×

Nic Asia
Dabur
Prabhu Bank

उपराष्ट्रपति निर्वाचन

सांसद बन्ने उपेन्द्रको महत्त्वाकांक्षाले रामसहायलाई उपराष्ट्रपति पदको चिट्ठा

काठमाडाैं | चैत ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् ।

yONNEX
IME BANK INNEWS

शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उपराष्ट्रपति निर्वाचनमा रूपमा रामसहाय देखिए पनि सारमा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका हुन् । 

सप्तरीमा डा. सीके राउतसँग पराजित भएपछि उपेन्द्रले संसद् छिर्ने बाटो खोजिरहेका थिए । अर्को पाँच वर्ष सत्ताबाहिर रहन उपेन्द्रसँग धैर्यता थिएन । त्यसैले आफ्ना सच्चा आदेशपालक रामसहायलाई उम्मेदवार बनाएर बारा– २ को निर्वाचन क्षेत्र खाली गराए ।


Advertisment
Lokantar App
Saurya island

‘टूरिस्ट उम्मेदवार’ बनेर उपेन्द्रले प्रतिनिधिसभामा आउने बाटो खुला गरेका छन् । 

प्राविधिक हिसाबले रामसहायको उम्मेदवारी संविधानसम्मत नै रहे पनि समावेशिताको हिसाबले उपयुक्त थिएन । राष्ट्रप्रमुख पुरुष निर्वाचित भएको सन्दर्भमा उपराष्ट्रपति महिला भएको भए झनै सुन्दर हुने थियो । 

Vianet communication

कुनैबेला देशका प्रमुख पदहरूमा राष्ट्रपति, सभामुख र सर्वोच्च अदालतको प्रधानन्यायाधीश महिला थिए । अहिले सबैजसो प्रमुख पदमा पुरुष छन् । 

उपराष्ट्रपतिमा प्रमिलाकुमारी यादवको उम्मेदवारीलाई आधिकारिक बनाएको भए उपेन्द्र यादवले मधेशी जनताको मुक्तिको नारा लगाएको सुहाउँथ्यो ।

मधेशी महिला पहिलोपटक उच्च ओहोदामा पुग्दा पिछडिएका मधेशका महिलाको आत्मसम्मान र आत्मबल बढ्यो । मधेशमा उपेन्द्र यादवको सर्वस्वीकार्यता बढ्थ्यो । 

‘सत्ता राजनीतिको नसा’ लागेका यादवले त्यो दूरदर्शिता र त्याग देखाउन सकेनन् । कथंकदाचित रामसहायको उम्मेदवारी खारेजी हुन्छ कि भन्ने भयमा प्रमिलाको उम्मेदवारी खडा गरियो । ‘डमी’ उम्मेदवार बनाएर उपेन्द्रले ढोक्साचाहिँ थापिराखेका थिए । 

सादगी नेतालाई विलासी आहाल !

शिक्षण पेशा हुँदै राजनीतिमा आएका रामसहाय यादव मधेशको राजनीतिमा एकजना इमान्दार नेता हुन् ।

शेरबहादुर देउवा सरकारमा वन मन्त्री बनेर पहिलोपटक गाउँ जाँदा श्रीमतीले सामान्य कच्ची घरमा स्वागत गरेको तस्वीरले उनको सादगीपन झल्काएको थियो ।

यादव लामो समयदेखि उपेन्द्र यादवको पार्टीको महासचिव रहे । उपेन्द्रले नै संरक्षण दिएका कयौं नेताहरू टुटफुटमा लागे । पार्टी चहारे, तर रामसहायले भने उपेन्द्रको साथ छाडेनन् । संसदीय दलको नेता समेत बने ।

स्वार्थ उपेन्द्रकै भए पनि इमानको राजनीतिले रामसहायलाई देशको महत्त्वपूर्ण पदमा पुर्‍याएको छ । सम्पूर्ण सुविधा भएको यस्तो पद, जहाँ बस्दा जनताको करबाट सेवा सुविधा लिने, तर काम केही गर्न नसकिने । औचित्यका हिसाबले उपराष्ट्रपति पद देशका लागि घाँडो बनेको छ । ‘सेतो हात्ती’ भनेर आलोचना खेपिरहेको छ । 

शुक्रवार संसद् भवनमा उपराष्ट्रपतिको मतदान चलिरहेको समयमा मधेशतिरकै एक सांसद भन्दै थिए, ‘माननीय रामसहाय अब विलासी आहालमा प्रवेश गर्न लाग्नुभयो ।’

कामको हिसाबले बेकामे रहेको उपराष्ट्रपति पद व्यक्तिका कारण भने बेलाबखत चर्चामा आइरहन्छ । पहिलो उपराष्ट्रपति परमानन्द झा शपथका कारण विवादमा परे । उनले दोहोर्‍याएर शपथ दिनुपर्‍यो ।

दोस्रो कार्यकालका उपराष्ट्रपति नन्दबहादुर पुन प्रतिनिधिसभा विघटन सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध वक्तव्य निकालेर विवादमा तानिएका थिए । 

सादगी छवी बनाएका रामसहायको कार्यकाल कस्तो रहन्छ, आगामी दिनले नै देखाउनेछ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ ।  सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...

चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

चैत ५, २०७९

नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ ।  पुटिनले गैरकानूनी...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x