×

Nic Asia
Dabur
Prabhu Bank

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओईसीडीको प्रक्षेपण

काठमाडाैं | चैत ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

 अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । 

yONNEX
IME BANK INNEWS

चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो ।  तर उक्त सङ्गठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ओईसीडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ । गत नोभेम्बरमा गरिएको प्रक्षेपणमा यो दर २.२ प्रतिशत हुने अनुमान गरिएको थियो ।

सन् २०२२ मा देखिएको ३.२ प्रतिशतको विस्तारको तुलनामा यो अझै न्यून रहेको पेरिसस्थित ओईसीडीले ‘ए फ्रेजाइल रिकभरी’ शीर्षकको आफ्नो अद्यावधिक आर्थिक मूल्याङ्कनमा उल्लेख गरेको छ ।


Advertisment
Lokantar App
Saurya island

ओईसीडीले आफ्नो अन्तरिम आर्थिक मुल्याङ्कन रिपोर्टमा भनेको छ, “व्यापार र उपभोक्ताको भावनामा सुधार आउन थालेको, खाद्यान्न र ऊर्जाको मूल्य मा गिरावट आएको र चीनको बजार पूर्णरूपमा खुल्न थालेपछि थप सकारात्मक सङ्केतहरु देखिन थालेका छन् ।”

उक्त प्रतिवेदन अनुसार सुधारको अवस्था अझै कमजोर रहेको र जोखिमहरू केही हदसम्म सन्तुलित भएका तर नकारात्मक पक्षमा झुकेका छन् । यसलाई पुष्टि गर्न युक्रेनमा युद्धको क्रममा अनिश्चितता, ऊर्जा बजारमा नयाँ दबाबको जोखिम र बढ्दो ब्याज दरको प्रभावलाई उद्धृत गरिएको छ ।

Vianet communication

दशकौंदेखिको उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्, तर बढ्दो ऋण लागतले अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने डर विश्व बजारमा व्याप्त छ ।

“कडा मौद्रिक नीतिको प्रभावका सङ्केतहरू संयुक्त राज्य अमेरिकाका क्षेत्रीय बैंकहरूसहित बैंकिङ क्षेत्रका केही भागहरूमा देखिन थालेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

“उच्च ब्याज दरले अन्तर्निहित वित्तीय कमजोरीहरू उजागर गर्दछ भने आर्थिक वृद्धिमा अपेक्षा गरेभन्दा बढी प्रभाव पार्न सक्छ । 

गत साता सिलिकन भ्याली बैंकले उच्च दरका कारण मूल्य घटाएको ऋणपत्रमा १.८ अर्ब अमेरिकी डलरको नोक्सानीको सन्दर्भ सार्वजनिक भएपछि मौद्रिक कडाइलाई जोडेर अध्ययन गरिएको हो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ।  निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...

चैत ९, २०७९

अनलाइन माध्यमबाट भेटिएका युवायुवतीले विवाह गरे तर उनको वैवाहिक जीवन धेरै टिक्न सकेन । आइसल्यान्डमा भएको घटनामा सम्बन्धविच्छेदपछि महिलाले पुरुषलाई लगातार धम्की दिन थालिन् । ती महिलाले पूर्व पतिलाई म्यासेज प...

चैत ९, २०७९

दक्षिण कोरियाको संसदले सरकारले बढी चामल खरिद गर्न अनिवार्य गर्ने विधेयक पारित गरेको छ ।   विपक्षी डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय सभाको पूर्ण अधिवेशनमा संशोधित अन्न व्यवस्थापन ऐनको पक्षमा ...

चैत ९, २०७९

संसारका दुई महाशक्ति मुलुक अमेरिका र चीनबीचको तनाव थप बढेको छ ।  अमेरिकी युद्धपोतले अनुमति नलिइकन दक्षिण चीन सागरमा चिनियाँ क्षेत्रभित्र प्रवेश गरेको आरोप चीनको सेनाले लगाएको छ । उक्त युद्धपोतमा अने...

चैत ९, २०७९

श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने...

चैत ९, २०७९

युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।  युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x