरै प्रतिकूल वातावरणमा क्यामेराको वर्षौँ अनुभव छ । 

उनले यसअघि टम क्रुज, फास्ट एन्ड फ्युरियस आदि र अन्य विभिन्न ब्लकबस्टर चलचित्रहरूमा जोडिएर काम गरेका थिए । 

Vianet communication

चलचित्र ‘भिटी १३’ को भिज्युुअल एफेक्ट्स सुपरभाइजर दुर्गा प्रसाद केठा हुन् जसले तेलेगु, तमिल, मलयाम, कन्नड र हिन्दी फिचर चलचित्रहरूमा २२ वर्षभन्दा बढी भीएफएक्स सुपरभाइजर र भीएफएक्स कलाकारको रूपमा काम गरिरहेका छन् । केठाले रुद्रमादेवी, बाहुबली १ (द बिगिनिङ), पुली, कुर्कक्षेत्र, बाहुबली २ (द कन्क्लुजन) लगायतमा काम गरिसकेका छन् । 

हिम पहाड, हिमाली उपत्यका र यसका वरपरका क्षेत्रहरूको अति यथार्थवादी पृष्ठभूमि प्रदर्शन गर्न नेपालको स्थान चयन गरिएको हो । चलचित्र निर्माण चरणमा छ र नेपाल चलचित्रको दोस्रो छायांकन तालिका हो । चलचित्रमा नेपालका हिमालका दृश्यहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको जनाइएको छ ।

null

चलचित्रको छायाँकार हरि के. वेदान्तम हुन् भने कथा आमिर खान, सिद्धार्थ राज कुमार र शक्ति प्रताप सिंहको रहेको छ ।

चलचित्रका लाईन प्रोड्युसर फुर्वा शेर्पा हुन् । शेर्पा रेकर्ड होल्डर निर्माता र निर्देशक हुन् । सीएनएन, नेशनल जियोग्राफी, एबीसी र लन्डन स्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्ट्रिय परियोजनाहरूमा काम गरेका छन् । 

२०२३ मार्च ३ देखि चैत ९ गतेसम्म छायांकन हुने यो चलचित्र लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको हो ।

अल्टिच्युड एयरको हेलिकोप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो ।

null

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर...

चैत ७, २०७९

‘दोलखामा जिरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक यो गीतमा डि.आर सुजन र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।  विमला हुमागाइँ (बोधश्री)को शब्द रहेको गीतमा गाय...

चैत ८, २०७९

नेपाली साङ्गीतिक क्षेत्रमा केही बाल गायक–गायिकाहरुको चर्चा पनि कम छैन । सानो उमेरमै आफ्नो गायकीको कारण लोभलाग्दो चर्चा कमाउनेहरू थुप्रै छन् । सुप्रिम मल्ल ठकुरी त्यसैमध्येका एक बाल गायक हुन्, जसले सा...

चैत ८, २०७९

गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।  ‘तिमीले किन ग¥यौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरि...

चैत ९, २०७९

‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ । जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ ।  गौतम बुद्धको दर्शन तथ...

चैत ८, २०७९

अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयको अन्तरालपछि अभिनयमा कमब्याक गर्दैछन् । म्युजिक भिडियोबाट अभिनयमा फर्किने उनको तयारी छ । एक वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x