चैत ५, २०७९
ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले भिजा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी दराजबाट...
विगतदेखि नै ग्राहक वर्गको रुचि एवं चाहना अनुरुपका विभिन्न अफरहरू उपलब्ध गराइरहेको नेपाल टेलिकमले आजदेखि लागू हुने गरी नयाँ अफरका रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ ।
नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ । रु ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।
“प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ”, प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले भिजा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी दराजबाट...
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम निर्माण गरेको छ। आज त्रिवेणी ग्रुपका अध्यक्ष श्री...
होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एकल अङ्कमा ल्या...
नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म, दराज नेपालले यसवर्षको दराज सेलर समिट मार्च १९ २०२३ मा आयोजना गरेको छ । कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्...
सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नयाँ संस्करणका स्मार्टफोनहरू नेपाल ब...
निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौता भएको हो। दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...