२७ जेठ २०८३, बुधबार

वरुण तेज र मानुषी छिल्लरको मुख्य भूमिका रहेको हिन्दी चलचित्रको नेपालमा छायांकन

वरुण तेज र मानुषी छिल्लरको मुख्य भूमिका रहेको हिन्दी चलचित्रको नेपालमा छायांकन

सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सद्वारा निर्मित हिन्दी चलचित्र ‘भिटी १३’ (वर्किङ टाइटल)को छायाँकन नेपालका सुन्दर दृश्यहरूमा गरिएको छ । 

शक्ति प्रताप सिंह हाडाले निर्देशित सत्य घटनाबाट प्रेरित रहेको चलचित्रमा वरुण तेज र मानुषी छिल्लर मुख्य भूमिकामा छन् । 

चलचित्रसँग जोडिएको स्रोतका अनुसार पहिलो पटक चलचित्रबाट हिमाल र उपत्यकाको इमर्स सटहरू लिनको लागि सटओभर एफ १६ एक्सिस गेरो स्टेबिलाइज्ड क्यामेरा प्रणाली प्रयोग गरिएको थियो । उक्त खालको क्यामेरा नेपालमा पहिलोपटक प्रयोग गरिएको दाबी छ । 

‘भिटी १३’ लडाकू विमानहरू र उच्च गतिको कार्यमा आधारित चलचित्र भएकोले, यस प्रकारका क्यामेरा प्रणालीहरूको प्रयोग गरिएको निर्माण पक्षको भनाई छ । 

सटओभर भारतको हैदरावादका प्रशिक्षित र अनुभवी सिनेम्याटोग्राफर सैकत चक्रवर्तीले सञ्चालन गरेका थिए । सैकतसँग भारत र विदेशमा धेरै प्रतिकूल वातावरणमा क्यामेराको वर्षौँ अनुभव छ । 

उनले यसअघि टम क्रुज, फास्ट एन्ड फ्युरियस आदि र अन्य विभिन्न ब्लकबस्टर चलचित्रहरूमा जोडिएर काम गरेका थिए । 

चलचित्र ‘भिटी १३’ को भिज्युुअल एफेक्ट्स सुपरभाइजर दुर्गा प्रसाद केठा हुन् जसले तेलेगु, तमिल, मलयाम, कन्नड र हिन्दी फिचर चलचित्रहरूमा २२ वर्षभन्दा बढी भीएफएक्स सुपरभाइजर र भीएफएक्स कलाकारको रूपमा काम गरिरहेका छन् । केठाले रुद्रमादेवी, बाहुबली १ (द बिगिनिङ), पुली, कुर्कक्षेत्र, बाहुबली २ (द कन्क्लुजन) लगायतमा काम गरिसकेका छन् । 

हिम पहाड, हिमाली उपत्यका र यसका वरपरका क्षेत्रहरूको अति यथार्थवादी पृष्ठभूमि प्रदर्शन गर्न नेपालको स्थान चयन गरिएको हो । चलचित्र निर्माण चरणमा छ र नेपाल चलचित्रको दोस्रो छायांकन तालिका हो । चलचित्रमा नेपालका हिमालका दृश्यहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको जनाइएको छ ।

null

चलचित्रको छायाँकार हरि के. वेदान्तम हुन् भने कथा आमिर खान, सिद्धार्थ राज कुमार र शक्ति प्रताप सिंहको रहेको छ ।

चलचित्रका लाईन प्रोड्युसर फुर्वा शेर्पा हुन् । शेर्पा रेकर्ड होल्डर निर्माता र निर्देशक हुन् । सीएनएन, नेशनल जियोग्राफी, एबीसी र लन्डन स्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्ट्रिय परियोजनाहरूमा काम गरेका छन् । 

२०२३ मार्च ३ देखि चैत ९ गतेसम्म छायांकन हुने यो चलचित्र लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको हो ।

अल्टिच्युड एयरको हेलिकोप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्